अस्पतालको ११४ औं वार्षिकोत्सव फुटबल र भलिबल प्रतियोगिता

भलिबल पुरुष तर्फ प्रशासन प्रथम महिला तर्फ दिक्षाको टीम फुटबल तर्फ चिकित्सक र महिला तर्फ कबिता बिष्टको टिम प्रथम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीता भएको छ। खेलकुद संयोजक डा. रमेश अर्यालका अनुसार विभिन्न विभागका गरी ५ समूहले प्रतिष्पर्धा गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिका–१२ रामनगरस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा खेल भएको थियो ।

खेलमा भलिबल तर्फ अस्पताल प्रशासन टीम प्रथम भएको छ भने दोश्रो ल्यावको टीम भएको छ। त्यस्तै भलिबलमा महिला तर्फ दिक्षा रिजालको टीम प्रथम भएको छ भने फुटबलमा महिला समुहको कबिता बिष्टको टीम प्रथम भएको अस्पतालका नायब सुब्बा चिरञ्जीवी घिमिरेले बताउनु भयो। त्यस्तै फुटबलमा चिकित्सकको टीम प्रथम र फार्मेसीको टीम दोश्रो भएको घिमिरेले बताउनु भयो।

फुटबल र भलिबलका विजेताहरूलाई पुरस्कार वितरण गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले खेलको माध्यमबाट स्वस्थ्य बन्न सकिनुका साथै यस्ता अतिरिक्त कृयाकलापको माध्यमबाट सेवा प्रदानमा थप उर्जा प्रदान गर्ने वताउनु भयो। सधै सेवाग्राहीसँग व्यस्त हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अस्पतालमा सञ्चालन गरिएको कार्यक्रमले थप जिम्मेवार, प्रतिबद्ध र उर्जाशील बनाउन टेवा पुग्ने अपेक्षा गरिएको वताउनु भयो।

भलिबल तर्फ प्रथमलाई ५ हजार र दोश्रो लाई ३ हजार पुरस्कार रहेको छ भने फुटबलमा १० हजार राशीको पुरस्कार रहेको लेखापाल घनश्याम भुसालले बताउनु भयो।

त्यसै गरी खेल गतिविधि अन्र्तगत फागुन १२ गते शनिबार क्रिकेट तथा म्याराथन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक तथा अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले वताउनु भयो ।

अस्पतालले यही फागुन १५ गते ११४ औं वार्षिक साधारणसभाको मूल समारोह गर्ने भएको उहाँको भनाई छ। अस्पतालले विविध अतिरिक्त क्रियाकलाप अन्र्तगत शुक्रबार पहिलो दिन कविता वाचन प्रतियोगिता भएको उहाले बताउनु भयो।

सम्बन्धित शिर्षक :