स्वास्थ्यसमाचार/ परासी( नवलपरासी९बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड(१९ विरूद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ। नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड-१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन्। बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएकाले कोभिड(१९ विरूद्धको खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०लाई नेपालकै पहिलो कोभिड(१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। ‘यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम…
समाचार
‘उन्यूका डाक्टर’ले पत्ता लगाएको क्यान्सरको औषधि
रमेश लम्साल काठमाडौँ / भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् ।घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो ।तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणका बारेमा जानकारी थियो । धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उहाँलाई सिस्नोले तानेको थियो ।पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुआती प्रयास तथ्यहरुको खोजी गर्दै जाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो । गुरुहरुले दिएको सुझावलाई आत्मसात्…
नियमित सेक्स फाईदै फाईदा, कारण जान्नूहोस् !
स्वास्थ्यसमाचार । यदि तपाई सेक्स केवल आनन्द र सन्तान उत्पादनको लागि मात्र हो भन्ने सोच्नु हुन्छ भने गलत हुनुहुन्छ । वयष्क मानिसहरुको लागि असल मात्र हैन धेरै कुराको लागि उपयोगि पनि छ । नियमित सेक्सको फाइदाहरु यस प्रकार छन् : १) तनावलाई घटाउँछ : धेरै मानिसहरु विभिन्न कारणले गर्दा तनवमा हुन्छन् । नियमित सेक्सले मुड मात्र ठिक पार्दैन कि यस्ता तनावबाट मुक्त गराई खुसी पनि प्रदान गर्दछ । साथै तनावलाई सजिलै घटाउन पनि मद्दत गर्दछ । २) दुखाई कम गराउँछ : तपाईको टाउको दुखेको होस् वा कुनै कारणले शरीर दुखेको…
कोरोनाका कारण २ जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए
स्वास्थ्यसमाचार/ कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ ।…
राति सुत्दा स्वप्नदोष हुनु राम्रो हो कि होइन ?
यौनसम्बन्धी कुरा सचेत मनमा मात्र होइन अरूबेला पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै स्वप्नदोष भनिन्छ। अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्दहरूको प्रयोग गरिन्छ। सामान्यतः, प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन हुन थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने बाटो खोज्छ। अर्कातिर यौन चाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ,…
गुल्मीमा कुकुर आतंक : एकै वर्षमा ७सय १० जना घाइते
स्वास्थ्यसमाचार/ गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकैदिन कुकुरले टोकेर चारजना घाइते भएका छन्। चारजनामध्ये दुईजनालाई सामान्य उपचारपश्चात घर पठाइएको र दुईजनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कुकुरको आक्रमणबाट चन्द्रकोट गाउँपालिका( ३ हर्राचौर बस्ने १२ वर्षीय अरुण खड्का घाइते भएका छन्। उनको बायाँ हातमा टोकेको छ। त्यस्तै, बाग्लुङ बरेङ गाउँपालिका( ७ साब्दी घर भई चन्द्रकोट गाउँपालिका( ३ भुल्के मामा घर बस्ने चार वर्षीया रिमा श्रीस पनि घाइते छन्। उनको पनि दायाँ हातमा टोकेको छ। खड्का र श्रीसको गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ। त्यस्तै, सोही स्थानकै वर्ष…
कोरोनाले श्रीमान लग्यो,नागरिकता नहुँदा गुम्यो अवसर
कल्पना तिवारी/ रुपन्देहीको बुटवल उप–महानगरपालका वडा नम्बर २ पाखापानी बस्ने २९ वर्षिया मीना मुसहर ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनु भएको थियो ।“ दिनभर काम गरेर सा“झ विहानको छाक टार्ने बाध्यता ।तर कोरोना महामारीका बेला घरबाट बाहिर निस्कने अबस्था थिएन । हप्तामा एकपटक एक जना आमाको घरमा लुगा धुने काम गर्थे । कोरोना बेस्सरी हु“दा आमा पनि डराएर घरमा नआउ भन्नुभयो । कोरोनाकालमा पाएको दुख सम्झदै मीनाले सुनाउनुभयो, छोराछोरीले भोक लाग्यो भन्छन ,घरमा खानेकुरा केहि छैन । किन्न जा“उ पैसा छैन । अति दुःख भयो ।त्यहिबेला श्रीमान पनि विरामी पर्नुभयो…
नेपालमा संक्रमितको संख्या बढ्यो, कोरोनाबाट १ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४६ सय ५१ जनाको परीक्षणमा ३८६ पीसीआर र ७१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ४८ जना कोरोनामुक्त भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ।देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।
मेडिकल कलेज र निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द
स्वास्थ्यसमाचार सरकारले आर्थिक वर्ष २०७९/ ०८० बाट स्वास्थ्य बिमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र संचालन गर्ने गरी बजेट पास गरेपछि निजी अस्पतालहरुले तत्काललाई बिमा अन्तर्गतको सेवा बन्द गरेका छन् । स्वास्थ्य बिमा बोर्डले देशभरका ४८ निजी अस्पतालसँग स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने सम्झौता गरेको छ । वजेट वक्तव्यमार्फत सरकारी तथा सामुदायिक अस्पतालबाट मात्र बिमाअन्र्तगतको सेवा प्रदान गर्ने विषय तयारी बिनाको कार्यक्रम भएको र यसले बिमाको लक्ष्यअनुसारको कभरेज गर्न नसक्ने भन्दै बिमा बोर्डले नेपाल सरकारलाई झण्डै दुई हप्ता अघि पत्र पठाएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला बताउँछन् । ‘हामीले…
नेपालमै पढेर नेपालकै सेवा गर्ने वातावरण निर्माण गरौँ :मुख्यमन्त्री केसी
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसावले नेपाल अब्बल भएकोले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातारण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने वताए। लुम्बिनी यूनिभर्सल मेडिकल कलेज भैरहवामा आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीलेयस्तो बताएका हुन। उनले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरी रोल्पा रुकुममा पाइने गाजालाई पनि विरामीको औषधीको रुपमा रिफाइन गरी प्रयोगमा ल्याउन अनुरोध गरे। उनले मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले नै आर्थिक संकल गर्न गरी आर्थिक अभावले मृत्य हुने जोखिममा रहेका…