रुपन्देहीमा चालु आर्थिक बर्षको ९ महिनामा २२ जना क्षयरोगीको मृत्यु

स्वास्थ्यसमाचार/रुपन्देहीमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा गत आर्थिक वर्षमा एक हजार २ सय भेटिएकामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बढेर १ हजार ७ सय जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यस वर्ष पहिचान र उपचारको पहुँचबाट बाहिर भएका कारण कम तथ्यांक देखिएको दावी गर्दै आगामी वर्षमा क्षयरोगका पहिचान गरी २ हजार ७ सय पुर्याउने बताउनुभयो ।

त्यस्तै जिल्लामा गत वर्ष ०७९/८० मा ५१ जनाले मृत्युवरण गरेको र ०८०/८१ मा २२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल पर्सन रिसव श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार क्षयरोगका बिरामी फेला पर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ ।

क्षयरोगका बिरामीले १० जनासम्मलाई सार्न सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा पनि स्वास्थ्य सावधानीको बारेमा अपेक्षा गरिएअनुसार सरकारले सचेतनाका कार्यक्रम गर्न सकेको छैन । यस्तो जोखिमपूर्ण रोगलाई राज्यले सही रुपमा निवारण गर्न कम चासो दिँदा धेरै संक्रमित हुनुका साथै अकाल ज्यान गुमाउन बाध्य हुने गरेका छन’ फोकल पर्सन श्रेष्ठको भन्नुभयो ।

क्षयरोगका लक्षणहरूमा बेलुकाको समयमा लामो खोकी लाग्ने, सँगसँगै ज्वरो आउने, रातिमा पसिना आउने, दुब्लाउँदै जाने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता हुन्छन् । दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण पनि देखिन्छन् ।

ग्रन्थिमा क्षयरोग भएमा ग्रन्थिमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन्छन् । ‘मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोश हुने जस्ता लक्षण देखिन्छन् । मुटुमा टीबी भए सास फेर्न गाह्रो हुन्छ, थोरै हिँड्दा थकान महसुस हुन्छ । क्षयरोगको निदानका लागि औषधि नै विकल्प हो, यसको अरु उपाय छैन स्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्सन श्रेष्ठले भन्नुभयो ।’

उहाँका अनुसार, छोटो समयका लागि निगरानीमा डट्स ६ महिना खाए पुग्छ तर पूरा निगरानीमा खुवाउनुपर्छ । ‘यसका साइड इफेक्ट हुने भएकाले निगरानी अनिवार्य छ ।

प्रकृया नपुगेमा विरामीको मृत्युपनि हुनसक्ने सम्भावना हुन्छ’ उहाँले भने ‘औषधी एक दिन नछोड्नु भन्ने हुन्छ, त्यसमा घरमा लगेर खान नदिने गरिएको छ । यसरी उपचार गर्दा निकै सचेत हुनुपर्छ किनभने औषधि २ देखि ३ महिना सम्म खाएपछि निको भएको जस्तो लाग्न सक्छ तर त्यसबेला औषधि खान छोड्नु हुदैन ।’ बिरामीले लामो अवधिको औषधी सेवन नगर्ने र बीचैमा औषधि छोड्ने गर्नाले समयमा निको हुन नसक्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक :