क्यान्सर पीडितलाई आर्थिक सहयोग,उपचारमा सहयोगका लागि परिवारको अपिल

स्वास्थ्यसमाचार/गुल्मीको रेसुंगा नगरपालिका-१ स्थित गेस्टहाउस टोल विकास संस्थाको तर्फबाट रेसुंगा -२ धागीथुम निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

रेसुंगा नगरपालिका–२ धागीथुम निवासी क्यान्सर पीडित ४५ सावित्रा कुँवरलाई रेसुंगा नगरपालिका–१ गठन भएको गेष्ट हाउस टोल विकास संस्थाले ३४ हजार ४ सय ४० रुपैया आर्थिक सहयोग उपलब्ध गराएको ।

गेष्ट हाउस टोल विकास संस्थाका अध्यक्ष ओमप्रसाद श्रेष्ठ, रेसुंगा नगरपालिका–१ का वडाअध्यक्ष रामप्रसाद पन्थी, संस्थाका सचिव लोक बहादुर कुँवर, कोषाध्यक्ष मिठु बोहोरा, रेसुंगा बहुमुखी क्याम्पसका पूर्व प्रशासक चनक बहादुर कुँवर, पत्रकार लगायतको रोहबरमा उक्त सहयोग रकम हस्तान्तरण आर्थिक गरिएको हो ।

क्यान्सर पीडित कुँवरको घरमै गइ आर्थिक सहयोग हस्तान्तरण गर्दै वडाअध्यक्ष रामप्रसाद पन्थीले क्यान्सर पीडित कुँवरलाई आर्थिक सहयोग गरी पुण्य कार्य गरेकोमा गेष्ट हाउस टोल विकास संस्थाका सम्पूर्ण पदाधिकारी तथा सहयोगी व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले थप उपचारका लागि सहयोग अभियानमा जोडिन सबैमा अपिल समेत गर्नुभयो ।

संस्थाका अध्यक्ष ओमप्रसाद श्रेष्ठले संस्थाका माध्यमबाट सामाजिक सेवाको भावले ६४ जना व्यक्तित्वहरूबाट सहयोग संकलन गरि हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँले समाजमा जो कोहीलाई पनि समस्या हुने ‘समाजमा आर्थिक समस्या जो कोहीलाई पर्न सक्छ,यस्तो बेला सहयोग गर्नुपर्छ भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संस्थाका सचिव लोक बहादुर कुँवरले बताउनुभयो ।

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र उपचारमा समस्या भएकोले थप उपचारका लागि सहयोग गरिदिनु हुन सबै सहयोग दाता,नागरिक समाज र पत्रकार मार्फत पिडित परिवारले आग्रह गरेको छ।

सम्बन्धित शिर्षक :