स्वास्थ्यसमाचार / प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भावस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले पालिका स्तरमा अल्ट्रासाउण्ड कार्यक्रम लागू गरेको छ । मङ्गलवार गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकिले आयोजना गरेको एकिकृत स्वास्थ्य तथा सरसफाई कार्यक्रमअन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड उद्धघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले बाल मृत्यु दर र मातृ मृत्यु दर घटाउन र अनिवार्य स्वास्थ्य सेवाको रुपमा रहेको सुरक्षित मातृत्व कार्यक्रमलाई लुम्बिनी प्रदेशमा प्रभावकारी बनाउनका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम लागू गरिएको बताए । उनले यो प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका गर्भवती…
समाचार
लुम्बिनी प्रादेशिक अस्पताल संयुक्त ट्रेड युनियन कर्मचारीद्धारा संघीय निजामती सेवा ऐन जारी गर्न माग
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत संयुक्त ट्रेड युनियन आवद्ध स्वास्थ्यकर्मीहरुले निजामती ऐन छिटो ल्याउनुपर्ने माग गरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरुले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी दवाव दिने उदेस्यले कालोपट्टी बाँधेर बिरोध जनाएका हुन। नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशीक अस्पताल प्रारम्भिक कमिटीकी अध्यक्ष सिता खनालले निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने वताईन । नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीका अध्यक्ष भिम प्रसाद ज्ञवालीले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी गर्नु पर्ने बताए।उनले सरकारले…
लुम्बिनीका ५ जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाईने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो। मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो।
कांग्रेस नेता प्रदीप गिरिको निधन आजै अन्येष्टि गरिने
स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको शनिबार राति निधन भएको हो। भारतमा क्यान्सरको उपचार गराएर आएपछि पुनः स्वास्थ्यमा समस्या देखा परेकाले उनी अस्पताल भर्ना भएका थिए। उनमा पछिल्लोपटक गम्भीर निमोनिया पनि देखा परेको थियो। उनी पार्टीभित्र बौद्धिक छवि भएका नेताका रुपमा चिनिन्थे। उनी समाजवादी चिन्तक र गान्धीवादी नेताका रुपमा सम्मानित थिए। २०१७ सालदेखि राजनीति सुरु गरेका गिरि २०५१ र २०७४ मा सिरहाबाट सांसद निर्वाचित भएका थिए।गिरिको अन्तिम श्रद्धाञ्जलीको समय र स्थान पनि पार्टीले तोकेको छ। तोकिए अनुसार २०७९ साल भाद्र ५ गते,…
कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था जटिल भेन्टिलेटरमा उपचार हुँदै
स्वास्थ्यसमाचार/ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ। पछिल्लो समय उनको अवस्था ज्यादै नाजुक रहेको बताइएको छ।उनी बोल्न र सुन्न नसक्ने अवस्थामा छन्। उनको स्वास्थ्य अवस्थाबारे बुझ्न गएका कांग्रेसका नेताहरु निराश भएर फर्किएका छन्। शुक्रबार कांग्रेस नेता विमलेन्द्र निधि र रामहरि खतिवडा उनलाई भेट्न अस्पताल पुगेका थिए। तर, त्यहाँ गरिको जटिल अवस्था देखेपछि निराश भएर फर्किएका छन्। भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता निधिले…
तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण
स्वास्थ्यसमाचार/तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष नगरपालिका भित्रका स्वास्थ्यकर्मि सरोकारवाहरु लाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए। उनले आईतबारदेखी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए। तिलोत्तमाका वडा नं १,२,३,४,६ र ७मा जोखीम क्षेत्र भएकाले आईतबार वडा जनप्रतिनिधि स्वास्थ्यकर्मी…
स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्न मुख्यमन्त्री केसीको निर्देशन
स्वास्थ्यसमाचार /मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्नका लागि निर्देशन दिएका छन। मुख्यमन्त्री केसीले मन्त्री र सचिवहरुलाई निर्देशन दिदैँ स्वास्थ्य क्षेत्रको सेवालाई सुधार गर्नका लागी लाग्नु पर्ने वताएका हुन। मुख्यमन्त्री केसीले भने जनताको उपचारलाई सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी सबै अस्पतालहरुलाई निर्देशन दिनका लागि मन्त्रालयलाई निर्देशन गरे । उनले स्वास्थ्यमन्त्री स्वास्थ्य सचिबलाई निर्देशनदिदै भने प्रदेशमा जनताको जीवनलाई समृद्ध बनाउनको लागि कार्य विधि अप्ठ्यारो हुने गरी भन्दा पनि सेवा प्रवाह र कार्यन्वयको हकमा सहज बनाउनको लागि सबै लाग्नु पर्ने बताए। उनले भने कार्य विधि सबै मन्त्री परिषद्को बैठकमा नलिनुहोस…
रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य प्रशिक्षण
स्वास्थ्यसमाचार/ प्रतिमान निमा फाउन्डेसनले रुपन्देहीको रोहिणी गाँउपालिका भित्रका स्वास्थयकर्मीहरुलाई फ्रन्टलाईन कामदारको लागि उपचार, शिक्षा, लचिलोपन र अवसरमा मानसिक स्वास्थ्य प्रशिक्षण दिएको छ । जिल्लाका ४ बटा पालिकाका स्वास्थयकर्मीलाई तालिम दिने गरी शुरु गरिएको कार्यक्रम अन्तरगत पहिलो चरणमा रोहिणि गाँउपालिकाका ७० जना स्वास्थयकर्मीलाई तालिम दिन लागिएको फाउन्डेसनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिईन । रोहिणीमा बुधबार ३७ जना र बिहिबार ३५ जना गरी ७० जनालाई तालिम दिन लागिएको उनले जानकाी दिईन ।४ बटा पालिकाका २८० जनालाई दिएपछि तालिम लिएका स्वास्थ्यकर्मीले थप १४०० जनालाई तालिम दिने उनको भनाई छ । रोहिणी पछि…
स्वास्थ्य मन्त्रालयले पालिकाहरुलाई भन्यो–स्वास्थ्यका कर्मचारीलाई यथावत राख्नू
काठमान्डौ/ देशका विभिन्न पालिकाहरुले दरबन्दीभन्दा बढी भएका स्वास्थ्य सेवाका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई यथावत जिम्मेवारीमा राख्न निर्देशन दिएको छ। सुरु समायोजन भई वा दोहोरो सहमतिका आधारमा कर्मचारी समायोजन मिलान मापदण्डबमोजिम स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भई दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई केही पालिकाले फिर्ता गरेको गुनासोपछि यही साउन ३० को मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले उक्त निर्देशन दिएको हो। मन्त्रालयले सुरु समायोजन भएका वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकाहरुमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बन्धित पालिकाहरुले यथावत जिम्मेवारीमा राखी आवश्यक तलबभत्ताको व्यवस्था पालिकाहरुबाट गर्ने निर्णय गरेको…
कपिलबस्तुमा झोले डाक्टरको भर पर्दा १४ बर्षिय बालकको मृत्यु
कपिलबस्तु / कपिलवस्तुका ग्रामिण भेगमा नक्कली (झोले) डाक्टरको विगविगी छ । अनुमति तथा प्रमाण विना जो सुकैले क्लिनिक खोलेर बस्छन् । प्रशासनले यस विषयमा कहिले चासो देखाएन भने जिल्ला स्वास्थ्य कार्यालय पनि कहिल्यै गम्भीर बनेन । त्यहि झोले डाक्टरको भर पर्दा शनिबार राती एक बच्चाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिका ५ हथिहवा शिवलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफुलाई डाक्टर भन्ने विनय कुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइदिए । त्यसको १० मिनेटमै १४ बर्षिय छोरा दुर्गेश राजभर वेहोश भए ।…