एमाले उपनेता चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख अमिक शेरचनले सोमबार एमाले संसदीय दलको उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।आचार्यले नेपाली कांग्रेसको समर्थनमा आज ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्नभएको थियो। आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ ९२० बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र १ ९१० बाट निर्वाचित आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, ग्रामीण खानेपानी तथा सहरी विकास र आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

 

सम्बन्धित शिर्षक :