स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका,रोटरी क्लव अफ सैनामैनाको आयोजना तथा रोटरी क्लव अफ ऐला र रोट्रयाक्ट क्लव अफ सैनामैनाकोे सहयोगमा सैनामैनामा एक दिने नि ः शुल्क महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सैनामैना ६ कलौनी स्थित रामापुर माविमा शनिबार भएको शिविर ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको बिषयमा जनचेतना जगाउने र उपचारको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । शिविरमा करिब ६ सय ३० जनाले सेवा लिएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माले बताए । उदघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले…
यौन-स्वास्थ्य
यौनिकता शिक्षालाई प्रभावकारी बनाउन दृष्टिकोणमा परिवर्तन स्वास्थ्य निर्देशक : गिरी
स्वास्थ्यसमाचार/ बृहत्त यौनिकता शिक्षा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी बुटबलमा सुरु भएको छ।नेपाल परिवार नियोजन संघद्धारा सचालित यु.एन.एफ.पिए परियोजना द्धारा आयोजित गोष्ठिमा यौनिकता कार्यशाला गोष्ठीका सहभागीहरुले यौनिकता शिक्षा परिवारबाट प्रारम्भ गर्नुपर्ने बताएका छन। कार्यक्रमक प्रमुख अतिथि प्रदेश ५का स्वास्थ्य निर्देशक डा.बिनोद गिरिले यौनिकता शिक्षालाई थप प्रभावकारी बनाउन समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए। ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा बताए।यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा…
समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गरौ डा खनाल
स्वास्थ्यसमाचार/ समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म समाजमा एचआईभी संक्रमित खुलेर बाहिर आउन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५, र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा बुटवलमा आयोजित एचआईभी र एड्स सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन राजेन्द्र खनालले एचआईभी रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने वताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुरयाउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने वताए…
प्रदेश ५को रुपन्देही एचआईभीको उच्च जोखीममा, एक बर्षमा १४को मृत्यु
स्वास्थ्यसमाचार/ प्रदेश नं ५को अस्थायी राजधानी बुटबल एचआईभीको उच्च जोखीममा रहेको छ। प्रदेशका १२ जिल्लामा ३३सय ९२ रहेकोपनि रुपन्देहीमा १३सय जना रहेका छन। जुन आर्थिक बर्ष ७५/७६ को असार सम्म स्पन्देहीमा एचआईभी एडस बाट १४ जनाको मृत्यु भएको छ । भने १३ सय एचआईभी संक्रमितले एआरटी औषधी सेबन गरि गरेका छन। एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्राईका अनुसार रुपन्देहीमा १३सय एचआई भी एडसका बिरामी रहेको र लुम्बिनी प्रादेशीक अस्पतालमा औषधी सेबन गर्ने ११ सय ९६ र भैरहवा भिम अस्पतालमा १ सय ३८ जनाले एआरटी औषधी सेबन गर्ने गरेको…
प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि
स्वास्थ्यसमाचार/ प्रदेश ५मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि भएको भएको छ ।आर्थिक वर्ष २०७४/ ०७५ भन्दा गत आर्थिक वर्ष २०७५ ७६ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या झन्डै २६ प्रतिशतले बढेको पाइएको हो । प्रजनन् स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने २० वर्षभन्दा कम उमेर समूहका किशोरीहरुमा गर्भरहनु प्रजनन् स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने चिकित्सकहरुको भनाई छ ।गत आर्थिक वर्षमा ८० जना २० वर्षमूनीका किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराएका थिए भने आर्थिक बर्ष २०७५/७६ मा त्यो संख्या बढेर १ सय १ पुगेको छ । प्रजनन् स्वास्थ्यमा आएको जनचेतनाका कारणले पनि सुरक्षित गर्भपत्तनको…
यौनइच्छा बढाउने ८ खानेकुरा
मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ । मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ । १. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । २. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा…
बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?
पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँ दैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ । अर्को अवस्था भनेको इन्डोक्राइन हार्मोनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको…
कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड
स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…
बुटबलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संञ्चालनमा
स्वास्थ्यसमाचार/ बुटवलमा छाला तथा यौन, कुष्टरोग र सौन्दर्यसँग सम्बन्धित रोगहरुको उपचारका लागि अस्पताल संचालनमा आएको छ । एक करोड ९५ लाख ८० हजारको लगानीमा बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संचालनमा आएको हो । ६ जना विषेशज्ञ सहितको अस्पतालमा छाला तथा यौन रोग, कुष्टरोग, नङ, कपाल आदिहरुमा देखिने रोगहरुको उपचार हुन्छ । त्यस्तै, सेन्टरमा लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनाबश्यक रौ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने योनी कसिलो बनाउने र सेतो दुबीको उपचारसमेत हुने अस्पतालका अध्यक्ष यम बहादुर थापा मगरले बताए । लुम्बिनी स्कीन एण्ड लेजर…
कानुनी गर्भपतन सेवाबारे ४१ प्रतिशत महिलामात्र जानकार, ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनको कारण
स्वास्थ्यसमाचार /पाचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा रुपन्देहीमा अन्र्तकृर्या कार्यक्रम गरि मनाईएको छ। प्रदेश नं ५ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा नेपाल परिवार नियोजन संघ, आईपास नेपाल, मेरि स्ट्रप नेपालको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सुरक्षित गर्भपतन सेवासंगै युवा वर्गलाई यौन र गर्भपतनको विषयमा विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सुझाव दिए । स्वस्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान भएको २०१६ को तथ्याकले देखाएको बताईन। यसैगरि कानुनी मान्यताको ज्ञान नपढेका र…