प्रदेश ५को रुपन्देही एचआईभीको उच्च जोखीममा, एक बर्षमा १४को मृत्यु

स्वास्थ्यसमाचार/ प्रदेश नं ५को अस्थायी राजधानी बुटबल एचआईभीको उच्च जोखीममा रहेको छ। प्रदेशका १२ जिल्लामा ३३सय ९२ रहेकोपनि रुपन्देहीमा १३सय जना रहेका छन।

जुन आर्थिक बर्ष ७५/७६ को असार सम्म स्पन्देहीमा एचआईभी एडस बाट १४ जनाको मृत्यु भएको छ । भने १३ सय एचआईभी संक्रमितले एआरटी औषधी सेबन गरि गरेका छन।

एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्राईका अनुसार रुपन्देहीमा १३सय एचआई भी एडसका बिरामी रहेको र लुम्बिनी प्रादेशीक अस्पतालमा औषधी सेबन गर्ने ११ सय ९६ र भैरहवा भिम अस्पतालमा १ सय ३८ जनाले एआरटी औषधी सेबन गर्ने गरेको बताए ।

लुम्बिनी प्रादेशीक अस्पतालमा औषधी सेबन गर्नेमा ५ सय ५० पुरुष ५ सय ५२ महिला ३८ जना बच्चा केटा ५२ जना बच्चा केटि र ४ जना तेश्रो लिगी रहेको भट्राईले बताए । भैरहवामा पनि १ सय ३८ जनाले औषधी सेबन गरेको जिल्ला स्वास्थ्य कार्यलयको तथ्याकमा उल्लेख रहेको छ । एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्राईले भने लुम्बिनी प्रादेशीक अस्पतालमा १० बर्ष देखी औषधी सेबन गरेका देखी भर्खरै सुरु गरेका सम्म रहेको बताएका छन ।

एचआईभी को नियन्त्रणमा समुदायको प्रभाबकारी भुमिका भन्ने मुलनारा सहित ३२औ बिश्व एडस दिबसको पुर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्र कुमार गिरीले रुपन्देहीमा गत ३ बर्षको तथ्याक हेर्दा एचआईभी को संक्रमण बढेको बताए।गत बर्ष भन्दा यस बर्ष १ सय ६३ जना थप रोगी थपीएको बताए।

डा गिरीले रुपन्देहीमा एचआईभीका रोगी बढदो भएकोले जनचेतना फैलाउनु आबश्यक रहेको बताए। जिल्लामा सिमीत बजेट भएको बताउदै अझै लक्षित बर्गसम्म पुग्न नसकेको बताए। डा गिरीले एचआईभी टेष्टका किटको समेत बेला बेलामा अभाब हुने गरेको बताए। अहिले माथिल्लो समुदाय भन्दा तल्लो समुदायका बढी देखीएको बताए। १२जिल्लाको प्रतिसद निकाल्दा रुपन्देही ३० रहेको छ।

प्रदेश ५स्वास्थ्य निर्देशनालयका खोपअधिकृत दिवाकर मर्हजनका अनुसार प्रदेश नं ५मा ३३ सय ९२जना एचआइ भी संक्रमित रहेको बताएका छन ।उनले सबै भन्दा बढी रुपन्देहीमा रहेको बताएका छन। अरु ११ जिल्लामा २ हजार रोगी भएपनि रुपन्देहीमा १३सय भएको बताए ।उनले प्रदेश सरकारले जिल्ला संग समन्यगरि जनचेताना फैलाउने आबश्यक उपकरण बजेट उपलब्ध गराउने बताएका छन।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका क्षय कुष्ठरोग अधिकृत टिकाराम अधिकारी लान्छना र भेदभाब निकरणका लागी सरकारले बजेट कमदिएपनि अरु औषधी टेष्ट लगायका बिषयमा कमी नभएको बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पान्डे,उपाध्यक्ष निरु गौतमले बोल्दै जनचेतना फैलाउन संञ्चारकर्मिसंग सहकार्य आबश्यक रहेको बताएका छन ।रुपन्देहीमा एचआईभी क्षेत्रमा ६ बटा संस्थाले काम गर्देआएका छन।

नमुना एकिकृत बिकास परिषद एक्लोलाई सहारादिने बृक्षसमुह,लुम्बिनी खीष्टीयन समाज ,आस्था समुह,आशा ज्योती सहयोग समुह र एच एफ नेपालले काम गरिरहेका छन।

सम्बन्धित शिर्षक :