स्वास्थ्यसमाचार/ रुपन्देहीमा दोश्रो चरणको कोरोना बिरुद्धको खोप पहिलो चरणमा ८ पालिकामा १६ हजार १सय ६० जनालाई लगाईएको छ ।२६ हजार ८ सय २१ लक्ष्य भएपनि १६ हजार १सय ६० जना अर्थात (६० दशमलब २५) प्रतिशतलाई लगाईएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटबल उपमहानगरपालिका ४७सय १४ सैनामैनामा २५ सय १० कञ्चनमा १२ सय १० मायादेबि गाउँपालिकामा १५सय ९५ गैडहवामा २ हजार ३९ शिद्धार्थनगरपालिका १३ सय ४२ सियारी गाउँपालिकामा १५ सय ११ सुद्धोधन गाउँपालिकामा ११ सय ७५ गरि कुल १६ हजार १सय ६० जनाले ६५ बर्षभन्दा माथिका…
मुख्य समाचार
तिलोत्तमा सहित ८ पालिकामा चैत १ देखि कोरोनाविरुद्धको खोप
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान यहीँ चैत १ गतेबाट सुरु हुँदैछ । नगरका सबै वडामैं खोप केन्द्र कायम गरी कोरोना विरुद्धको खोप अभियान चलाउने तयारी भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी गराएको छ । तिलोत्तमा नगरपालिकाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरबासीको सहजताको लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले वताए । फागुन २३ गतेदेखि मुलुकभर सञ्चालन भएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत् तिलोत्तमामा चैत १ गतेदेखि सुरु हुने खोप अभियान चैत ३ गतेसम्म चल्नेछ ।…
प्रधानमन्त्री ओलीले भोलि कोरोना बिरुद्धको खोप लगाउने
स्वास्थ्यसमाचार / प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।उनले बिहान १० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनासंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । प्रधानमन्त्रीले खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु हुने मन्त्री त्रिपाठीले बताए ।उनका अनुसार भोली नै भारतबाट थप ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्नेछ।नेपाल सरकारले भारत सरकारसँग २० लाख डोज खोपका लागि अग्रीम भुक्तानी दिइसकेको छ । यसअघि १० लाख डोज आइपुगिसकेको छ ।बाँकी खोप पनि चाँडै आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ…
रुपन्देहीमा ६५ बर्ष माथिका ५२ हजार बढीले कोरोना बिरुद्धको खोप लगाउने
स्वास्थ्यसमाचार/रुपन्देहीमा दोश्रो चरणको कोरोना बिरुद्धको खोप पहिलो चरणमा ८ पालिकामा लगाईने भएको छ। फागुन २३ गते देखी २५ गते सम्म र दोश्रो चरणमा चैत्र १ गते देखी ३ गते सम्म लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार रुपन्देहीका १६ पालिकामा रहेका ६५ बर्ष भन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई दुई चरणमा कोरोना बिरुद्धको खोप लगाईने भएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार १६ वटा स्थानिय तहहरुमा २ चरणमा खोपलगाईने र त्यसका लागी ८३ खोपकेन्द्र ५सय ५८ स्वास्थ्यकर्मि र २ सय…
नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा बदनाम :मन्त्री बराल
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा बदनाम भएको बताएका छन् । नेपाल चिकित्सक संघ लुम्बिनीले राष्ट्रिय चिकित्सक दिवसको अवसरमा आयोजना गरेको मेडिभ्वाईस लुम्बिनी बुलेटिन विमोचन गर्दै मन्त्री बरालले केही व्यक्तिका कारण पेशानै बदनाम भएकाले त्यस्ता व्यक्तिको खोजी गरेर कारबाहीको दायरामा ल्याउन प्रदेश सरकार लागि परेको बताए । चिकित्सकलाई धेरैले भगवान जस्तै मानेपनि केही गलत व्यक्तिले पेशामा हिलो छ्याप्ने काम गरेको भन्दै त्यसलाई अन्त्य गर्न प्रदेश सरकार लागेको र चिकित्सकहरुले समेत यो अभियानमा साथ दिनुपर्ने उनको भनाई छ । उनले कोभिडको समयमा चिकित्सक,…
दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुरा निकै चुनौती पूर्ण :मन्त्री बराल
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुरा निकै चुनौती पूर्ण रहेको वताए । निक साइमन्स इन्स्टिच्युटको समन्वयमा रामपुर अस्पतालमा सुरु भएको अप्रेशन सेवाको शुभारम्भ गर्दै मन्त्री बरालले मन्त्रालय बाट डाक्टरहरु पठाए पनि विच बाटै बाट फर्किने गरेको वताएका छन । दुर्गममा सरुवा भएमा विच बाटै हराउने गरेको यथार्थ बताउँदै बरालले भने ‘मेरो काम मन्त्रालयमा के हन्छ भने एक लेभलको काम डाक्टरहरुलाई काउन्सलिङ गर्ने, डाक्टर काठमाडौं बाट आउँछ डाक्टर आउनु भन्दा अगाडी १० जनाको फोन त आईसकेको हुन्छ । अनि राख्ने काउन्सिलिङ गर्ने ।’ उनले…
बुटबलमा २० हजार नागरिकलाई कोरोना बिरुद्धको खोप लगाईने
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका भित्र रहेका करिब २० हजार भन्दा बढी ६० वर्षमाथिका नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ। फागुन २३ गतेदेखि सञ्चालन हुने खोप लगाउनु भन्दा पहिले उपमहानगरका १९ वटै वडामा जोखिमयुक्त समूहमा कोभिड एन्टिजेन परीक्षण सुरु गरिएको छ । जोखिमयुक्त खोप अघि समूहमा गरिने एन्टिजेन परीक्षण र फागुन २३ देखि समुदायमा सुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिंदै उपमहानगरका प्रमुख शिवराज सुवेदीले सहज एवम् विश्वसनीय सेवाप्रदान गर्न आग्रह गरे ।उनले जनस्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सोही अनुरुप प्रस्तुत हुन खोप अघि तथा पछिको अवस्थाको आँकलन गरेर तयारी…
लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधारहुँदै :मुख्यमन्त्री पोखरेल
रिमा बिसी स्वाथ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्य मन्त्रीशंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई तत्काल विस्तार गर्न अस्पताल प्रशासनलाई लाई निर्देशन दिएका छन। अस्पतालको१११ औं बार्षिक उत्सव समारोह लाई सम्बोधन गर्दे मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिए। उनले अस्पतालको फार्मेसी सुविधायुक्त हुननसक्दा अस्पतालमा आउने विरामीले निजी औषधी पसल मागएर महंगोमा औषधी किन्नु पर्ने बाध्यताको अन्त्य गर्नका अस्पतालमा तत्तकाल फार्मेसी सेवालाई सहज हुने तरिकाले बिस्तार गर्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पतालमा आउने विरामीको समस्या समाधान नहुने बताउदै यस अस्पतालमा आउने विरामीलाई गुणस्तरीय सेवाप्रदानगर्ने तर्फ अस्पताल प्रतिवद्धहुनुपर्ने वताए । उनले पछिल्लो…
लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक उत्सवमा प्रभातफेरी
स्वाथ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक उत्सवको अबसरमा प्रभातफेरी निकालेको छ ।शनिबार अस्पताल परिसर सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरेको अस्पताल बिकास समितीको अगुवाईमा सनिवार बिहान प्रभातफेरी निकालिएको थियो । अस्पताल परिषरबाट सूरु भएको बेण्डबाजा सहितको प्रभातफेरी मुख्यमन्त्री कार्यालय अगाडी हुदै इलाका प्रहरी कार्यालय तथा अमरपथ हुदै अस्पताल परिषरमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटटराई बिकास समितिका सदस्य रिज्जु श्रेष्ठ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनाल अस्पतालका चिकित्सक तथा नर्स र अन्य कर्मचारीहरुको सहभागी रहेको थियो ।…
बिकास समिति र कर्मचारीले गरे लुम्बिनी अस्पताल सरसफाई
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक उत्सवको अबसरमा अस्पताल मा सरसफाई कार्यक्रम गरिएको छ। अस्पताल तथा बरिपरि सरसफाई गरि त्यहा रहेका फोर निकालीएको हो ।लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत तथा वार्षिक उत्सव सरसफाई संयोजक बिपीन क्षेत्रीका अनुसार अस्पतालको १सय ११ औ वार्षिक उत्सको अबसरमा अस्पताल वरिपरि वाहिर सरसफाई गरिएको छ । सरसफाईमा अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटटराई बिकास समितिका सदस्य रिज्जु श्रेष्ठ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनाल अस्पतालका नर्स चिकित्सक तथा अन्य कर्मचारीहरुको सहभागी रहेको वार्षिक उत्सव सरसफाई संयोजक बिपीन क्षेत्रीले बताए ।…
