लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक उत्सवमा प्रभातफेरी

स्वाथ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक उत्सवको अबसरमा प्रभातफेरी निकालेको छ ।शनिबार अस्पताल परिसर सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरेको अस्पताल बिकास समितीको अगुवाईमा सनिवार बिहान प्रभातफेरी निकालिएको थियो ।

अस्पताल परिषरबाट सूरु भएको बेण्डबाजा सहितको प्रभातफेरी मुख्यमन्त्री कार्यालय अगाडी हुदै इलाका प्रहरी कार्यालय तथा अमरपथ हुदै अस्पताल परिषरमा पुगेर समापन गरिएको थियो ।

 

प्रभातफेरीमा अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटटराई बिकास समितिका सदस्य रिज्जु श्रेष्ठ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनाल अस्पतालका चिकित्सक तथा नर्स र अन्य कर्मचारीहरुको सहभागी रहेको थियो ।

वार्षिक उत्सबको अबसरमा आज महिला पुरुष भलिबल प्रतियोगिता घैटोफोर लगाएतका कार्यक्रम भएका थिए ।अस्पताल बिकास समितीले स्थापना दिवसका अवसरमा फलफुल बितरण, रक्तदान, कविता प्रतियोगीता लगाएतका कार्यक्रम भएको अस्पतालले जनाएको छ ।

 

वार्षिक उत्सवको समापनको अबसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल को प्रमुख आतिथ्यमा हुने अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटट्राई बताए ।

सम्बन्धित शिर्षक :