बिकास समिति र कर्मचारीले गरे लुम्बिनी अस्पताल सरसफाई

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक उत्सवको अबसरमा अस्पताल मा सरसफाई कार्यक्रम गरिएको छ।

अस्पताल तथा बरिपरि सरसफाई गरि त्यहा रहेका फोर निकालीएको हो ।लुम्बिनी प्रादेशिक अस्पतालका शाखा अधिकृत तथा वार्षिक उत्सव सरसफाई संयोजक बिपीन क्षेत्रीका अनुसार अस्पतालको १सय ११ औ वार्षिक उत्सको अबसरमा अस्पताल वरिपरि वाहिर सरसफाई गरिएको छ ।

सरसफाईमा अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटटराई बिकास समितिका सदस्य रिज्जु श्रेष्ठ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनाल अस्पतालका नर्स चिकित्सक तथा अन्य कर्मचारीहरुको सहभागी रहेको वार्षिक उत्सव सरसफाई संयोजक बिपीन क्षेत्रीले बताए ।

यस्तै अस्पतालमा फलफुल बितरण रक्तदान कविता प्रतियोगीता लगाएका कार्यक्रम भएको अस्पतालले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :