रुपन्देहीमा ६५ बर्ष माथिका ५२ हजार बढीले कोरोना बिरुद्धको खोप लगाउने

पहिलो चरणमा ८ पालिका फागुन २३ देखी २५ सम्म दोश्रो चरण चैत्र १ देखी ३ गते सम्म

स्वास्थ्यसमाचार/रुपन्देहीमा दोश्रो चरणको कोरोना बिरुद्धको खोप पहिलो चरणमा ८ पालिकामा लगाईने भएको छ। फागुन २३ गते देखी २५ गते सम्म र दोश्रो चरणमा चैत्र १ गते देखी ३ गते सम्म लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार रुपन्देहीका १६ पालिकामा रहेका ६५ बर्ष भन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई दुई चरणमा कोरोना बिरुद्धको खोप लगाईने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार १६ वटा स्थानिय तहहरुमा २ चरणमा खोपलगाईने र त्यसका लागी ८३ खोपकेन्द्र ५सय ५८ स्वास्थ्यकर्मि र २ सय ४६ स्वयमसेवक परिचालन गरिएको बताए । डा गिरीले स्वास्थ्य केन्द्रमा खोपलगाउने लाई अभिमुखीकरण गरिएको बताए ।उनले बिभिन्न चरण स्वास्थ्यकर्मि देखी संञ्चारकर्मि संग अभिमुखीकरण गरिएको बताए ।

खोप लगाएपछि हुनसक्ने अवान्छित घटनालाई मध्यनजर गर्दे १६ पालिकैमा चिकित्सक सहितको टोली ब्यबस्थापन गरिएको वताए ।उनले पहिलो चरणको खोप लगाएको १० देखी १२ हप्ताको फरकमा दोश्रो खोप लगाउनु पर्ने भएकोले वैसाखमा १४ हजार २ सय ९७ जना र दोश्रो चरण जेठमा लगाउन आग्रह गरेका छन ।

यस्तै पालिकामा अनुगमन गर्नको लागी पालिका प्रमुख वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत र जिल्ला खोप समन्य तथा खोप समितिलाई अनुगम सुपरिक्षण र सहजी करणको ब्यबस्था मिलाईएको डा गिरीले बताए ।

रुपन्देहीमा दोश्रो चरणको पहिलो कुन पालिकामा कोरोना बिरुद्धको खोपलगाईन्छ।

१बुटबल उपमहानगरपालिका

२सैनामैना नगरपालिका

३शिद्धार्थनगरपालिका

४कञ्चन गाउँपालिका

५सियारी गाउँपालिका

६ गैडहवा गाउँपालिका

७ शुद्धोधन गाउँपालिका

८मायादेबि गाउँपालिका मा खोपलगाईने छ ।

दोश्रो चरणमा चैत्र १ गते देखी ३ गते सम्म कोरोना बिरुद्धको खोपलगाउने
१ तिलोत्तमा नगरपालिका,

२ देबदह नगरपालिका

३ ओमसतिया गाउँपालिका

४ लुम्बिनी सांकृतिक नगरपालिका

५ कोटहीमाई गाउँपालिका

६ मर्चवारी गाउँपालिका

७ सम्मरीमाई गाउँपालिका

८रोहीणी गाउँपालिका रहेका छन।

   जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीद्धारा जारी सुचना ।

सम्बन्धित शिर्षक :