लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधारहुँदै :मुख्यमन्त्री पोखरेल

रिमा बिसी

स्वाथ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्य मन्त्रीशंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई तत्काल विस्तार गर्न अस्पताल प्रशासनलाई लाई निर्देशन दिएका छन।

अस्पतालको१११ औं बार्षिक उत्सव समारोह लाई सम्बोधन गर्दे मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिए। उनले अस्पतालको फार्मेसी सुविधायुक्त हुननसक्दा अस्पतालमा आउने विरामीले निजी औषधी पसल मागएर महंगोमा औषधी किन्नु पर्ने बाध्यताको अन्त्य गर्नका अस्पतालमा तत्तकाल फार्मेसी सेवालाई सहज हुने तरिकाले बिस्तार गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पतालमा आउने विरामीको समस्या समाधान नहुने बताउदै यस अस्पतालमा आउने विरामीलाई गुणस्तरीय सेवाप्रदानगर्ने तर्फ अस्पताल प्रतिवद्धहुनुपर्ने वताए ।

उनले पछिल्लो समय अस्पतालको सेवामा विस्तारमा सुधारहुँदै गएको छ, तर उपचार राम्रो भएर पनि विरामीहरु औषधी किन्नका लागि नीजि किल्नीकमा भौतारिनुपर्ने बाध्यतान हटेकोले यसलाई लाई छिटो भन्दाछिटो समाधानगर्ने तर्फ लाग्नअस्पताल प्रशासनलाई निर्देशन दिए।

मुख्यमन्त्री पोखरेलले ‘अहिलेको नेतृत्वले गरेकाकाम लाई हेर्दा अस्पताल बदलिन्छ भन्नेमा आफु विश्वस्त छ रहेको भन्दै त्यसका लागि सबैको सहकार्य महत्वपूर्ण रहेको बताए । उनले भने हामीले गर्नुपर्ने काम धेरै छन त्यसका लागि प्रदेश सरकार सक्रिय भएर लागेको भन्दै प्रदेशका जनताको मनोविज्ञानमा परिवर्तन ल्याउने चिकित्सक र नर्सहरुको क्षमता बढाउन कालागि नियमित तालिम गरेर आफ्नो सेवालाई स्तरीय बनाउन अस्पताल प्रशासनलाई आग्रह गरे ।

आमनागरिकको स्वास्थ्य उपचार पाउने अधिकार भएकोले समयमै उपचार पाउने हकको सुनिश्चितता गर्नका लागि अस्पताल र स्वास्थ्यकर्मीको जिम्मेवारी भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सोहीअनुरुप मानवीयजन शक्तिलाई अद्यावधिक गराउदै अगाडी बढनआग्रह गरे ।

पोखरेलले भने लुम्बिनी प्रादेशिक अस्पतालकाठमाण्डौ पछिको धेरै विरामीआउने अस्पतालभएकोले यसको चौतर्फी विकास गरी यस क्षेत्रकै नमूना अस्पताल बनाउनका लागि प्रयास भैरहेकोले विरामीको उपचारको व्यवस्थापनका लागि स्वास्थ्यकर्मीको ज्ञानलाई नियमित अद्यावधिकगर्नका लागिआवश्यक रहेको औल्याउदै यस कालागिपूर्वाधार विकासमा चाहिने सहयोग प्रदेश सरकारले गर्ने वताए ।

मुख्यमन्त्रीपोखरेलले लुम्बिनीप्रदेशका १२ वटै जिल्लामा स्वास्थ्यविमा कार्यक्रम लागुभईरहेको उल्लेख गर्दै विमागरिएका विरामीहरु उपचारको लागिबाहिर जानुपर्ने अवस्थाको अन्त्यअव प्रादेशिकअस्पतालले गर्नुपर्ने बताउदै स्वास्थ्यविमा कार्यक्रमअस्पतालहरुको लागिश्रोत व्यवस्थापनगर्ने महत्वपूर्ण माध्यमभएको समेत वताए ।राम्रो जनशक्तिले सेवागर्नको लागि बुटवललाई छनोट गर्ने गरि सेवामा सुधार विस्तार गर्न आग्रह गरे ।

अस्पतालले के गदैछ भन्ने कुरा देख्न पाउने आम जनताको अधिकार भएकोले अस्पतालका सटरहरु हटाए पछि अस्पतालको सुन्दरता बढेको वताए । उनले ‘अस्पतालको आर्थिक विकासका लागि भनेर बनाईएका व्यवसायीक सटरहरु अस्पतालको विकासको बाधकभन्ने लागेर सटर भत्काउने निर्णय गरिएको र अस्पतालको लागिआवश्यक श्रोत जुटाउने जिम्मेवारी सरकारको भएको र अस्पतालले सटर भाडामालगाएर आम्दानी लिने नभई स्तरिय सेवाकालागि पहल गर्नुपर्ने वताए ।

मुख्यमन्त्री पोखरेलले कोरोनामहामारीको अवस्थामापनिकोरोना संक्रमितको उपचार र व्यवस्थापनसँगै नियमित सेवाप्रदान गरेर अस्पतालले आफूलाई नमूना योग्य बनाएकोमा अस्पताललाई धन्यवाद दिदै यस क्षेत्रका संक्रमितहरुको ठूलो संख्यालाई लुम्बिनी प्रदेश भित्रैका अस्पतालमा गुणस्तरीय सेवादिईएको र कोरोना नियन्त्रणमा लुम्बिनी प्रादेशिक अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह वताए ।

प्रदेशको गौरवको आयोजनाको रुपमाअगाडि बढाईएको लुम्बिनी प्रादेशिक अस्पतालको डिपीआरको कामअन्तिम चरणमापुगेको वताए ।अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले अस्पतालमाहाल ५ बेडको आईसियू र ५ बेडको क्याबिन रहेको अस्पतालमा आगामी वैशाखदेखि बढाएर ५०/५० बेड पु¥याईने योजनाभएको बताउदै हाल ५ वटाडायलाईसिस मेशिनमार्फत मृगौलाका विरामीहरुको उपचार भईरहेकोमा १२ वटा मेशिनथपगरि सेवा शुरु गर्नलागिएको वताए ।

त्यसैगरि कोभिडको समयमा सेवारत अस्पतालका सफाईकर्मीको १० प्रतिशत र ईमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीको २५ प्रतिशत तलबथप गरिएको समेत जानकारी दिए ।अस्पतालकाप्रमुख मेडिकल सुपरिटेन्डेन्टडा. राजेन्द्र खनालले अस्पतालमाकार्यरत एकतिहाई चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कोरोनाबाट संक्रमणभएर पनिकुनै दिन सेवाबन्द नगरि सेवा दिएको बताए ।

खनालले गतवर्ष इमरजेन्सीमार्फत ५४ हजार ३ सय ५२, ओपिडीमार्फत १ लाख ४३ हजार ४ सय २६, भर्ना गरिएका १९ हजार ४ सय ९६ र सुत्केरी सेवा ११ हजार २ सय १८ जनालाई दिइएको वताए । तिमध्ये ३ हजार ४ सय ६५ जनालाई शल्यकृया मार्फत सुत्केरी गराईएको थियो भने विभिन्न समस्याका ६ हजार ७ सय ११ जनालाई शल्यकृया सेवादिईएको खनालले वताए ।

बार्षिक उत्सव कार्यक्रममा विभिन्न विधामा सम्मानगरिएको थियो । कार्यक्रमको अध्यक्षता अस्पतालव्यवस्थापन समितीकाअध्यक्ष सुर्य बहादुर भट्टराईको अध्यक्षता र अस्पतालका शाखा अधिकृत विपिन क्षेत्रीको संचालनमा भएको कार्यक्रममा नेपाली काग्रेस बुटबल नगरसभापती खेलराज पान्डे नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पान्डे, अस्पतालका पुर्व ईएन्टी चिकित्सक के बि क्षेष्ठ, अस्पताल बिकास समितिका पुर्व अध्यक्ष बाबुरा भटराई लगायतले सुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सम्बन्धित शिर्षक :