स्वास्थ्य समाचार/ माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा स्वास्थ्यका १५ बुँदा उल्लेख छन्। गाउँ-गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवादु भन्ने मुल नाराका साथग माओवादी केन्द्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाएको हो।स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ। यस्तै हरेक पालिकामा आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गरिने, प्रदेशस्तरमा ठुलो क्षमताका विशिष्टीकृत सेवाका अस्पतालहरु निर्माण र सञ्चालनमा जोड दिइने तथा पहिले देखि नै सञ्चालनमा…
मुख्य समाचार
स्वास्थ्यका १२ बुँदा समेटेर सार्वजनिक गर्यो नेकपा एसले घोषणापत्र
स्वास्थ्यसमाचार/ आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा समाजवादीले स्वास्थ्यका विषयलाई मौलिक हक संग जोडेर उठाएको छ । निशुल्क स्वास्थ्य उपचार जनताको मौलिक अधिकार नारा दिएर उसले स्वास्थ्यका विविधपक्षहरुमा आफ्नो योजना प्रस्तुत गरेको छ । प्रत्येक प्रदे सदरमुकमामा डायोग्नोसिस केन्द्र, ट्रमा सैन्टर अप्रेसन थिएटर आईसीयू तथा भेन्टिलेटर सेन्टर हरु सहितका सुविधा सम्पन्न एक हजार शैयाको अस्पताल, प्रत्येक गाँउपालिकाको केन्द्रमा कम्तीमा २५ शैया तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैयाको सुविधा सम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्ने उसले घोषणा…
चुनाव प्रचारका क्रममा डा .शशांक कोइराला बिरामी, चितवनमा उपचार हुँदै
स्वास्थ्यसमाचार/ चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्। नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए। कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन्। उनका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ। कोइरालाको होस फर्किसकेको छ। कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
विश्व पक्षघात दिवसः नेपालमा पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु
स्वास्थ्यसमाचार/ विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनुका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । नेपाल पक्षघात सङ्घका…
यस्ता छन् काँग्रेसको घोषणा पत्रमा समेटिएको स्वास्थ्यका २३ बुँदा
काठमान्डौ/ नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका लागि लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। कांग्रेसले आफ्नो घोषणापत्रलाई संकल्प प्रस्तावका रुपमा उल्लेख गरेको छ। कांग्रेसको संकल्प प्रस्तावमा स्वास्थ्यका विभिन्न २३ वटा विषयहरु परेका छन्। कांग्रेसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सवैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणाली भन्दै २३ बुँदे संकल्प उल्लेख गरेको छ। नेपाली कांग्रेसले विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनता केन्द्रीत एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय पनि संकल्प प्रस्तावमा राखेको छ। जनशक्ति उत्पादन र पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए…
कांग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क
स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो । साथै उसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा बढाएर १० लाख पुर्याउने समेत उसले बताएको छ । ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने उसले बताएको छ । पाँच वर्षभित्र स्वास्थ्य संस्ता नभएका…
डेंगुबाट बुटवलका पत्रकार टेक मास्की रानाको निधन
स्वास्थ्यसमाचार /दुईृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पत्रकार टेक मास्की रानाको मृत्यु भएको छ। डेंगुसंगै मिर्गौला र जण्डिसको समस्या देखिएको र उपचारको क्रममा मास्कीको मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी गराउनु भयो। उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गर्नु भयो। रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सदस्य, आदिवासी जनजाति पत्रकार…
गोरखा जिल्ला अस्पतालमा ड्युटीमा रहेका डाक्टर कुटिए
स्वास्थ्यसमाचार/गोरखा जिल्ला अस्पतालमा ड्युटीका डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका डा.अविनाश पराजुलीमाथि कुटपिट भएको हो । बिरामी महिलाका पति र अन्य दुई जनाले अस्पतालको कोठामा पसेर डा. पराजुलीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । अस्पतालका डाक्टर कुटपिटपछि कानुनी कारबाही गरियोस् भन्दै कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । गण्डकी स्वास्थ्य निर्देशनालयले अस्पताल ओपिडीमा भएको घटनाप्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्देशनालयले डाक्टरमाथि कुटपिट र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले…
कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
स्वास्थ्यसमाचार/ नोबेल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरे। उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए। विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ। सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको…
लुम्बिनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी एवं आरोग्य दिवस मनाइयो
स्वास्थ्यसमाचार /प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस लुम्बिनी आयुर्वेद चिकित्सालयमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समितिको आयोजनामा वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाइएको हो।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समिति शिब ज्ञाबलीको अध्यक्षता लुम्बिनी प्रदेश…