चुनाव प्रचारका क्रममा डा .शशांक कोइराला बिरामी, चितवनमा उपचार हुँदै

स्वास्थ्यसमाचार/ चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्। नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए।

कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन्। उनका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ।

कोइरालाको होस फर्किसकेको छ। कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

सम्बन्धित शिर्षक :