यी हुन् राप्रपाको घोषणा पत्रमा उल्लेख गरिएका स्वास्थ्यका ८ बुँदा

वीर अस्पतालस्तरको अस्पताल ७ वटै प्रदेशमा सञ्चालन गर्ने

स्वास्थ्यसमाचार / ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घोषणा पत्र सार्वजनिक गरेको छ । नयाँ बानेश्वरस्थित बानेश्वर व्याङक्वेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देनले घोषणा पत्र सार्वजनिक गरे ।

राप्रपाको घोषणा पत्रमा स्वास्थ्यका ८ बुँदा समावेश छन् । ती बुँदाहरुमा काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने । आधारभूत स्वास्थ्य सेवा सबै नागरिकर्लाइ निशुल्क तथा अनिवार्य गरिने ।

सबै नागरिकलाई स्वास्थ्य बीमाको पहूँच बृद्धि गरी वीमाको दायरामा ल्याईने र सबै बिमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाउने रहेको छ ।

वडा स्वास्थ्य केन्द्र मार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने, जेष्ठ नागरिक तथा अशक्तहरुको घर दैलोमा स्वास्थ्य सेवा पुरयाउने । प्रत्येक वडामा सुरक्षित प्रसूति सेवा सहित न्युन आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म रु ३००० मासिक भत्ता उपलव्ध गराउने समेत उल्लेख छ ।

यस्तै प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप, आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतीको विकास र विस्तार गर्ने प्रतिवद्धता समेत राप्रपाले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तो छ घोषणा पत्र:

सम्बन्धित शिर्षक :