स्वास्थ्य समाचार/प्रदेश नं ५ को पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले प्रसुतीको क्रममा आमा तथा नवजात शिशुको मृत्युदर कम गर्न पालिका भित्रका ६ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । प्रदेश नं ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बिच गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा गरे। मन्त्री बरालले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री बरालले…
महिला स्वास्थ्य
कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड
स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…
कानुनी गर्भपतन सेवाबारे ४१ प्रतिशत महिलामात्र जानकार, ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनको कारण
स्वास्थ्यसमाचार /पाचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा रुपन्देहीमा अन्र्तकृर्या कार्यक्रम गरि मनाईएको छ। प्रदेश नं ५ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा नेपाल परिवार नियोजन संघ, आईपास नेपाल, मेरि स्ट्रप नेपालको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सुरक्षित गर्भपतन सेवासंगै युवा वर्गलाई यौन र गर्भपतनको विषयमा विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सुझाव दिए । स्वस्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान भएको २०१६ को तथ्याकले देखाएको बताईन। यसैगरि कानुनी मान्यताको ज्ञान नपढेका र…
माछो -माछो भ्यागुतो भो समायोजन ?
राधिका खनाल अनमी छैठौ सबैको हित गर्ने सुपाच्य भोजन माछो माछो भ्यागुतो भोे समायोजन। नदेखाएनी हुन्थ्यो आश घरपायको जागीर। पहिले भन्दा लथालिङग भयो आखिर । पुसे खाजा पनि घरमा खाना पाईन्न जस्तो थ्यो । तिम्रै नाम जपी जपि तिज आईसक्यो । नयाँ सालमा आउ है भनि शुभकामना दे कै हो। निहु बनाई बस्यौ तिमी कुन्नी के के हो । यसै ठिक थ्यो यिनी कुरा ननिकाल्नु पर्ने हो मनोरोगी धेरै भए कसो गर्ने हो। अरु जस्तो सहज छैन स्वास्थ्यमा छ लफडा । जस्ले सुकै सक्दैन यहा चाहिन्छ तगडा। चौथो देखी छैठै…
सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ?
स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् सिटिइभिटीले डिप्लोमाप्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका पाँच विषयको भर्ना शुल्क निर्धारण गरेको छ। सिटिइभिटीले उक्त शुल्क अनुसार विद्यार्थी भर्ना गर्न र अभिभावकलाई पनि सोही अनुसार शुल्क बुझाउन भनेको छ। उक्त शुल्क तीन किस्तामा तिर्न सकिने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० र तेस्रोमा पनि ३० प्रतिशत शुल्क अभिभावकले कलेजलाई बुझाउन सिटिइभिटीले भनेको छ। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत नर्सिङका लागि ४ लाख ७५ हजार, सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई…
महिला संघको स्थापना दिबसमा स्त्री, स्तन तथा पाठेघर र क्यान्सर रोग समन्धी प्रशिक्षण
स्वास्थ्यसमाचार/रुपन्देही नेपाल महिला संघ रुपन्देहीले ७२ औ स्थापना दिवश महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी मनाएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा महिला स्वास्थ्य सचेतना सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरीएको संघका अध्यक्ष गंगा शाहीले वताईन । कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. शिला क्षेत्रीले स्त्री तथा प्रसुती, स्तन तथा पाठेघरको क्यान्सर रोग लगायतलका बिषयमा महिलाहरुलाइ प्रशिक्षण दिएको थियो। कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनताको अधिकार संविधानमा स्थापित भएपनि वर्तमान सरकारले कार्यान्वयनमा आलटाल गरेको वताए । सरकारले लोकतान्त्रिक शासन प्रणालीप्रति जनतामा वितिष्णा पैदा गराएर एक दलिय शासनको अभ्यासमा…
स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको छौ :समाजीक बिकास मन्त्री बराल
स्वास्थ्यसमाचार/प्रदेश नं ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्यमा नयाँ तिन काम शुरु गर्न लागेको बताएका छन । महिला स्वास्थ्य स्वयम सेविकालाई एडभान्स तालिमको बुटवलमा समापन कार्यक्रममा बोल्दै समाजिक बिकास मन्त्री बरालले उक्त कुरा बताएका हुन। मन्त्री बरालले प्रदेशमा नयाँ स्वास्थ्य निति बनाउने, प्रदेशको पाठ्यक्रममा स्वास्थ्यलाई अनिवार्य र पब्लीक हेल्थका कार्यक्रम गाउँ केन्द्रीत गर्ने गरि तिन काम यस बर्ष शुुरु गर्ने बताए । काम गर्न भन्दा पहिला निति नियमको आवश्यक रहेकोले स्वास्थ्य नीति बनाई तत्काल लागु गर्ने, कक्षा १ देखी १० कक्षासम्म स्वास्थ्य बिषयलाई ऐच्छिक भए अनिवार्य बनाउने…
स्तनपान सप्ताह शुरु : आमा र शिशु दुबैलाई फाइदा
शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराउनुभयो । पढाइ सकेर भर्खर मात्र काम थाल्नुभएकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउनुहुन्छ । अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उहाँले बताउनुुभयो । चिकित्सक लामिछाने भन्नुहुन्छ, “सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो । ” शिशुलाई स्तनपान…
प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले ४० जना छात्रालाई अहेब र अनमी पढाउन छात्राबृद्धि दिने
स्वास्थ्यसमाचार/प्रदेश सरकार प्रदेश नं ५ समाजीक बिकास मन्त्रालयले मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका ४० जना छात्रा लाई अहेब र अनमी पढनको लागी छात्राबृद्धि उपलब्ध गराउने भएको छ । ५नं प्रदेश भित्र रहेका ४० जना मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका छात्रा हरुलाई अहेब र अनमी पढाउन छात्रा वृद्धि उपलब्ध गराउने भएको हो। प्रदेश नं ५ भित्र स्थायी बसोबास गर्ने छात्राहरुले कक्षा दश टि/ एसएलसी पास गरेका छात्राहरुले सामाजीक बिकास मन्त्रालयमा सम्पर्क गर्न सुचना जारी गरेको छ । प्रदेश नं ५का समाजीक बिकास मन्त्री शुदर्शन बरालले भने मुस्लीम सिमान्तकृत तथा अल्पसंख्यक समुदायका…
ओमसतिया गाउँपालिकाद्वारा उत्कृष्ट महिला स्वास्थ्य स्वयसेबिकालाई सम्मान
स्वास्थ्यसमाचार/ ओमसतिया गाउपालिका रुपन्देहीले आर्थिक बर्ष २०७४र७५ मा उत्कृष्ट सेवा गरे बापत महिला स्वास्थ्यस्वयंसेविकाहरुलाई सम्मान गरेको छ । रुपन्देहीमा आयोजित सम्मान कार्यक्रममा राम्रो काम गरे बापत विभिन्न सस्था अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वम सेविका लाई सम्मान गरेको छ । नेपालको दुरदराजमा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा पनि स्वमसेविकाले स्वास्थ्य स्थिति सुधारमा महत्वपूर्ण योगदान दिएका छन ।महिला स्वास्थ्य स्वयसेविका कार्यक्रम स्वास्थ्य मन्त्रालयले आ।व २०४५र४६ मा २८ वटा जिल्ला बाट सुरु गर्दै ७७ ओटै जिल्लामा लागू गरेको छ । कुनै सेवा सुबिधा बिना स्वयसेवक रुपमा अहोरात्र खटिने गरेका महिला स्वास्थ्य स्वमसेविका स्वास्थ्यको…

