स्वास्थ्यसमाचार/ पौष ३ गते बाट संचालनमा आएको बुटवलको औद्योगिक ब्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो प्राथमिक उपचार सेवा संचालन गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो । मेला स्थलमा आई पर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेला मुल आयोजक समिति बुटवल उधोग बाणिज्य संघ बुटवलका महासचिव मुक्ति अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार पौष ३ देखि १८ गतेसम्म संचालन हुने मेलामा कुनै पनि स्वास्थ्य सम्वन्धी समस्या आए त्यसको सहजिकरण बुटवलकै नमुना…
बुटवल हस्पिटल प्रा.लि.
बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको हर्नियाको शल्यक्रिया
स्वास्थ्यसमाचार/ आजभोलि बिरामीहरूका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ । त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भइसक्नु भएका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि जिल खुवाएको छ । स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया गर्नु भएको छ । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानेको हिम्मतको अगाडि उमेर…
बैंकहरुसँग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता
स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो बजार प्रवद्र्धन अभियान अन्तरगत बैक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यलाई अघि बढाएको छ । हस्पिटलले कुमारी बैक लिमिटेड र लक्ष्मी विकास बैक संग उपचार सहकार्यमा हस्ताक्षर गरेको छ । एक समारोहका वीच बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गर्नु भयो । अस्पताल र बैंकहरु वीचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा अध्यक्ष पौडेलले उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताउनु भयो । उहाँले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हवका रुपमा चिनाउन…