स्वास्थ्यसमाचार/स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले आफ्नो वार्षिक उत्सव तथा स्थापना दिवस सिर्जनशील बाल सेवा परिवार, कागेश्वरी मनहरामा बालबालिकालाई भोजन गराएर मनाएको छ।
कार्यक्रममा नेपाल मेडिकल व्यवसायी संघका निवर्तमान अध्यक्ष सीताराम रेग्मीले हालको कान्छो सन्तानका रूपमा आएको यस संस्थाले व्यवसायीको हितमा काम गर्दै राज्यका हरेक निकायलाई झकझक्याउने काम गरेको बताए।
त्यस्तै, सोही कार्यकालका महासचिव नवराज पौडेलले व्यवसायीलाई एक बनाएर अगाडि बढ्न आग्रह गरे। धेरै संस्थाहरूले आफ्नो विधान र प्रस्तावनाभन्दा बाहिर गएर कार्य गरिरहेको भन्दै व्यवसायीहरू होडबाजीको प्रतीक्षामा रहेको बताए।
कार्यक्रम संस्थाका अध्यक्ष मदनकुमार पूर्वेको अध्यक्षता तथा रघुनाथ पनेरु (कालिका)को सञ्चालनमा भएको थियो। सोमराज लिम्बुले स्वागत मन्तव्य दिएका थिए।
धन्यवाद मन्तव्य दिँदै सिर्जनशील बाल सेवा परिवारकी अध्यक्ष उमा देवी कार्की बस्नेतले आफ्नो संस्थालाई छनोट गरी बालबालिकाप्रति स्नेह देखाएकोमा हार्दिक धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सेवा गर्ने अवसर प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिन्। साथै उनले सहभागी सबैको व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिन्।



प्रतिकया दिनुहोस्