स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा सि एन्ड सि स्वास्थ्य सेवा प्रालि संचालनमा आएको छ ।स्वास्थ्य सेवा प्रालिको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्गघाटन गरे । सोही क्रममा बोल्दै मन्त्री थारुले आजका दिनदेखिनै यो अस्पतालले नागरिकमा भर्ने आशा र बिश्वासनै सस्थाको भोलिको जीवन र ब्यावसायिक सफलता भएको बताए । अहिलेसम्म तिनै तहका सरकारले पुर्वाधार निर्माणसगै स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निशुल्क र सर्भसुलभ भनिएका सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले निजी सामुदायिक र सरकारी अस्पतालहरुको साझेदारीमा बिकटलाई निकट बनाउनुनै आफुहरुको उदेश्य भएकाले संगै…
नर्सिङ
रुपन्देहीका ८ नर्सिङ कलेजले यसवर्ष (पिसिएल)को भर्न पाएनन १०० शय्याको अस्पताल अनिवार्य
स्वास्थ्यसमाचार /प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो। परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले वताए । आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ। ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल…
फाइजर खोप लगाउदा देखिन्छन् यस्ता असर, यी व्यक्तिले लगाउनु हुँदैन
काठमान्डौ/स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले कोभिडविरुद्धको फाइजर खोपको प्रयोग तथा संचालन सम्बन्धि अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ। मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग , खोप लिन हुने अवस्था, खोप दिन नहुने अवस्था, विषेश निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुनसक्ने असरका विषयमा प्रस्ट पारेको छ। फाइजर खोप कात्तिक २८ गतेबाट १२ वर्षदेखि १७ सम्मका दीर्घ रोगीलाई दिइने भएको छ। कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयका प्रवक्ता…
लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय शैयाको अस्पताल बन्ने
स्वास्थ्यसमाचार /लुम्बिनी गार्डेन फाउण्डेशनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय शैयाको आधुनिक अस्पताल निर्माण गरि दिने भएको छ । लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिका बिच अस्पताल बनाउने सम्झौता भएको हो । लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधा सहित लुम्बिनीमा आधुनिक अस्पतालको तयारी थालिएको हो ।लुम्बिनी सांस्कृतिक नगरपालिकाका १ सय शैयाको आधुनिक अस्पताल बनाउने प्रयास सुरु भएको छ । विशेष गरि लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधा सहित लुम्बिनीमा आधुनिक…
कात्तिक २८ देखि १२ बर्ष भन्दा माथिका यी व्यक्तिले पाउँछन् फाईजर खोप
स्वास्थ्यसमाचार/ अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देही जिल्लामा लुम्बिनी प्रादेशिक अस्पतालमा खोप केन्द्र रहेको र उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप लगाईने बताए ।केन्द्रका अनुसार रुपन्देहीमा २ हजार डोज खोप आउने शर्माले बताए । कसले पाउँछन् खोप? – १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी – लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति –…
काज फिर्ता भएपछि अस्पताल वाट बिदाईभए निवर्तमान मेसु :खनाल
स्वास्थ्यसमाचार /संघअन्तर्गत समायोजन भएका लुम्बिनी प्रादेशिक अस्पतालका निबर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाल को पदस्थापना भएको कार्यालय कान्ति बाल अस्पताल काठमाडौमा काम काज फिर्ता भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले बिदाई गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति अध्यक्ष सुर्य भट्टराईको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा अस्पतालका प्रमुख कन्सल्टेन्ट अब्स्टेटृसियन तथा गाइनिकोलोजिस्ट डा श्रीधर आचार्य, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ईन्द्र ढकालले बोल्दै डा खनालको अस्पतालको लागी महत्वपुर्ण योगदान रहेको बताए । बिदाई कार्यक्रममा बोल्दै निबर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनालले आफु जहा गएपनि अस्पतालको लागी सधै सहयोग गर्ने बताए बिदाई…
धुर्काेट गाउँपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि तालिम शुरु
वासुदेव पोखरेल स्वास्थ्यसमाचार /धुर्काेट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागी बृहत पोषण विशेष आधारभुत क्षमता अभिबृद्धि तालिम अन्र्तगत पहिलो चरणको कार्यक्रम सुभारम्भ गरिएकोे छ । धुर्कोट गाउँपालिका र स्वास्थ्य शाखा बर्बाेट गुल्मीको आयोजनामा७ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको समुद्दघाटन गरे । उदघाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले गाउँपालिकामा कुपोषणबाट कुनै बच्चाको ज्यान नजाओस भन्ने तरिकाले स्वास्थ्यमा लगानी बढाएको बताए । अध्यक्ष पोखरेलले भने हामी अरु क्षेत्रलाई भन्दा बढी स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर कामअघिबढाएका छौ जनतालाई स्वास्थ्य सेवाको सहजरुपमा पाउने तरिकाले सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे । कार्यक्रको वारेमा सिअनमी…
२८ कात्तिकदेखि ४ मंसिरसम्म फाइजर खोप लगाईने यी हुन खोप केन्द्र
स्वास्थ्यसमाचार/सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ। परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए। देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए। त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए। उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए। ‘आइतबारदेखि मंसिर ४ गतेसम्म फाइजर…
गुल्मी जिल्ला अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी
स्वास्थ्यसमाचार/गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ। गुल्मी जिल्ला अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।गाइनोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसि सुपरभाइजर, ल्याब टेक्निसियन, एनेस्थेसिया सहायक, रेडियोग्राफर, अहेब गरी १३ जना कर्मचारी माग गरेको हो। ७ मसिंरसम्म दरखास्त पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ।
मायादेवी : १ धमैलीस्वास्थ्यचौकीमा ल्यावसेवा समुद्घाटन
स्वास्थ्यसमाचार /मायादेवी गाउँपालिकाको वडामा १मा रहेको धमैली स्वास्थ्यचौकीमा ल्याव सेवा उदघाटन भएको छ। जेष्ठ वडा सदस्य रामऔतार अहिरको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी धुर्वनारायण चौधरीले प्रयोगशालाको समुदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले मायादेवी गाउँपालिकाले स्वास्थ्यक्षेत्रमा ठुलो लगानी गरि घरदैलोमा गुणस्तरीय सेवा बिस्तार गरेको बताए। उदघाटन कार्यक्रममा मायादेबी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रममा बिशिष्ठ अतिथी तारादेवी यादव,स्वास्थ्य संयोजक भाष्कर आत्रेय, ब्यबस्थापन समितिका सदस्य बिजय वहादुर त्रिपाठी समाज सेवी श्रीराम यादव नेपाली काग्रेसका सभापति पदम भन्डारी,वडा सचिब राम किशुन दुषादले शुभकामना मन्त्ब्य राख्दै जनतालाई सहज स्वास्थ्य सेवा पुराउदै सबै…