डिसेम्बर २०१९ मा बुहानमा देखिएको कोभिड १९ भाइरस ले आजसम्म २२२ देशमा पंजा फैलाएको छ भनेकरिब १७ करोड मानिस संक्रमित भएका छन भने ३५ लाख मानिसको ज्यान लिएको भाइरस अब गाउगाउमा पुगेको छ।अब भाइरस ले रुपपनि बदल्दैछ।अहिलेसम्म ड्रपलेट ईन्फेक्सन मात्र हुन्छ भनेको वायु बाट पनि संक्रमण सर्ने नयाँनयाँ खोज हरु आइरहेका छन् ।
यो रोग नेपालमा आउदैन भन्ने आषा थियोे तर आइहाल्योर संक्रमण दर अन्त भन्दा धेरै भएको छ।अहिले संक्रमित ब्यक्ति संग संपर्कमा नआएका मानिस पनि संक्रमित भएकोले हामीकहा कुन स्टेजमा छ भन्ने खोजी हुनु जरुरी छ।सरकारले रोग नियन्त्रणका लागि उच्चस्तरीय कमिटी पनि बनायो र त्यस अन्तरगत विभिन्न कामहरु पनि भए पनि रोग लाई न रोक्न सकियो न नियन्त्रणमा लिन सकियो ,पहिलो लहर भन्दा दोस्रो लहर झन डरलाग्दो भयो ,यसले गर्दा हाम्रा कार्यसैलिमा सुधारको आबस्यकता देखिन्छ ।
यो रोगको उपचार भनेको रोग लाग्न नदिने र रोग लागि हाले लक्षण को आधारमा उपचार गर्ने हो।रोग लाग्न नदिन या त खोप लगाएर प्रतिरक्षा प्रणाली बढाउने वा रोकथामका उपायहरू अपनाउने ।खोप लगाउन हाम्रोजस्तो देश अरुको निगाह मा भरपर्ने अबस्थामा छ।खोपको लागि पैसा बुझाउदा पनि भारतले खोप रोकिरहेकोछ।अनुदानमा प्राप्त खोप पनि सुब्यबस्थीत हुन सकेको छैन ।सरकारले पटकपटक लकडाउन गरेर रोग नियन्त्रण गर्न खोजेपनि प्रभावकारी हुन सकेको छैन ।यस्तो अबस्थामा जीवन कसरी अगाडि बढाउने चुनौति खडा भएको छ।कसैले तर्क गर्छन् कुनै रोकतोक बिना रोग फैलिन दिने र संक्रमण बढेपछि प्रतिरक्षा प्रणाली बढछ तर यो भनाइ घातक हुन्छ भन्ने त बोल्सेनारोको ब्राजिल बाट थाहा हुन्छ।त्यसैले खोपमात्र भरपर्दो उपाय मानिएको छ अहिले संम।
अहिले सरकार संकटकाल घोषणा गर्ने नगर्ने बारे सोच्दै छ।हो स्वास्थ लाई पुर्ण प्राथमिकता मा राख्नुपर्छ ,आपदकाल लगाएर के गर्ने,त्यसबारे अनभिज्ञ छ,जसरी तयारी बिनाक लकडाउन ले राहत दिन सकेन,लाखौं मजदुर सिमानामा अलपत्र परे ,कतिपय नदिमा हामफालेर ज्यानै गुमाउन पुगे,कतिपय सयौं किलोमिटर भोकभोकै हिड्नु परेको थियोे ।त्यसैले संकटकाल समस्याको समाधान होइन ।जनजागरण मा विशेष ध्यान दिनुपर्छ ।अब खेतीपाती को सिजन आएको छ,सुरक्षाको मापदण्ड अपनाएर खेतिपाति गर्नु छ,सुरक्षाका मापदण्ड अपनाएर उद्योग संचालन गर्नुपर्छ,त्यसैगरी सरकारी अफिसमा सेवा दिनुपर्छ ,धेरै सेवाग्राही आउने अफिसमा बैकल्पिक माध्यम बाट सेवा सुचारु गर्नुपर्छ ।
अहिले महामारी नियन्त्रणका लागि प्रधानमन्त्री को अध्यक्षतामा उच्चस्तरीय कमिटी बनेको छ संक्रामकरोग बिज्ञको सट्टामा हतियार बिज्ञलाइ सो जिम्मेवारी दिएको छ र वीर अस्पताल लागि कोरोना रोगको उपचारको सेन्ट्रलकमान्ड को जिम्मेवारी दिएको चिकित्सकलाई उच्चस्तरीय संयन्त्रको जिम्मेवारी पनि दिएबाट यो समितिको कार्य संपादन पनि पहिलेभन्दा फरक होला भन्ने आधार भेटिदैनन।यो महामारीको अबस्थामा सरकारको मात्र मुख ताक्ने काम नगरी सबैले आआफ्नो ठाउबा सहयोगी भुमिका निर्भाह गर्नुपर्नेछ।
-सरकारले महामारी नियन्त्रणका लागि सरुवा रोग बिज्ञ, स्वास्थ संग संबंधित गैह्र सरकारी संस्था ,प्रतिपक्ष सम्मिलित उच्चस्तरीय समिति गठन
-आबस्यक जनशक्ति पुर्ति९ लोकसेवा को दुर्त प्रक्रिया बाट
-खरिद नियममा सहजिकरण र पारदर्शीता
-खोपको सहज आपूर्ति को ब्यबस्था
-सेवाग्राहीलाई बैकल्पिक उपायबारे खोजी
-समन्वय कारि भुमिका
-सामाजिक संगठन को भुमिका
-अलगअलग कार्य नगरी सरकार संग समन्वय गरि एकद्वार प्रणाली बाट सेवा उपलब्ध गराउने
-ब्यबसायीहरुलेस्वास्थ का मापदण्ड अपनाइ उद्योग संचालन गर्ने
-सरकार संग समन्वय गरि आबस्यक सामानको सहज आपूर्ति गर्ने
-मिडिया कर्मिले सुचना लाई छिटो छरितो र भरपर्दो बनाउने अतिरन्जितर त्रासको बाताबरण नबनाउने
-राजनीतिक दलआआफ्ना कार्यकर्तालाई महामारी नियन्त्रणमा सहभागी बनाउने
-आम नागरिक बिनाकारण घर बाहिर नजाने
-घर बाहिर जानुपर्ने भए अनिवार्य मास्कक प्रयोग गर्ने ,पटकपटक मास्क तलमाथि नगर्ने ,मास्क नछुने
-जताततै छुने,समाउने नगर्ने
-जताततै नथुक्ने
-पटकपटक साबुनपानीले हातधुने संभव नभए सेनिटाइजर प्रयोग गर्ने
-नमस्कार गर्ने,हात नमिलाउने,गला मिलाउने नगर्ने
-घरभित्र पस्दा हातखुट्टा साबुनपानीले धुने र कपडा बदलेरमात्र परिवारको संपर्कमा आउने
यो महामारी हो एकल प्रयास ले यसलाई जित्न सकिदैन सबैले हातेमालो गरेरमात्र पार पाइन्छ र जित्नै पर्छ।अनुशासन को पालना गर्ने हो आपतकाल घोषणाकुनै जादुको छडि होइन ,त्यसोभए जनता मा त्रास पैदा हुने काम किन गर्ने ।
डा खनाल लुम्बिनी प्रादेशिक अस्पतालका पुर्व मेसु हुन ।
प्रतिकया दिनुहोस्