टेकराज पन्थी रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । स्वस्थ्य भन्नाले बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु र तन्दुरुस्त हुनु भन्ने बुझाउछ । नेपालमा स्वास्थ्य क्षेत्रमा भएको गतिविधिलार्इ अध्ययन गर्दा सरकारी, गैह्र सरकारी र सामुदायिक रूपमा स्वास्थ्य संस्थाहरू स्थापना भै सेवा प्रवाह गरेको पार्इन्छ । नेपालको संविधानले पनि स्वास्थ्य सेवालाई आधारभूत मानवीय अधिकार भनेर परिभाषित गरेको छ, जस अनुसार केही आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको छ । नेपालमा संघीय संरचनाको कार्यान्वयनमा पनि प्राथमिक स्वास्थ्य सेवाका यी सिद्धान्तहरुलाई…
डक्टर्स आर्टिकल
धनका मुहार जीवन एक भोगाइ हो :डा शम्भु खनाल
धनका मुहार जीवन एक भोगाइ हो । कथा सबैका फरक छन् । समग्रमा भने समस्या एउटै हुन सक्छ । प्रचुर कथा वस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक कथा भेटिन्छ । सबै प्रकारका कथा । स्वास्थ्य समस्याका कथा । त्योसँग जोडीएको सामाज र अर्थ बिज्ञानका कथा । रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य । आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो ।अस्पतालको बातावरणमा दुःखको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला । बातावरणले ब्यक्तिको मनोभाव प्रभाब पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी…
डा केसी र सरकाबीच १० बुँदे सहमति, तोडे १३ औं दिनमा बीसौं अनशन
स्वास्थ्यसमाचार/ विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएका डा। केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उहाँले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख्नुभएको थियो ।सहमतिसँगै डा। केसीले १३ दिनदेखि जारी अनशनमा तोडेका छन् । उनले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा। केसीका तर्फबाट डा जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो…
राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित
स्वास्थ्यसमाचार/ राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ। यसैगरी संघको महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन्। सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ। केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ। यस्तै प्रदेश १ मा…
डेंगु ज्वरो: लक्षण, रोकथाम र घरेलु उपचार
हाम्रा घर, गाउँ, छिमेक, कार्य क्षेत्रमा आफन्त, छिमेकीहरु, साथीभाइहरु, विद्यार्थीहरु डेंगु भएर उपचार गराइरहनुभएको र आराम गरिरहनुभएको अनि उहाँहरुको डेंगु ज्वरोबाट प्रभावित हुँदाका अनुभव पनि सुनिरहेका छौं । सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ । सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु,…
कर्णाली प्रतिष्ठानका डाक्टर शाहलाई नियन्त्रणमा लिन अदालतद्वारा पक्राउ पुर्जी जारी
कर्णाली / जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिनुभयो । एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल ९शाही०ले जुम्ला…
डा.भगवान कोइरालाको २५ हजार रुपैयाँ पर्ने पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै
स्वास्थ्यसमाचार/ सामान्य नेपाली लेखकका २ सयदेखि दुईचार हजारसम्मका मूल्य पर्ने पुस्तक पढेका नेपाली पाठकले एउटै पुस्तकको मूल्य २५ हजार भन्दा बढी पर्ने सुन्दा मात्रै पनि अनौठौ लाग्न सक्छ । तर २५ हजार नेपाली मूल्य रहेको डा। भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउने भएको छ। यस पुस्तकमा डा।कोइरालाले जीवनमा भोग्नुभएको संघर्षका अनुभाव, देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको छ । उहाँको उक्त विशेष संस्करण भदौ अन्तिम साता काठमाडौंमा लोकार्पण हुँदै छ। पहिलो पटक विशेष सीमित संस्करण २५ सयप्रति…
डा भगवान् कोइरालाको ड्रिम प्रोजेक्टमा यसरी हुनेछ ‘हृदय’का पाठकको लगानी
काठमान्डौ/ पित्त नलीको क्यान्सरका कारण न्युरो सर्जन डा उपेन्द्र देवकोटा बिते । पैसा, प्रज्ञा र शक्ति के थिएन र उनीसँग रु ठीक हुन्थ्यो भने जहाँ गएर पनि उपचार गराउन सक्ने हैसियत राख्थे । दुर्भाग्य, हरेक हिसाबले सबल हुँदाहुँदै पनि क्यान्सरले कमजोर तुल्यायो उनलाई । लम्ब्याउन सकिएन उनको आयु । हृदयनजिकको साथी अनि कुशल प्राज्ञिक व्यक्तिको मृत्युले निकै घोचेको थियो डा। भगवान् कोइरालालाई । प्रश्न कसतर्फ सोझ्याउने रु उनी प्रस्ट थिएनन् । त्यसैले आफैँसँग सोधिरहे( उपचार सम्भव भएको रोगकै कारण ज्यान गुमाउन बाध्यहरूको स्थिति झन् कस्तो होला । कोइरालाले सबैभन्दा नजिकबाट…
कपिलबस्तुमा झोले डाक्टरको भर पर्दा १४ बर्षिय बालकको मृत्यु
कपिलबस्तु / कपिलवस्तुका ग्रामिण भेगमा नक्कली (झोले) डाक्टरको विगविगी छ । अनुमति तथा प्रमाण विना जो सुकैले क्लिनिक खोलेर बस्छन् । प्रशासनले यस विषयमा कहिले चासो देखाएन भने जिल्ला स्वास्थ्य कार्यालय पनि कहिल्यै गम्भीर बनेन । त्यहि झोले डाक्टरको भर पर्दा शनिबार राती एक बच्चाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिका ५ हथिहवा शिवलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफुलाई डाक्टर भन्ने विनय कुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइदिए । त्यसको १० मिनेटमै १४ बर्षिय छोरा दुर्गेश राजभर वेहोश भए ।…
चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिमा ३ वर्षमा डेढ अर्ब खर्च
स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले २०७७ देखि ०७९ सम्म चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस, नर्सिङलगायत) मा छात्रवृत्तिबापत डेढ अर्ब रुपैयाँ अनुदान दिएको छ । शैक्षिक सत्र २०७६/२०७७ देखि ०७९/८० सम्मका लागि १८ वटा शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति दिन एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ रकम एकमुष्ट उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा छात्रवृत्तिको बजेट बजेट विवरण सार्वजनिक गरेको हो ।आयोगको विवरण अनुसार सबैभन्दा बढी अनुदान पाउनेमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । छात्रवृत्तिवापत प्रतिष्ठानले ४६ करोड…