स्वास्थ्यसमाचार /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ । आजदेखि नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने, प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । दुई दिनको अभियानमा पानी जम्ने ठाउँ नष्ट गरिनेछ, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने…
टिप्स/जानकारी
डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मिको समायोजन तत्काल कार्यान्वयन नहुने
स्वास्थ्यसमाचार /डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो । मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।
डेंगु रोग के हो ? लक्षण र बँच्ने उपाय जानौं !
स्वास्थ्यसमाचार अनलाईन । डेंगु लामखुट्टेको टोकाईबाट हुने भाईरल संक्रमण हो । यो एकप्रकारको ज्वरो हो । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण शुरु हुन्छ । डेंगु सार्ने लामखुट्टेले सफा र हलचल नभएको पानीमा फुल पार्छ । खास त बर्षादको समयमा हलचल नभई पानी जम्नसक्ने खाली डब्बाहरु, ड्रम, गमला, पानी टंकी, खोलेर राखेका गाडीका टायर, खुल्ला टिनका बाकसहरु यी लामखुट्टेले फुल पार्ने संभावित ठाऊँ हुन् । हाल शहर बजार क्षेत्रमा यी लामखुट्टेको संक्रमण बढि पाईएको छ । डेंगुको संक्रमण गराउने चार प्रकारका भाइरस डेंगु १, डेंगु…
डेंगु रोग लाई खोजौ र नष्ट गरौ
कपिल गौतम सुन्नुहोला दिदीबैनी, सुन्नुहोला दाजुभाइ । दिनु हुन्न टोक्न बरै, लामखुट्टेलाई ।। अण्डा पार्छ सफा पानी, खोजी खोजी यसले । दिनु हुन्न कतै पानी, जम्न त्यसैले ।। अण्डाबाट लार्भा प्यूपा, त्यसपछि बयस्क । हप्ता पन्ध्र दिनमै पूरा, जीवनचक्र ।। डेंगू रोग सार्ने रैछ, एडिस लामखुट्टे । टाटेपाटे बाघजस्तो, हुन्छ यो बुट्टे ।। दिउँसोमा टोक्ने बानी, यो जातको अचम्म । ूखोजौ र नष्ट गरौू, सकेसम्म ।। थोत्रा टायर पानी टंकी, खुला खाली बोतलमा । जताततै हुन सक्छ, घरमा होटेलमा ।। पानी जम्न दियौ भने, अण्डा त्यसमा पार्नेछ । सबैलाई टोकी…
सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ?
स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् सिटिइभिटीले डिप्लोमाप्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका पाँच विषयको भर्ना शुल्क निर्धारण गरेको छ। सिटिइभिटीले उक्त शुल्क अनुसार विद्यार्थी भर्ना गर्न र अभिभावकलाई पनि सोही अनुसार शुल्क बुझाउन भनेको छ। उक्त शुल्क तीन किस्तामा तिर्न सकिने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० र तेस्रोमा पनि ३० प्रतिशत शुल्क अभिभावकले कलेजलाई बुझाउन सिटिइभिटीले भनेको छ। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत नर्सिङका लागि ४ लाख ७५ हजार, सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई…
ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी
ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…
चट्याङबाट कसरी बच्ने ?
बिजुली चम्केको बेला सतर्क रहनु पर्छ। 1:- फोन, कम्प्युटर, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने। 2:- विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने। 3:- बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने। 4;- सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने। 5:- खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने। 6:- सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने। 7:- धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने। 8:- तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने। 9:-…
स्तन तथा पाठेघरको मुखको क्यान्सर रागेको निशुल्क परीक्षण गरिने
स्वास्थ्यसमाचार अगामि आर्थिक वर्ष २०७६र०७७को बजेटमा स्तन तथा पाठेघरको मुखको क्यान्सर जस्तो घातक रागेको निशुल्क परीक्षणको व्यवस्था गरिएको छ । सवै स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न पनि बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्ति गर्न कार्यालाई अभियानका रुपमा संचालन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । साथै पाठेघरको मुखको क्यान्सर ९सर्भाइकल० रोकथामका लागि सर्भाइकलविरुद्ध खोप कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ । हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने जनाएको छ।
विषादीयुक्त आँप बजारमा
स्वास्थ्यसमाचार आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । यस्ता आँपले स्वास्थ्यमा असर पार्ने गरेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कूल…
पत्थरीबाट जोगिन दैनिक सेवन गर्नुहोस् अमला
एजेन्सी –अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न…
