स्वास्थ्यसमाचार/ छिमेकी देश चीनमा कोरोना भइरस संक्रमणले आतंक मच्चाइरहेको सन्दर्भमा नेपाल सरकार पनि सचेत भएको छ ।सरकारले चीन लगायत कोरोना संक्रमण फैलिएको देशबाट आउने आगन्तुकको स्वास्थ्य प्ररीक्षणका लागि एयरपोर्टमा हेल्थ डेस्क स्थापनादेखि अन्य तयारी गरेको जनाएको छ । कोरोना भाइरस श्वासप्रस्वासका माध्यमबाट सर्ने गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको जनाएको छ । महाशाखा प्रमुख डा विवेक लालले भने, ‘अहिले यो रोग चीनमा फैलिरहेको भन्ने खबर आइरहेको छ, चीनबाट नेपालमा धेरै पर्यटक भित्रिने भएकाले हामी पनि उच्च जोखिममा…
टिप्स/जानकारी
प्रदेश पाँच सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा नेपालकै अग्रस्थान
स्वास्थ्यसमाचार/सुर्तिजन्य पदार्थ र पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थमा चुरोट ,विडी, तमाखु,सुर्तिजन्य गुडखा,पानपराग, पान ,सुर्ति पर्ने गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाण्डौले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको राष्ट्रिय तथ्याङक रहेकोमा प्रदेश पाँचमा भने ३६ दशमलव ६ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको प्रतिवेदन मा उल्लेख गरिएको छ । राष्ट्रिय तथ्याङक भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत जनताले…
यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुनसक्छ !
रुपन्देही | लसुन निकै गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ:- १. कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर…
लोकसेवा आयोगले स्वास्थ्य सेवाका बिभिन्न तहमा ठूलो संख्यामा कर्मचारी माग्यो !
स्वास्थ्यसमाचार । लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौं र सातौं तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले करिब साढे २ सय पदमा आवेदन माग गरी विज्ञापन जारी गरेकोमा स्वास्थ्य सेवाका आठौं र सातौं तह साथै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) को लागि कर्मचारी माग गरेको हो । आयोगकोले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्न लागेको हो । इच्छुक र तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि अनलाइन दरखास्त प्रणााली मार्फत…
हरिबोधनी एकादशी: तुलसी धार्मिक मात्र नभै जडिबुटीको रुपमा पनि उपयोगी
स्वास्थ्यसमाचार/ आज हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह हुने दिन । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आ-आफ्नो घरमा रोपेको तुलसीको विवाह गर्ने परम्परा रहेको छ । तुलसी धार्मिक रुपमा मात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः ► तुलसीको हरियो पातको रसमा…
अगरबत्तीको धूवाँ चुरोटको भन्दा खतरा : हुनसक्छ ब्रेनट्युमर तथा क्यान्सर !
स्वास्थ्यसमाचार /हामीले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्ने गर्छौं । यसको धूवाँको बास्ना आफ्नो ओरपर फैलिदा आनन्दित हुने समेत गर्छौं । यहि धुवाँ मानव स्वास्थ्यको लागि निकै नै खतरनाक मानिएको छ । चाइनामा एक चिकित्सक टोलीले गरेको अध्ययन अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुने बताएको छ । धूपबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर समेत हुनसक्ने खतरा उक्त अध्ययनले औल्याएको छ । त्यस्तै अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुने र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने दावी अमेरिकन…
स्वास्थ्यको समायोजन पूर्ण हुन अझै चार महिना लाग्ने
स्वास्थ्यसमाचार/ स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुन अझै चार महिना लाग्ने भएको छ ।सरकारले हालसम्म स्वास्थ्य समूहका २७ हजार कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको छ । सूचि सार्वजनिक भएका मध्ये करिब १३ हजार स्वास्थ्यकर्मीले समायोजनप्रति चित्त नबुझेर गुनासो दर्ता गराएका छन् ।उनीहरुको गुनासो सम्बोधन र बाँकी कर्मचारीलाई समेत समेट्न अझै चार महिना लाग्ने भएको हो । कर्मचारी समायोजनका लागि सरकारले आह्वान गरेदेखि नै स्वास्थ्य समूहका कर्मचारीको समायोजना विवादित बनेको थियो । सोही कारण पहिलो र दोस्रो चरण गरी समायोजनामा चित्त नबुझाएका कर्मचारीहरुले गुनासो गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
बुधबार र बिहीबार भिटामिन ए खुवाइँदै
स्वास्थ्य समाचार /देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा भोली र पर्सी शनिबार र आईतबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि अल्वान्डाजोल छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका…
कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड
स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…
मेरुदण्ड नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु
स्वास्थ्यसमाचार/ सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् । नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल…
