स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुुभयो । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि…

कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना सङ्क्रमण

स्वास्थ्यसमाचार/ कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जनामा कोरोना देखिएको छ । पछिल्लो २ सातामा ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो साता १ हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना देखिएको थियो । पोजेटिभ देखिएका ९ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताउनुभयो । अघिल्लो साता १ हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको…

कोरोना संक्रमण बढेपछि नवलपरासी सीमानाकामा उच्च सतर्कता

स्वास्थ्यसमाचार/कोरोना संक्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय…

रुपन्देहीमा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा कार्यक्रम सुरु

स्वास्थ्यसमाचार /राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा सैनामैना नगरपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। खोप अधिकृत भेषराज शर्माको अध्यक्षता चिन्तामणी ज्ञाबलीको संञ्चालन र देबेन्द्र गुरुडको स्वागतमा सुभारम्भ कार्यक्रममा वोल्दै खोप अधिकृत भेषराज शर्माले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा गरि आगामी आर्थिक बर्षको लागी जिल्लामा के कति खोप आबश्यकता पर्छ…

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट, सोमबार ७६ जनामा कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् । २४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। अभियान…

दोस्रो बुस्टर खोप लगाउन स्वास्थ्य कार्यलय रुपन्देहीको आग्रह

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो। कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन पनि जिल्ला स्वास्थ्य कार्यलयले रुपन्देहीले आग्रह गरेको छ। खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा १३५ खोप केन्द्र रहेकोले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन आग्रह गर्नु भएको छ। कसलाइै दिइँदैछ बुस्टर डोज खोप ५५ बर्षमाथिका…

पाल्पामा फागुन १९देखि कोभिड विरुद्ध बुष्टरखोप लगाईदै

स्वास्थ्यसमाचार /पाल्पामा फागुन १९ देखी कोभिड बिरुद्धको बुष्टर खोप संञ्चालन हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका अनुसार फागुन १९ गते देखि तोकिएको लक्षित समुहलाई कोभिड १९ रोग विरुद्धको खोप लगाईने भएको हो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार जिल्लामा ५५ वर्ष माथिका सबै नागरिकहरूले पहिलो बुष्टर नलगाएकालाई पहिलो बुष्टर पहिलो बुष्टर लगाएर ६ महिना पुगेका ,स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दिर्घरोगी, गभर्वति र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोप लगाउन सबैलाई पायक पर्ने ठाउमा गएर खोप लगाउन आग्रह गर्नु भएको छ। डा गिरीले खोेप समन्धि कुनै जानकारी…

पाँच पालिकाका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी तालिम

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम सम्पन्न भएको छ। बिहीबार देखी देबदहमा संञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले ४ दिन सम्म सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ खोपका बारेमा जानकारी गराएको बताउनु भयो। उहाले नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम खोप रहेको वताउनु भयो । उहाले खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दरमा कमि आएको बताउनु भयो। तालिममा समापन…

प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्छु : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ। रुपन्देहीको देवदहमा स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम को उदघाटनमा बोल्दै मन्त्री पन्थीले प्रदेशको स्वास्थ्य निति सेवा अस्पतालका भौतिकपुर्वाधारका लागी मन्त्रालयले बिषेश काम गर्ने बताउनु भयो। उहाले खोपजस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी सर्तक र सचेत रहेर काम गर्नुपर्ने बताउनु भयो। स्वस्थ्यकर्मीलाई तालिमले सेवामा थप दक्ष बनाउने बताउनु भयो। उहाले सबै स्वच्छ र निरोगी भए देशको अर्थतन्त्रमा समेत सुधार आउने भएकोले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन आफु लाग्ने समेत…