स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको देखिएको छ । स्वास्थ्य कार्यलय रुपन्देहीले गरेको अभिमुखीकरण कार्यक्रममा कार्यलयका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले प्रत्येक दिन नेपालमा चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको अनुमान रहेको बताउनुभयो । तिन पालिकाका स्वास्थ्य प्रमुखहरुलाई गरेको ‘पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा उहाँले यस्तो बताउनुभएको हो । तथ्याकं अनुसार बर्सेनि २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । त्यसमध्ये १,३१३ जनाको मृत्यु हुने गरेको हो ।‘नेपालमा हरेक वर्ष २,१६९ जनालाई पाठेघरको मुखको क्यान्सर…
क्यान्सर
भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल बन्ने
स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवामा क्यान्सर अस्पताल बन्ने भएको छ । बि सं २०८३ साल बैशाख देखि संचालनमा ल्याउने गरि भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण हुने भएको हो । करिव १ सय ५० करोडको लागतमा २.५ बिगाहा क्षेत्रफलमा यो अस्पताल निर्माण हुनेछ । आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका (युएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक बिशेषज्ञ डा सागर पोखरेल, युरोपमा कार्यरत युवा ब्यवसायी हरी खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा बिगत १० बर्ष देखि सिद्धार्थनगर सिटी अस्पताल संचालन गरिरहेका अर्जुन पौडेलको सहयोगमा उक्त अस्पताल निर्माण…
नेपालमा स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
काठमान्डौ/हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका लागि प्रयोगशालालाई भन्नुभएको थियो । सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिनुभयो । ‘‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो,’’ उहाँले…
एचपीभी खोप अभियान माघ २२ गतेदेखि फागुन ६गतेसम्म सञ्चालन हुने
स्वास्थ्यसमाचार/गत वर्षको एचपीभी खोप ‘डेमोस्ट्रेसन’मा करीब १० हजार किशोरीहरुलाई एचपीभी खोप दिइएको थियो । तर त्यसबेला उनीहरुलाई दुई डोज खोप दिइएको थियो । विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि सञ्चालन हुन लागेको यसपटकको खोप अभियानमा भने एचपीभी खोप एक डोज मात्रै दिईदैछ । ‘कम्पनी उही छ, खोप पनि उही छ तर डोज घटाइयो किन ?’ मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजनामा भएको पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले प्रश्न उठाएका थिए । विज्ञको…
नेपालमा १५ लाख भाइल एचपीभी खोप आइपुग्यो प्रदेशमा पठाउन सुरु
स्वास्थ्यसमाचार/आगामी २२ माघ देखि सुरु हुन गइरहेको पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानका लागि अहिलेसम्म १४ लाख ९७ हजार भाइल खोप आइसकेको छ । अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी दिए । यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइ पुगिसकेको छ । यसपटकको एचपीभी खोप…
