कोरोना सङ्क्रमणबाट एकको मृत्यु, थप १२१ सङ्क्रमित

स्वास्थ्यसमाचार/ कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै, आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ । यसैगरी, काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष ९आइसियु० र तीन जना भेन्टिलेटरमा उपचारत छन् । हालसम्म चार सय ४५ जना…

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट, सोमबार ७६ जनामा कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् । २४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। अभियान…

नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्यसमाचार/ पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, देशभर १ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा संक्रमण

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताउनुभयो । “भारतमा सङ्क्रमण बढिरहेको छ । ती सङ्क्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा…

नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै, एकै दिन १७ मा संक्रमण

स्वास्थ्यसमाचार/नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ । शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो । सक्रिय सङ्क्रमितको संख्या ३० रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना…

दोस्रो बुस्टर खोप लगाउन स्वास्थ्य कार्यलय रुपन्देहीको आग्रह

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो। कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन पनि जिल्ला स्वास्थ्य कार्यलयले रुपन्देहीले आग्रह गरेको छ। खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा १३५ खोप केन्द्र रहेकोले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन आग्रह गर्नु भएको छ। कसलाइै दिइँदैछ बुस्टर डोज खोप ५५ बर्षमाथिका…

पाल्पामा फागुन १९देखि कोभिड विरुद्ध बुष्टरखोप लगाईदै

स्वास्थ्यसमाचार /पाल्पामा फागुन १९ देखी कोभिड बिरुद्धको बुष्टर खोप संञ्चालन हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका अनुसार फागुन १९ गते देखि तोकिएको लक्षित समुहलाई कोभिड १९ रोग विरुद्धको खोप लगाईने भएको हो। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार जिल्लामा ५५ वर्ष माथिका सबै नागरिकहरूले पहिलो बुष्टर नलगाएकालाई पहिलो बुष्टर पहिलो बुष्टर लगाएर ६ महिना पुगेका ,स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दिर्घरोगी, गभर्वति र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोप लगाउन सबैलाई पायक पर्ने ठाउमा गएर खोप लगाउन आग्रह गर्नु भएको छ। डा गिरीले खोेप समन्धि कुनै जानकारी…

रुपन्देहीमा छुटेका ५देखी११ बर्षसम्मका लाई कोरोनाको खोप लगाईने

स्वास्थ्यसमाचार / रुपन्देहीमा ५ देखी ११ बर्षका बालबालिका लाई कोभिड–१९विरुद्धको दोश्रो छुटेका लाई खोप लगाईने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार कोभिड–१९ रोग विरुद्धको खोप ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरु जसले पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई फाइजर खोपको दोस्रो मात्रा र १८ वर्ष माथीका पहिलो, दोस्रो मात्रा खोप लगाउन छुट भएका तथा मेरोसेल खोपको २ मात्रा लगाई बुस्टर मात्रा लगाउन बाँकी रहेकाहरु लाई सबै पालिकाको तपशिलमा उल्लेखित स्वास्थ्य संस्थाहरुबाट निम्न मिति, स्थान र समयमा कोभिङ–१९ रोग बिरुद्धको खोप लगाईने वताउनु भयो।…

कोरोना विरुद्धको चौथो बुस्टर डोज खोप माघ तेस्रो साता आइपुग्ने

स्वास्थ्यसमाचार/ बुस्टर डोजका लागि तेस्रो साता खोप आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले फेब्रुअरी ३ (माघ २०) गते खोप आइपुग्ने बताए । कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप लगाउनका लागि १५ लाख मात्रा ‘वाई भायोलेन्ट’ खोप ल्याउन लागिएको हो । यो खोप १२ वर्षमाथिका लागि उपयुक्त मानिएको र नयाँ भेरिएन्टमा पनि काम लाग्ने बताइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबार १ हजार २९७ जनाको परीक्षणमा ११ संक्रमित देखिएका छन् भने देशभर ३२ जना सक्रिय संक्रमित छन् । हालसम्म एक मात्रा २ करोड…

बुस्टर खोपका लागि “गाभी ”लाई सरकारको पत्र

स्वास्थ्यसमाचार/ सरकारले छिमेकी देशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर खोप लगाउन खोप ल्याउनका लागि हिजो कोभ्याक्सलाई पत्र लेखेका छौं, उनले भने, यही पुसको तेस्रो हप्तामा…