जापानबाट ५ लाख डोज अष्ट्राजेनेकाको खोप काठमाडौं आइपुग्यो

स्वास्थ्यसमाचार / जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको मध्ये ५ लाख डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ ।शनिबार विहान ५ लाख डोज खोप नेपाल आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाको खोप अनुदानमा दिनेछ । जसमध्ये आइतबार ३ लाख डोज खोप आउने छ ।बाँकी खोप भने जापान सरकारले एक हप्तापछि नेपाललाई उपलब्ध गराउने तयारी छ । उक्त खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका नागरिकलाई दिइनेछ । मन्त्रालयका अनुसार यो खोपको प्राथमिकताको सूचीमा ६५ वर्षमाथिका कोभिशिल्डको पहिलो डोज लगाएका नागरिकहरु छन् । आइतबारबाट नै उनीहरुलाई दोस्रो डोज…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको ।अस्पताल भएका काम समस्या र अब गर्ने कामको बारे समिक्षा भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालको अध्यक्षता अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईको प्रमुख आतिथ्यता र समितिका सदस्य रिज्जु श्रेष्ठको बिशिष्टआतिथ्यमा वार्षिक समिक्षा गोष्ठि भएको थियो । वार्षिक समिक्षा गोष्ठिमा अस्पतालका सबै वाड ईन्र्चाजले बर्ष भित्र भएका कामको बारेजानकारी गराएका थिए । उनीहरुले काम गर्न भएका समस्या समाधानका उपाय र अब काम कसरी गर्ने भन्नेवारे छलफल गरेको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडलले बताईन । उनले…

नेपालमा पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु

स्वास्थ्यसमाचार /नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन शुरु गरिएको बताउनुभयो । उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए। कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन…

कोभिड-१९ को तेस्रो लहरको पूर्व तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड(१९ विरुद्धको पूर्व तयारी अगाडि बढाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, उच्च अधिकारीलगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले सम्भावित तेस्रो लहरको तयारी अगाडि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका स्वास्थ्यका उच्च अधिकारी तथा विज्ञहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले कोभिड(१९ को तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयुको प्रबन्ध गर्न निर्देशन दिएका छन् । यस्तै, देउवाले कोभिड(१९ विरुद्धको खोप खरिदलाई पनि चुस्त रुपमा अगाडि…

लुम्बिनी प्रदेशका ९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

स्वास्थ्यसमाचार/ संघिय सरकारले लुम्बिनी प्रदेशका ६ वटा थप अस्पतालहरुमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार हुने भएको छ । ज्येष्ठ ‘नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ अनुसार लुम्बिनी प्रदेशमा थप ६ बटा अस्पतालमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार हुन लागेको हो। यो सँगै लुम्बिनी प्रदेशमा ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ९ पुग्नेछ। यसअघि २०७०÷७१ देखि लुम्बिनी प्रदेशका ६ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो। यी अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ। ७०…

लुम्बिनी प्रदेशका तिन जिल्लाअस्पतालमा सामाजिक सेवा एकाई थपिँदै

स्वास्थ्यसमाचार /सरकारले आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेशका ३ वटा अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन मार्गदर्शन परिमार्जन गर्दै लुम्बिनी प्रदेशका ३ अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्न लागेको हो।   आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशका ३ वटा अस्पतालमा सामाजिक सेवा एकाई थप हुने भएको छ।, लुम्बिनी प्रदेशका पृथ्वीचन्द्र अस्पताल, प्युठान अस्पताल र रोल्पा अस्पतालमा सामाजिक सेवा एकाई सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।यसअघि नेपालमा ४३ वटा अस्पतालहरुमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन भइसकेको छ। यस अघिनै, लुम्बिनी प्रदेशका…

अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप सोमबार नेपालआउने

स्वास्थ्यसमाचार /कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने कोरोनाविरुद्धको भ्याक्सिन सोमबार नेपाल आइपुग्ने भएको छ। अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी दिए। ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एन्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ।’, भट्टराईले भने। उनले थप खोप ल्याउन पनि सरकारले पहल गरिरहेको जानकारी दिए।उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप…

चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

स्वास्थ्यसमाचार/सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ ।नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म…

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरङ्ग फार्मेसी सेवा सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले फार्मेसी सेवालाई थप विस्तार गरेको छ । अस्पतालले यसअघि रहेको दुई वटा फार्मेसी सेवासँगै आजदेखि नयाँ अन्तरङ्ग फार्मेसीको शुरुवात गरेको हो । एक समारोहका बीच लुम्बिनी प्रदेशिक अस्पताल विकास समिति अध्यक्ष सूर्य बहादुर भट्टराईले फार्मेसीको उद्घाटन गरे । यससँगै अब अस्पतालमा आउने बिरामीले निजी औषधी पसलमा गएर महँगोमा औषधि किन्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले अस्पतालमा आउने बिरामीलाई स्तरीय र सहज सेवा प्रदानका लागि अस्पतालले संकल्प गरेको बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .राजेन्द्र खनालले अस्पतालको आम्दानी स्रोत अहिले विमा र फार्मेसी बनेको बताए ।…

रुपन्देहीमा लक्षित समुहका ८२ प्रतिशतले लगाए भेरोसेल खोप

स्वास्थ्यसमाचार/ रुपन्देहीमा लक्षित उमेर समूहका ८२ प्रतिशतले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । रुपन्देहीमा भेरोसेल खोपको मंगलबार र बुधबार गरि दुईदिनमा लक्षित उमेर समूहका ११ हजार ४ सय ५८ जनाले पहिलो डोज लगाएका हुन् । जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जिल्लाका १६ वटा स्थानीय तहका ६९ खोप केन्द्रबाट ६२ देखि ६४ वर्ष उमेर समूहमा ११ हजार ४ सय ८५ जनालाई लाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । ‘जिल्लाका १६ वटा पालिकामा रहेका ६९ खोप केन्द्रबाट ११ हजार ४…