स्वास्थ्यमन्त्री विरोध खतिवडा,राज्यमन्त्रीमा भवानी प्रसाद खापुङ

स्वास्थ्यसमाचार/ बिरोध खतिवडा स्वास्थ्य मन्त्री नियुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार खतिवडालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकि हुन । भने स्वास्थ्यराज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन । दुबैनेकपा(एकीकृत समाजवादी) पार्टीकै नेता हुन । स्वास्थ्यमा समाजवादीका मन्त्री र राज्यमन्त्री नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ। बिहीबार राति नेता रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो। तर, राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने खापुङले स्वास्थ्य मन्त्रालयमा नै जान नचाहेको हेरफेर गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी…

कपिलवस्तुमा झाडापखालाका बिरामी ४सय ६१ पुगे , नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको टोली पखालाग्रस्त क्षेत्रमा

विपना पौडेल कपिलबस्तु / असोज १८ गतेदेखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलीएको झाडापखालाका बिरामी ४ सय ६१ पुगेका छन । कृष्णनगर नगरपालिका वडा नं ७, ८, ९ मा १८ गते रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको ह्वातै बढेको छ । चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताव शाहाले वताए । साथै प्रकोप फैलियको ठाउँमा चेतना कार्यक्रम सुरु गरेको बताउदै के कारणले झाडापखाला फैलियो भन्ने रिर्पाट शुक्रबार शाझ सम्म आउने मेयर शाहले बताए । शिवराज अस्पतालका निमित्त प्रमुख डाक्टर मुकेश चौधरीले…

रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/रुपन्देहीमा दशै अघिनै १८ वर्षमाथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाउने भएका छन । जिल्ला स्वास्थ्य स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाउन थालिएको बताए । डा गिरीले भने जिल्लाका १६बटै पालिकामा असोज २२ र २३ १८ बर्षमाथि उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ ।जिल्लामा कुल जनसंख्या १ लाख ८१ हजार मध्ये वालवालिका हरु १लाख २५ हजार र वाकी २ लाखले दुईमात्रा लगाई सकेका र २लाख ५० हजारले पहिलो डोज खोप लगाएको र वाकी ४ लाखलाई दशै अघि…

लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट : स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट घोषणा गरेका छन । कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ। त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन…

कपिलबस्तुको कृष्णनगरमा झाडापखला २ सय बिरामी २ को मृत्यु

स्वास्थ्यसमाचार /कपिलवस्तुको कृष्णनगरमा गए राति देखि झाडापखलाको संक्रमण फैलिएर २ सय भन्दा बढि बिरामी परेका छन । जिल्ला स्वास्थ्य, कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखला र वान्ता गर्ने बिरामीहरु बढेको छन । कृष्णनगर भारतसँग नजिककै पर्छ जहाँ २ सय भन्दा बढी बिरामी परेका छन् । भने, दुई जनाको मृत्यु भइसकेको छ । उनीहरुको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलहरुमा उपचार भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २ सय जना विरामी परेको बताए । उनले भने,…

लुम्बिनी प्रदेशमा २६ प्रतिशतले कोरोना बिरुद्धको पूर्ण खोप लगाए

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा कोराना बिरुद्धको ३३ लाख ८७ हजार १सय २८ अपेक्षित जनामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्। खोप लगाउनेमा रुपन्देहीको कुन जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसंख्या रहेका छन्। लुम्बिनी प्रदेशको कुन जिल्लामा कतिले लगाए का छन कोरोना बिरुद्धको खोप । प्रदेशको पूर्वी रुकुममा ३८ हजार ७१३ अपेक्षित जनसंख्या…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५५ कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले ५५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो । मन्त्रालयले असोज १५ गते सचिवस्तरिय निर्णय अनुसार कर्माचारीको सरुवा र कामकाजका लागि खटाएको हो।  

ज्येष्ठ नागरिक दिवसका अबसरमा अस्पतालमा फलफुल बितरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ज्येष्ठ नागरिक दिवसका अबसरमा ज्येष्ठ नागरिकलाई फलफुल बितरण गरिएको छ। अस्पतालमा आज उपचाररत बिरामी तथा बिरामीका आफन्तलाई फलफुल बितरण गरिएको हो । अस्पतालका भर्ना भएका ज्येष्ठ नागरिकलाई फलफुल र जुस बितरण गरिएको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन। फलफुल बितरण कार्यक्रम अस्पतालका तपसी चौधरी,चेतनारायण न्यौपाने ,श्रीराम पान्डे ,ज्योती पौडेल, नेत्र आर्चाय,राम प्रसाद अर्याल ,रुपलाल पन्थी ,नेत्रलाल पान्डे ,सुनिल खत्री ,गिता ज्ञाबली, माधुरी ज्ञाबली लगायतको सहभागी रहेको थियो। सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको…

स्वास्थ्य सम्बन्धि गतिविधिमा उत्कृष्ट बन्यो मायादेवी गाउँपालिका

स्वास्थ्यसमाचार /आर्थिक वर्ष २०७७/०७८ मा रुपन्देहीका पालिका र अन्र्तगतका संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धि गतिविधिहरु उत्कृष्ट रुपमा सम्पन्न गरे बापत स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाका उत्कृष्ट पालिकालाई सम्मान गरेको छ । सबै गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने मायादेवी गाउँपालिका प्रथम घोषित भएको छ ।बुधबार भैरहवामा स्वास्थ्य कार्यालय भैरहवाद्वारा आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मायादेवी गाउँपालिकालाई सम्मानित गरेका छन् । ३० वटा सूचकहरु मध्ये मूख्य मूख्य सूचकहरुको आधारमा मूल्याङन गर्दा र प्राप्ताङ्कको आधारमा समेत उत्कृष्ट देखिएको मायादेवी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका दोश्रो र देवदह…

बालबालिकाका लागि दशैंअघि नै कोरोना बिरुद्धको खोप ल्याउँछौं :राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताए। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैंअघि एक लाख डोज खोप ल्याइने बताए। बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ। ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ‚’ राज्यमन्त्री श्रेष्ठले भने‚ ‘फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’ आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी…