स्वास्थ्य सेवाका तीन अधिकृत १०औँ तहमा स्तरवृद्धि

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल स्वास्थ्य सेवाका तीन जना अधिकृतलाई १०औँ तहको वरिष्ठ प्रशासक पदमा स्तरवृद्धि गरेको छ।

मन्त्रालयको असार ३१ गतेको सचिवस्तरीय निर्णयअनुसार स्वास्थ्य सेवा विभागमा कार्यरत जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुमा कार्यरत स्वास्थ्य शिक्षा प्रशासक अरुण ज्ञवाली तथा जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तलाई १०औँ तहको वरिष्ठ प्रशासक पदमा स्तरवृद्धि गरिएको हो।

स्तरवृद्धिसँगै हेमराज पाण्डेय वरिष्ठ जनस्वास्थ्य प्रशासक, अरुण ज्ञवाली वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा दयाकृष्ण पन्त वरिष्ठ जनस्वास्थ्य प्रशासक पदमा पदोन्नत भएका छन्।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधनसहित) को दफा ९ बमोजिम गरिएको उक्त स्तरवृद्धि २०८३ साल जेठ १८ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्तरवृद्धि गरिएका तीनै जना अधिकृत हाल स्वास्थ्य सेवा विभागअन्तर्गत कार्यरत छन्।

सम्बन्धित शिर्षक :