अफिन लुम्बिनीको नव निर्वाचित कार्य समितिको पदस्थापन

स्वास्थ्यसमाचार/ एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लुम्बिनीको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको सोमबार आयोजित कार्यक्रममा पदस्थापन गरिएको छ।

अफिन लुम्बिनीका संस्थापक अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षता तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख अतिथि डा. पराजुलीले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि तथा गुणस्तरीय स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यस अवसरमा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्णप्रसाद खरेलले अफिनको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा अफिनका केन्द्रीय सदस्य अर्जुन पौडेल, पूर्वकेन्द्रीय सदस्य गोविन्द खनाल, औषधि व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लोकराज न्यौपाने, निर्वाचन अधिकृत युवराज घिमिरे, केदार नेपाल, प्रकाश राना तथा चिरञ्जीवी जोशीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

पदस्थापनसँगै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकसमेत बसेको थियो। बैठकले विभिन्न निर्णय गरेको जानकारी संस्थाका सचिव प्रकाश रानाले दिनुभयो।

सम्बन्धित शिर्षक :