लुम्बिनी प्रादेशिक अस्पतालमा ६ सयले लिए सुरक्षित गर्भपतन सेवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा १ बर्षमा ६सयले सुरक्षित गर्भपतन सेवा लिएका छन । सातौ सुरक्षित गर्भपतन दिवसको अबसरमा आयोजित कार्यक्रममा “सुरक्षित गर्भपतन अधिकारःमौलिक हक सुनिश्चितताको आधार“ भन्ने मुल नाराका अन्तकृर्या कार्यक्रम गरिएको छ ।

अन्तकृर्या कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिभाग प्रमुख श्रीधर आर्चायले अहिले अस्पताललमा ६सय बढीलाई सुरक्षित गर्भपतन सेवा दिएको र अझै बढी सेवा आबश्यक भएपनि दिन तयार रहेको बताए ।

अस्पतालका अर्काे स्त्री रोग विशेषज्ञ डा भक्त वत्सल राउतले अस्पताल भित्र आउनेलाई कानुनी आधारमा सेवा दिन कुनै समस्या नभएको बताए । अस्पतालका मेसु डा राजेन्द्र खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा दिएको सेवा उत्कृष्ट रहेको बताए ।

गत बर्ष अस्पतालबाट ६ सय जनाले मध्ये २सय ४८ जनाले औषधीप्रयोग गरेका थिए भने ३सय ५३ जनाले अरु वाकीले शल्य चिकित्सा (Manual Vacuum Aspiration (MVA) ) वाट गर्भपतन गराएका थिए । गर्भपतन पछि ४३ जनाले लामो समय सम्म परिवारनियोजनका साधन प्रयोग गरेको अस्पतालमा तथ्याक रहेको छ ।

कार्यक्रममा अस्पतालका वाड ईन्र्चाज , स्त्री रोग विशेषज्ञचिकित्सक लगाए सहभागी रहेको कार्यक्रमको संञ्चाल अस्पतालका नर्सिङ प्रमुख ज्योती पौडेलले गरेकी थिईन ।

सम्बन्धित शिर्षक :