मालिका जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा

स्वास्थ्यसमाचार/गुल्मीको मालिका गाउँ पािलकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको छ । संघीय सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिमका मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको हो ।

बिहीबार जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषणा गरे । उनले स्थानीय तहले नागरिकको पक्षमा थुप्रै काम गरेको बताए । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा स्थानीय तहहरूले सञ्चालन गरेका योजना र बजेट निकै महत्वपूर्ण र समाजवादउन्मुख भएको पराजुलीले बताए ।

मालिका गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर छन् । वडा नम्बर ६ अर्जैबाट गर्भवती महिलाको घरमा हरियो झन्डा राख्ने कार्यक्रम अहिले सबै वडामा विस्तार गरिएको छ ।

गत आर्थिक वर्ष २०७७र०७८ मा गाउँपालिकाभित्रका सबै वडामा कुल ३ सय ३२ जना गर्भवती भएका छन् । जसमा २ सय ४२ जनाले गाउँपालिकाभित्रैका बर्थिङ सेन्टरबाट सेवा लिएका थिए ।

सम्बन्धित शिर्षक :