सियारीमा सुत्केरीलाई पोषण कोसेली दिँदै गाउँपालिका उपाध्यक्ष थारु

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो ।बुधबार उपाध्यक्ष तारा थारुले पालिकाको वडा नम्बर १ चिल्हीयास्थित स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुलाई पोषण सहितको कोशेली र नगद हस्तान्त्रण गरेकी छन् ।

कोसेली झोलासहित स्वास्थ्य चौकी पुगेकी उपाध्यक्ष थारुले पोषण सहितको कोशेलीले सुत्केरी आमाहरुको मुहारमा खुशी ल्याउन मद्यत गरेको बताईन ।

पालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा घ्यू, टावल, सर्फ, साबुन, नेल कटर, ब्रस, कोलगेट रहेको छ । त्यसका साथै पालिकामा सस्थागत सुत्केरी गराएका आमाहरुलाई नगद रु १५०० पनि प्रदान गर्ने गरिएको पालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्युनिटि नर्सिङ निरिक्षक ललिता पुनले जानकारी दिईन ।

उनले साउन यता सुत्केरी भएका आमाहरुलाई पोषण झोला र नगद प्रदान गरिएके बताईन ।पालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, जन्म दर्ताको प्रमाण पत्र, गर्भवती जाँच गरिएको स्वास्थ्य सस्थाको कार्ड र बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान छ ।

सियारी गाउँपालिकाले हाल सम्म २ सय ७० जना सुत्केरी आमालाई पोषण झोला प्रदान गरेको छ । यो कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने पालिकाले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :