लुम्बिनी प्रादेशिक अस्पतालमा तेश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

आमा र बच्चा को अबस्था समान्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । कपिलबस्तु नगरपालिका वडा नं २ कि ३० वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माए कि हुन ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो ।

शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिकारी डा गौतमले बताए। अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेल श्रृष्टि कोईराला माधुरी ज्ञाबली लगायका नर्सिड टोलीले पनि उक्त कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सहयोग गरेका थिए ।

यसअघि अर्घाखाची मालारानीकी २२ बर्षिय महिला सिद्धार्थनगरकी २२ वर्षिय महिलाको शल्यक्रिया वाट गरी बच्चा जन्माइएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।यो संगै लुम्बिनी प्रादेशिक अस्पतालमा ३ जनाको गर्भबती महिलाको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :