नेपालमा कोरोना विशेष अस्पताल बनाएर उपचार सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

स्वास्थ्यकर्मि भनेपछि नजिक आउन चाहदैनथे अहिले त्यस्तो अवस्था छैन: मेसु डा राजेन्द्र खनाल

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र प्रसाद खनालले नेपालमा कोरोना विशेष अस्पताल बनाएर संक्रमितको उपचार सुरु गर्ने पहिलो लुम्बिनी प्रादेशिक अस्पताल नै भएको वताए ।

विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो तयारी सुरु गरेको थियो। कोरोना संक्रमण फैलिए कहाँ उपचार गर्ने भन्ने समस्या नआओस् भनेर अस्पतालले सुरुमै छुट्टै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको खनालले बताए ।

डा खनालले अहिले लुम्बिनी प्रादेशिक अस्पताल,९६ जना कोरोना संक्रमितको सफल उपचार गरिसकेको वताए। अस्पतालबाट ९८ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् भने २ जना कोरोना संक्रमित अझै उपचाररत छन्।

हामीले कोरोना अस्पतालमा ३६ वटा आइसोलेसन वार्ड निमार्ण गरि ८ वटा आइसियु ४ वटा भेन्टिलेटर जडान गरिएको छ। त्यति मात्र होइन, अस्पतालले कोरोना संक्रमितको उपचार गर्न भनेर सुरुदेखि नै अस्पतालमा रहेका ५ सय कर्मचारीमध्ये १०० जनालाई तयारी अवस्थामा राखेको डा खनालको भनाई छ ।

बिगत ३ महिनादेखी कोरोना महामारी सुरु भएपछि कस्तो रहयो अनुभब कसरी ब्यबस्थापन भयो भन्ने बिषयमा खनाल भन्दछनचिकित्सक, स्वास्थ्यकर्मी, नर्सलगायत अन्य कर्मचारीसहित १सय जनाको टिम बनाएका थियौं। उनले अनुभव सुनाए हामी नेपालमा आउनु भन्दा पहिले तयारीमा रहेका थियौ कोरोना संक्रमण भेटिएमा कसरी उपचार गर्ने, संक्रमितको मृत्यु भयो भने कसरी व्यवस्थापन कसरी गर्ने भनेर तालिम दिएका थियौं। हामी तयारी अबस्थामा नै रहेका थियौ डा खनालले भने ।

हाम्रोमा वैशाख १९ गते संक्रमित आएका थिए उनको स्वास्थ्य अवस्था समान्य थियो। केही दिन आइसोलेसनमा उपचारपछि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किएका थिए। पहिलो संक्रमित भर्ना भएको ठिक एक महिनापछि अस्पतालमा गम्भीर प्रकारका संक्रमित भर्ना भएका थिए।जेठ १९ गते अस्पतालमा भर्ना भएका ती बिरामीलाई केही दिन भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको खनालको भनाई छ ।अहिलेसम्म अस्पतालले सय जनाभन्दा बढी संक्रमितको उपचार गरिसकेको छ। तीमध्ये ४ जनालाई आइसियुमा राखेर उपचार गर्नु परेको वताए ।

डा खनालको अनुभबमा सुरुमा संक्रमित आउँदा अस्पतालका सबै कर्मचारी डराएका थिए। मनोबल बलियो राख्न अस्पतालले परामर्श दिनुपरेको थियो। संक्रमित उपचारपछि निको भएर घर फर्किन थालेपछि भने कर्मचारीमा भएको डर पनि विस्तारै हराउँदै गएको गयो । तरपनि हामी पत्रिका र टिभिमा स्वास्थ्यकर्मीको मृत्युका समाचारहरु आइरहेका बेला डर लागेकै हो डा खनालले सम्झिए, ‘तर कर्मचारीमा केही मात्रामा डर भए पनि आफूले पाएको जिम्मेवारीप्रति प्रतिवद्ध थिए।’

कोरोना अस्पतालको आइसोलेसनमा खटिएका ३ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण भेटिएको थियो तर अहिले उनीहरु उपचारपछि निको भएर काममा फर्किसकेका छन यसले पनि स्वास्थ्यकर्मिलाई उच्च मनोबल बढाएको हो ।

खनालको भन्दछन स्टाफले पिपिई लगाएर ६÷६ घन्टा ड्युटीमा खटिँदा सुरुमा केही गाह्रो भएको गुनासो गदथे। आइसोलेसनमा खटिनेहरुलाई भन्दा फिवरक्लिनिकमा बस्ने आइसियुमा खटिने, इमर्जेन्सीमा खटिने स्टाफलाई सुरुमा निकै गाह्रो भयो।

पिपिई लगाएर ६ घन्टाभन्दा बढी ड्युटीमा खटिँदा सुरुसुरुमा सिकसिक हुने, जिउ चिलाउने, श्वास फेर्न गाह्रो भएको महसुस हुन्थ्यो। पछिपछि बानी पर्दै गयो अहिले यि सबै का वाबजुत सबै स्वास्थ्यकर्मिले लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवा दिईरहेका छौ ।

हामीले सरकारको निर्देशन अनुसार कोरोनाको महामारीमा खोप अप्रेशन जस्ता काम रोकेनौ अरु क्षेत्रमा कोरोनाको डरले बन्द गरे हामी निडरका साथ सेवामा सर्मपित भयौ ।डा खनाल भन्दछन कोरोना परिक्षणको रिपोट ढिला आउदापरीक्षण गरिएका व्यक्ति आत्तिने गर्थे।

तर अहिले अस्पताललाई परीक्षणको लागि अनुमति दिइसकेपछि सहज भएको छ्। अस्पतालले उपचारमा खटिएका स्टाफहरुलाई होटलमा क्वारेन्टाइन बनाएर राखेको छ। सुरुवाती दिनमा होटलमा राख्न पनि निकै गाह्रो भएको थियो। ‘सुरुमा कोरोना देखियो भन्दा सबै जना त्रसित थिए। स्टाफलाई क्वारेन्टाइनमा राख्न होटल बुझ्न जाँदा रुम खाली छैनन् भनेर फर्काइदिन्थे, हाम्रो नजिक आउन नचाहने, टाढाटाढा भाग्न खोज्ने डा खनालको तितो अनुभब सुनाए ।

डा खनालले ‘आफ्नो ज्यानको बाजी लगाएर काम गर्नुपर्छ तर सरकारले आफैंले घोषणा गरेको अतिरिक्त सुविधा नदिदा कर्मचारीमा मनोबल घट्दै जान्छ सरकारको ध्यान जाओस उनले भने ।

डा खनालसंगको संवादमा भएका कुराकानीलाई आधार बनाएर बनाईएकोे सामाग्री ।

सम्बन्धित शिर्षक :