वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ । अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
एमबिबिएस अध्ययनरत खनाल कीर्तिपुरको जंगलमा मृत फेला
स्वास्थ्यसमाचार – काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौँथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्। खनाल गत जेठ १७ गतेदेखि हराएका थिए। उनको शव फेला पार्नुअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा मोटरसाइकल फेला पारेको थियो। अर्घाखाँची घर भएका खनाल पढाइमा अब्बल थिए। उनी काठमाडौं कोटेश्वर भाइसँग बस्दै आएका थिए। मृत फेला परेका खनालको शव नजिकै विषादी र केही औषधि फेला परेको प्रहरीले जनाएको छ। महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए। खनालको आमाबुबासहित परिवारका…
रुपन्देहीका स्थानीय तहप्रमुखलाई आयुर्वेद अभिमुखीकरण
स्वास्थ्यसमाचार आर्युवेद चिकित्सा तर्फ आक्रषर्ण बढ्दै गएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा शनिवार आयोजना गरेको आर्युवेद सम्वन्धि अभिमुखीकरण कार्यक्रमा बोल्ने बत्ताहरुले प्राकृतिक चिकित्सासँग सम्वन्धित आयुर्वेदले दीर्घ रोगको समेत उपचार हुनेभएकोले त्यस तर्फ आक्रषर्ण बढेको बताए । अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि त्यस तर्फ पछिल्लो समय आयुर्वेद तर्फ आक्रषण बढ्दै गएको बताए ।उनले वनजं गलमा स्रोत रहेको भन्दै त्यसको उपयोग गर्नुपर्ने बताए । सामाजिक विकास मन्त्रालय स्वस्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले स्थानीय तहमा आयुर्वेदको आवश्यकता औलाउँदै त्यस…
रोटरी क्लव अफ तिलोत्तमा द्धारा मृगौला पिडित गौतमलाई आर्थिक सहयोग
स्वास्थ्यसमाचार रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले मृगौला पिडतको उपचारकालागि आर्थिक सहायता प्रदान गरेको छ । दुबै मृगौला फेल भएपछि विगत ८ वर्षदेखि डाईलाईसिस गर्दै आएका तिलोत्तमा नगरपालिका वडा नं. ११ निवासी ५८ वर्षीय जयलाल गौतमलाई क्लवले उपचारकालागि ४० हजार रुपैंया सहयोग प्रदान गरेको हो । क्लवको नियमित बैठकमा शनिबार क्लवका अध्यक्ष ओमप्रसाद अर्यालले मृगौला पिडित गौतमलाई ४० हजार रुपैंयाको चेक हस्तान्त्रण गरे । मृगौला पिडित गौतमले हाल गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौला डाईलाईसिस भईरहेको वताए । उनले क्लवले आफूलाई सहयोग गरेकामा आभार व्यक्त गर्दै आफूसंग भएको सबै पैसा हालसम्म…
औषधि ब्याबसायी सघं गुल्मीमा श्रेष्ठ
रमेश बिश्वकर्मा गुल्मी २४ जेठ नेपाल औषधि ब्याबसायि सघं जिल्ला शाखा गुल्मीको पाचौ अधिबेशन बाट महेश श्रेष्ठ निर्बाचित भएका छन । पुरानो समितिको कार्यकाल सकिएकाले नयाँ समितिको लागि अधिबेशन गरिएको नेपाल औषधि ब्याबसायि सघं गुल्मीले जनाएको छ । पाचौ अधिबेशनबाट नेपाल औषधि ब्याबसायि सघं जिल्ला शाखा गुल्मीका उपाध्यक्षमा फर्सुराम पाण्डे र महासचिबमा गणेश श्रेष्ठ सहित ११ सदस्यि गठन गरिएको छ । औषधि ब्याबसायि सघं नामले परिचित भएपनि ब्याबसायि हरुले औषधि बेचेर नाफा लिदा आफ्नो मात्र नभई ब्याबसायिको बेईज्जत हुने नेपाल औषधि ब्याबसायि सघंका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुनिल…
चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी
स्वास्थ्यसमाचार पछिल्लो समय गर्भावस्था तथा सुत्ेकरी हुने बेलामा अस्पताल तथा वर्थिङ सेन्टर नपुग्ने कमै हुन्छन् । आम मानिसमा चेतनाको स्तरमा वृद्धि भए पनि यदाकदा चेतनाकै अभावमा सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने गरेको सुन्न पाइन्छ । भौगोलिक विकटताका कारण अस्पतालको पहुँचमा नपुग्नु तथा चेतनाको अभावमा उमेर नपुग्दै विवाहबन्धनमा बाँधिनुले अझै पनि समाजमा छिटपुट रूपमा सुत्केरी तथा शिशुको मृत्यु भएको घटना घट्ने गरेका छन् । मातृ शिशुदर शून्य पार्ने सरकारको लक्ष्यअनुसार गाउँ–गाउँमा वर्थिङ सेन्टर स्थापना भएका छन् भने सुत्केरी हुँदा आमा र शिशुको मृत्यु भएको खबर बिरलै सुन्ने गरेका छौँ ।…
फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने
स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ । सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका विषयमा कर्मचारीलाई गुनासो दर्ता गराउन समय पनि दिएको थियो । तर समायोजनको टुंगो भने लागि नसक्दा कर्मचारीहरुमा अन्योलता छाएको छ । कर्मचारीको गुनासोमा एक९एक गरि अध्ययन भइरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल…
पूर्व स्वास्थ्यमन्त्री मिश्र बंगलादेशका लागि राजदूतमा सिफारिस
स्वास्थ्यसमाचार सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ ।
असुरक्षित गर्भपतन गराउनेकोे संख्या बढदो
स्वास्थ्यसमाचार रुपन्देही २० जेठ गर्भपतन र परिवार नियोजन जस्ता जटिल विषयलाई स्थानीय तहबाटै सहि व्यबस्थापन गर्नुपर्ने र सर्वसाधारणले सहज र सुलभ रुपमा त्यसबाट लाभ उठाउन पाउने गरी काम हुनु पर्ने बुटबलमा भएको एक कार्यक्रममा बताईएको छ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा भएका छलफलमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका छन । निजी स्वास्थ्य सँघसंस्थासँग मिलेर सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोग कानुनी प्रक्रियाबाट सरल रुपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल…
महिला स्वास्थ्य स्वंयसेविकालाई एडभान्स तालिम दिएर गाउँ-गाउँ पठाउदै सामाजीक बिकास मन्त्रालय
स्वास्थ्य समाचार रुपन्देही प्रदेश नं ५सामाजीक बिकास मन्त्रालयले महिला स्वास्थ्य स्वयसेबिकालाई एडभान्स तालिम दिएर गाउ गाउ पठाउने भएको छ । उनीहरुलाई तालिम दिएपछि स्वास्थ्यमा पहुच कम भएका ठाउमा पठाईने भएको छ । उनीहरुलाई कस्तो तालिम दिने कति समयको तालिम दिदा उर्पयुक्त हुन्छ भन्ने बिषयमा आज प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्य संस्था प्रमुख स्वास्थ्यसंस्थाका प्रतिनिधि तथा बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुबिच छलफल भएको छ। छलफल कार्यक्रममा बोल्दै प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुर्दशन बरालले प्रदेश नं ५मा धेरै क्षेत्रमा स्वास्थ्यको ईन्डीकेटर कम देखीएकोले स्वास्थ्य स्वयम सेबिकासलाई एडभान्स तालिम दिन दिई…

