असुरक्षित गर्भपतन गराउनेकोे संख्या बढदो

स्वास्थ्यसमाचार रुपन्देही २० जेठ गर्भपतन र परिवार नियोजन जस्ता जटिल विषयलाई स्थानीय तहबाटै सहि व्यबस्थापन गर्नुपर्ने र सर्वसाधारणले सहज र सुलभ रुपमा त्यसबाट लाभ उठाउन पाउने गरी काम हुनु पर्ने बुटबलमा भएको एक कार्यक्रममा बताईएको छ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा भएका छलफलमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका छन ।

निजी स्वास्थ्य सँघसंस्थासँग मिलेर सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोग कानुनी प्रक्रियाबाट सरल रुपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा स्वास्थ्य क्षेत्रमै रहेका व्यक्तिहरुले बढी मात्रामा चासो र चिन्ता लिनुपर्ने वताए ।

उनले स्वास्थ्य तथा शिक्षा सुधारका काममा स्थानीय तहमा प्रमुख र उपप्रमुखको मात्रै बाटो हेर्न नहुने बताउँदै सम्बन्धित क्षेत्रका व्यक्तिहरुले सुझाव सल्लाह दिने र जनप्रतिनीधिले सोही अनुसारका ऐन कानुन तथा योजना तर्जुमा गर्नुपर्ने वताए । उनले अव मुलुकले कति जनसंख्या थेग्न सक्छ ? सोही अनुसारको फेमिली प्लानिङ्को विषयमा पनि बहस हुन आवश्यक रहेको बताएका छन।कार्यक्रममा असुरक्षित गर्भपतन बढ्दो क्रममा रहेकाले सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोगलाई सुपर्भिजन र मोनीटरिङको आवस्यकता रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमख केशरसिंह गोदारले वताए ।

किड्स आफ्नो कार्यक्षेत्रमा रहेका नीजि स्वास्थ्य संस्थाले उपलब्ध गराएका सेवाको तथ्यांक लिन खोजिएपनि ती संस्थाले नै तथ्यांक नराख्ने समस्या रहेको बताउँदै महिला स्वास्थ्य परियोजना चौंथो चरणकी कार्यक्रम संयोजक कमला शुक्लाले सुरक्षित गर्भपतनको प्रावधान भएपनि त्यसको चरम दुरुपयोग भएको वताए । यसले लिगल रुपमा गर्भपतन गराउने संख्या ज्यादै न्यून र ईल्लिगत गर्भपतन गराउनेको संख्या ठूलो देखिएको वताए । किड्सले यो कार्यक्रम हाल रुपन्देही सहित नेपालका ११ जिल्लामा सञ्चालन गरेको छ । त्यस्तै रुपन्देही जिल्लामा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सुद्धोधन गाउँपालिका र कञ्चन गाउँपालिकामा कार्यक्रम सञ्चान भईरहेको शुक्लाले वताए । त्यस्तै चालु आर्थिक वर्षदेखि ओके नेटवर्क र ओके प्लस नेटर्वक मार्फत सुरक्षित गर्भपतनको क्षेत्रमा समेत काम सुरु गरेको छ । कार्यक्रममा संस्थाको कार्यक्रम सञ्चालित स्थानीय तहका स्वास्थ्य संयोजकको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :