फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने

स्वास्थ्यसमाचार
स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ ।

 

सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका विषयमा कर्मचारीलाई गुनासो दर्ता गराउन समय पनि दिएको थियो । तर समायोजनको टुंगो भने लागि नसक्दा कर्मचारीहरुमा अन्योलता छाएको छ । कर्मचारीको गुनासोमा एक९एक गरि अध्ययन भइरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताए । उनले हाम्रो डाक्टर संग कुरा गर्दै भने ुकर्मचारीका गुनासा माथि अध्ययन भइरहेको छ अवको तीन९चार दिनमा सबै काम सकिन्छ ।

 

उनले समिति गठन गरेर काम गरिरहेको पनि बताए । साथै समायोजको सबै काम तीन९चार दिनमा नै सकिने उनले दावी गरेका छन् । खबथयमब दउ०बम उनका अनुसार स्वास्थय सेवामा फाजिलमा परेका कर्मचारीलाई आवश्यक परेको ठाँउमा सरकारले खटाउने छ । कर्मचारी समायोजन गर्दा दरबन्दी भन्दा बढि भएका कर्मचारीलाई फाजिलमा राखिएको र अब उनीहरुलाई सरकारले आवश्यक परेको ठाँउमा पदस्थापन गर्ने तयारी रहेको पनि उनले जनाए ।

सम्बन्धित शिर्षक :