बुटवल स्वास्थ्यको हव बनाउने काँग्रेस उम्मेद्वार पौडेलको प्रतिवद्धता

स्वास्थ्यसमाचार/नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेद्वार चुन्नप्रसाद पौडेलले बुटवललाई स्वास्थ्य हव बनाउने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार स्वास्थ्य क्षेत्रका अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा फर्मासिष्टहरुलाई सम्बोधन गर्दै उहाँले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेडिकल कलेजको रुपमा विकास गर्ने तथा नीजि क्षेत्रबाट सञ्चालित अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय र सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले बुटवललाई स्वास्थ्यको हव बनाउने आफ्नो योजना रहेको सुनाउनु भएको हो । बुटवलमा पूर्वपश्चिम, उत्तरदक्षिणबाट उपचारका लागि आउने सेवाग्राहीको भिड रहेको बताउँदै उनीहरुलाई प्रदान गरिने स्वास्थ्य सेवालाई गुणस्तरीय, विश्वसनीय बनाएर उपचारका लागि बुटवल बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता तथा मर्सीसिटि अस्पतालका अध्यक्ष जनक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता तिनाउ अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशी, मेलानका केन्द्रीय सदस्य गणनीधि खनाल, नेपाल फार्मेसी संघ रुपन्देहीका संस्थापक अध्यक्ष गणेश सेढाई लगायतले यस क्षेत्रको स्वास्थ्य सेवाको अवस्था तथा सुधार गर्नुपर्ने कुराहरुका बारेमा सुझाव राखे ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :