घटेको छैन लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर

स्वास्थ्यसमाचार /राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको पाइएको छ ।

जुन नेपालको तथ्यांक हो । नेपालमा सबै भन्दा बढि लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ ।स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा १ लाख जिवित जन्ममा मा २ सय ७ जना आमाको ज्यान गुमाउने गरेको पाइएको हो ।जुन सबैभन्दा बढि लुम्बिनी प्रदेशमा रहेको छ ।

स्वाथ्य निर्देशनालय दाङका अनुसार सबैभन्दा दुर्गम मानिने सुदुरपश्चिम र कर्णालीमा भन्दा पनि बढी आमाहरूको मृत्यु हुने गरेको तथ्याङ छ।
जिल्ला अनुसारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी बाँके जिल्लामा १ वर्षमा ३६ जना आमाहरूको मृत्यु भएको तथ्याङ रहेको छ।

त्यस्तै ठुला अस्पताल र मेडिकल कलेजहरु अवस्थित जिल्लाहरुमा नै मातृ तथा नवजात शिशुको मृत्यु बढी भएको छ। स्वास्थ्य निर्देशनालयका मातृ तथा नवजात शिशु कार्यक्रम फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा रहेको मातृ तथा नवजात शिशु मृत्यु लाई कम गर्नको लागि लुम्बिनी प्रदेश सरकार ले विभिन्न कार्यक्रम संचालन गर्दै आयको छ,जस्तै निशुल्क हवाई उद्दार जसले गर्दा दुर्गमका आमाहरुलाई समयमै अस्पताल सम्म प्रेषण गर्न सहज हुने गरेको छ ।

पुर्ण संस्थागत प्रसूति युक्त स्थानीय तह तथा जिल्ला घोषणा, कार्यक्रम सुरु गरेको छ जसले गर्दा कुनै पनि गर्भवती आमा घरमा सुत्केरी नभई स्वास्थ्य संस्थामै सुत्केरी हुन आउन भन्ने हो।सरकारले निशुल्क रक्त संचार कार्यक्रम लागू गरेको छ,रगत चाहिने आमाहरूको लागी निशुल्क रगत ट्रान्सफ्युजन सेवा उपलब्ध गर्दै आईरहेको छ।

मातृ मृत्यु बढि भएका स्थानिय तहहरुमा विशेष आमा सुरक्षा कार्यक्रम, धेरै मातृ मृत्यु र शिशु मृत्यु भएको बाँकेको नरैनापुरमा CEONC सेवा विस्तार। अस्पतालहरुमा मातृशिशु स्वास्थ्य क्लिनिक संचालन, आपतकालिन अबस्थाका गर्भवती महिलाहरुको लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको बताउनु भयो,जसले गर्दा जिल्लामा अवस्थित अस्पतालहरूबाट रिफर गर्दा एम्बुलेन्स सेवा सहज बनाउने उदेश्य रहेको छ।

लुम्बिनी प्रदेशको तराईका जिल्लाहरुमा बसोबास गर्ने मुस्लिम तथा अल्पसंख्यक समुदायहरूको स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्नको लागी मुस्लिम तथा अल्पसंख्यक समुदायमा खुसहाल परिवार कार्यक्रम / NDHS 2022 को तथ्याङ्क अनुसार किशोरीहरूमा रक्तअल्पता ३९५ रहेको देखाएको हुनाले, सामुदायिक विद्यालयका किशोरीहरूको रक्तअल्पता परिक्षण गरि उपचार तथा ब्यवस्थापन गर्दै आईरहेको जनाउनुभयो।
अस्पतालमा जटिल प्रसुति सेवाको प्रेषण प्रणाली सुदृढीकरण लगायका कार्यक्रम गरेको बताउनु भयो उहाले यो घटाउन स्थानिय सरकार प्रदेश सरकार संघिय सरकार सबै यसमा लाग्नु पर्ने भण्डारीको भनाई छ ।

लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्य दर पनि समस्या रहेको छ।स्वास्थ्य निर्देशनालय का मातृ तथा नव शिशु कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार आ।ब २०७९र०८० को तथ्याङ्क अनुसार एक वर्षमा प्रदेशमा जम्मा ५८० जना नवजात शिशुहरूको मृत्यु भएको तथ्याङ्क छ।
शिशु मृत्युको तथ्याङ्क हेर्नेहो भने नीजि तथा प्राइभेट मेडिकल कलेजमा ३२५ जना शिशुको मृत्यु भएको छ।

नेपाल सरकारले नवजात शिशु मृत्यु कमगर्नको लागी सरकारी अस्पतालहरूबाट २८ दिन सम्मको शिशुको निशुल्क उपचारको व्यबस्था मिलाएको छ। NDHS 2022 को तथ्याङ्क अनुसार प्रति हजार जिवित जन्ममा २४ जना नवजात शिशुको मृत्यु २८दिन नपुग्दै भएको पाईएको छ।सो संख्या SDG 2030 को लक्ष्य भन्दा दोब्बर हो।

गर्भपतन गराउनेको संख्या पनि उल्लेख्य रहेको देखिन्छ।स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा आ।ब २०७९र८० मा ९० हजार महिला सुत्केरी भएका थिए भने सुचीकृत स्वास्थ्य संस्थामा आई सुरक्षित गर्भपतन गराउने संख्या १८ हजार भन्दा बढी देखिन्छ।त्यस मध्ये बिस वर्ष उमेर नपुग्दै विवाह गर्ने,अनिक्षित गर्भ घारण गर्ने र गर्भपतन गराउने किशोरीहरूको संख्या ६५ भन्दा बढी देखिन्छ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो।  प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र पिआईसियु उदघाटन कार्यक्रममा बोल्दै मातृ र बाल मृत्यु दर उच्च रहेको तथ्याङ्क रहेको बेला अस्पतालमा थपिएको बर्थिङ सेन्टर सहयोगी बन्ने बताउनु भयो।

मन्त्री खनालले ‘स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नव शिशु मृत्यु दरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ’, ।उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने वताउनु भयो ।

मन्त्री खनालले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको र अब कार्यन्यन गर्ने बताउनु भयो।उहाले लुम्बिनी प्रदेशमा मातृ तथा नव शिशु मृत्युदर घटाउने तरिकाले कार्यक्रम बजेट बनाएको र कार्यन्यन पछि घट्दै जाने बताउनु भयो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :