नेपाललाई १० लाख डोज खोप अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

स्वास्थ्यसमाचार /चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन संवाद समेत भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गर्नुभएको छ ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छिन् ।राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गरेकी हुन् ।

 

सम्बन्धित शिर्षक :