कोरोनाबाट बच्न त्रास होइन आत्मविश्वासको बढि खाँचो छ!

कोरिना(कोभिड-१९) भाइरसबाट बच्न सतर्कता अपनाउनु जरुरि हुन्छ । बिभिन्न माध्यममा आएको जानकारी अनुसार यो हावाबाट नभएर मानिसको हातको संसर्ग भएको बस्तु हुँदै फैलिन्छ, तसर्थ यसबाट बच्न सावधानी पहिलो प्राथमिकतामा पर्छ ।
कसैसंग हात मिलाउँदा, सार्बजनिक स्थलमा धेरैले संसर्ग गर्ने बस्तुहरु जस्तै ढोका, रेलिङ्ग, लिफ्टहरुमा प्रयोग हुने बटन आदि कुराबाट टाढा रहने, छुनुनै परे उक्त हातले आफ्नो नाक,मुखमा संसर्ग हुनु पहिले नै हात धुने गर्नुपदर्छ ।
हामी कोरोनाको नाम सुन्ने बित्तिकै डराउने, चिन्तित हुने नगरौं । किनकी यो भाइरस अरु भाइरसजस्तो हावाबाट फैलने साथै सुक्ष्म रुपमा आक्रमण गर्ने अवस्थामा नरहेको बुझिएको छ ।
आफ्नो सुरक्षाको लागि माक्सको प्रयोग, हातको नियमित सफाई, भिडभाड र सार्बजनिक रुपमा प्रयोग हुने चिज-बिज-बस्तु संग टाढा रहने, घामको न्यानो किरणमा दिनको केहि समय दिने, कपडा धुँदा किटाणु नस्ट गर्ने डिटरजेन्टको प्रयोग गर्ने, सुत्ने-ओड्ने कपडाहरु घाममा फैलाएर तातो हुन् दिने, चिसो पानी/खाना नखाने, कोरोना मात्र नभएर जस्तो सुकै स्वास्थ्य समस्या देखिएपनि नियमित चिकित्सकको सल्लाहमा रहने गरे
बिभिन्न रोगको भयावह अवस्थाबाट बच्न सकिन्छ ।
कोरोनाबाट बच्न त्रास होइन आत्मविश्वासको बढि खाँचो छ!

सम्बन्धित शिर्षक :