युरिक एसिड र चाडबाडको खानपान :डा.रामकृष्ण बराल

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ, यसको मात्रा पिसाबद्वारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुन थाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ ।

विभिन्न अध्ययनका अनुसार यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ ।

सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खाएका खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।

एक स्वस्थ महिलाको शरीरमा युरिक एसिडको स्तर २/४ देखि ६ मिलीग्राम प्रति डेसीलिटर भएमा यसलाई सामान्य मानिन्छ । त्यस्तै, पुरुषमा युरिक एसिडको स्तर ३।४ देखि ७ मिलीग्राम प्रति डेसीलिटर भएमा त्यसलाई सामान्य भनिन्छ ।

यूरिक एसिडको लक्षण

सामान्यतया, शरीरमा युरिक एसिडको मात्रा बढेमा मांसपेशी सुन्निनुका साथै उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ ।

यसका अतिरिक्त जोर्नीहरूमा निरन्तर दुखाइ हुनु, खासगरी घुँडामा हुने समस्या यसको मुख्य लक्षण हो । यस्तै हात तथा खुट्टा घोचाइसहितको तिव्र पीडा हुने गर्छ । यूरिक एसिड भएमा मान्छे चाँडै थकित हुने गर्छ ।

त्यसबाहेक, मिर्गौलाको समस्या तथा पिसाब फेर्नमा कठिनाई हुने गर्छ । धेरैभन्दा धेरै अवस्थामा युरिक एसिडको दुखाइ एसिडहरुकै कारण हुने गरेको छ । उच्च युरिक एसिडको समस्याबाट पाचनतन्त्र कमजोर समेत हुने गर्छ । यूरिक एसिड सम्बन्धि सामान्य जानकारी तपाइँले पढ्नुभयो । अब हामी युरिक एसिड हुँदा कस्तो प्रकारको खाना खाने भन्ने बारे जानकारी दिन गइरहेका छौं ।

अहिले सबैतिर चाडबाडको रौनक चलिरहेको छ । चाडबाड भन्ने बित्तिकै त्यो खानपान र मनोरञ्जनसँग जोडिन प’छ । त्यसैले यस्तो बेला सबैले खानपानमा अलि सजकता अपनाउनुपर्छ । अझै युरिक एडिक हुनेले त विशेष ध्यान पुर्याउनुजरुरी छ ।

सामान्य व्यक्तिले पनि चाडबाडको बेलामा खानपान र उठबसमा ध्यान दिनु आवश्यक त छदैछ बिरामी व्यक्तिले अझै आफ्नो स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ । बिरामीले खानपानमा लापरवाही गरे सिंगो परिवारको चाडबाड नै नरमाइलो हुन सक्छ ।

युरिक एसिड भएका व्यक्तिले दशैंको खानपानमा अझै विशेष ध्यान दिनुपर्ने हुन्छ ।दशैंभरि नै मिठो खाना खाने गरिएपनि आज टिकाको दिन आफन्तको गएर पनि खाना खाइन्छ । त्यो बेला भने बढी सावधानी अपनाउनु पर्ने हुन्छ ।

दशैंमा सबैको घरमा खसी, बोका, राँगा जस्ता जनावार काटेर मासु खाने हुँदा यस्तो रातो मासु युरिक एसिडका बिरामीलाई राम्रो मानिदैन । युरिक एसिडबाट बच्ने वा यसलाई नियन्त्रणमा राख्ने सबै भन्दा उत्तम बिकल्प भनेकै खानपानमा सावधानी अपनाउनु हो । प्युरिन, प्युरिन न्यूक्लिक अम्ल पाइने खाना खानु हुँदैन ।

युरिक एसिड भएकाले यस्ता खाना नखाने
► रातो मासुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी हुने भएकाले रातो मासु खाँदा युरिक एसिड बढ्छ ।
► समुन्द्री खाद्यान्न ।
► दाल, गेडागुडी ।
► रक्सी, बियर ।
► विभिन्न पेय पदार्थ ९फेन्टा, कोकोकोला, मह आदि
► गालेको अचार, तामा, च्याउ, काउली, बन्दा, पालुंगो, कुरिलो, गोलभेँडा ।
► बढी गुलियो पदार्थ ।

यस्ता खानाले युरिक एसिड बढाएर हिडहुल गर्न नसक्ने अवस्थासम्म निम्तन सक्छ ।

के के खाने
► दशैंमा मासु नै नखाने भनेको हैन् । चिल्लो पिरो, मसला कम भएको थोरै कुखुराको मासु खाने ।
► प्रशस्त पानी पिउने ।
► चेरी, स्याउ, गाजर, काँक्रो खाने ।
► ब्रो काउली, ज्वानोको झोल, आलस खाने ।

दशैंको बेलामा कतिपय अवस्थामा आफ्न्त र साथीभाईको करकापले पनि युरिक एसिडका बिरामीले खानामा लापरवाही गर्दा आकस्मिक कक्षमा भर्ना हुने गरेका उदाहारण समेत छन् । यसर्थ दशैंलाई रमाइलो र सदभावपूर्ण बनाउन युरिक एसिडका बिरामीलाई आफ्न्त र साथीभाईले पनि यस्ता खाना खान कर गर्नु हुँदैन् ।

 

सम्बन्धित शिर्षक :