लुम्बिनीमा बर्थिङ सेन्टर खुले, सेवाग्राही पुगेनन्, ४१ प्रतिशत केन्द्र न्यून उपयोगमा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ४१ प्रतिशत प्रसूति केन्द्र (बर्थिङ सेन्टर) न्यून उपयोगको अवस्थामा रहेका छन्। ग्रामीण क्षेत्रमा सुरक्षित प्रसूति सेवा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका प्रसूति केन्द्रमा अपेक्षाअनुसार सेवा नलिइँदा उपलब्ध पूर्वाधार र जनशक्तिको पूर्ण उपयोग हुन नसकेको स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा क्रममा प्रस्तुत तथ्यांकले देखाएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा भालुवाङमा गरेको हो। ‘जनउत्तरदायी स्वास्थ्य प्रणाली र इमान्दारीताः गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजित समीक्षा गोष्ठीमा मातृ तथा बाल स्वास्थ्य, प्रसूति सेवा र…

चन्द्रकोटका दुर्गम बस्तीमा पुगेर स्वास्थ्य जाँच गर्दै डाक्टर

स्वास्थ्यसमाचार/ स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गर्दै चन्द्रकोट गाउँपालिकाले दुर्गम बस्तीमा पुगेर निःशुल्क सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को नियमित बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालित अभियानका क्रममा मंगलबार वडा नम्बर ८ तुराङको कालिका गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा शान्तिपुर आँखा उपचार केन्द्रबाट आँखा जाँच, नागरिक आरोग्य केन्द्र शान्तिपुरबाट आयुर्वेदसम्बन्धी परामर्श तथा सामी कार्यक्रमका सहजकर्तामार्फत मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो। शिविरबाट २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आँखा उपचार तथा ८० जनाले स्वास्थ्य परामर्श सेवा लिएका छन्। गाउँपालिकाले स्वास्थ्य संस्थाबाट टाढा…

लुम्बिनीमा ७ प्रतिशत बालबालिका शीघ्र कुपोषणको जोखिममा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा बालबालिकामा देखिने शीघ्र कुपोषणको अवस्था अझै चुनौतीपूर्ण रहेको पाइएको छ। राष्ट्रिय पोषण लेखाजोखा अभियानको तथ्याङ्कअनुसार प्रदेशमा शीघ्र कुपोषण (ग्लोबल एक्युट मालन्युट्रिसन-ग्याम) को दर ७.०६ प्रतिशत रहेको छ। स्वास्थ्य मापदण्डअनुसार यो अवस्था ‘सतर्क’ श्रेणीमा पर्छ। प्रदेशका १२ जिल्लामध्ये बर्दियामा शीघ्र कुपोषणको दर सबैभन्दा बढी १४.८९ प्रतिशत रहेको छ। त्यसपछि कपिलवस्तुमा १३.८९ प्रतिशत, रुपन्देहीमा ९.९७ प्रतिशत र नवलपरासी पश्चिममा ९.७९ प्रतिशत रहेको छ। बाँकेमा ७.८५ प्रतिशत शीघ्र कुपोषण देखिएको छ। त्यस्तै रुकुम पूर्वमा ६.४७, दाङमा ५.९९, रोल्पामा ५.५०, गुल्मीमा ५.१६, प्युठानमा ४.८९, अर्घाखाँचीमा ४.७२ र पाल्पामा ३.९२ प्रतिशत शीघ्र कुपोषणको…

मुटु प्रत्यारोपणका लागि जनशक्ति तयार, लाइसेन्सको पर्खाइ

स्वास्थ्यसमाचार/नेपालमै पहिलो पटक मुटु प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक तयारी गरिँदै छ । मुटु प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक दक्ष जनशक्ति तयार भइसके पनि संस्थागत अनुमति नहुँदा सेवा सञ्चालन हुन सकेको छैन । चिकित्सकहरूले व्यक्तिगत रूपमा मुटु तथा फोक्सोको प्रत्यारोपणसम्बन्धी लाइसेन्स प्राप्त गरिसकेकाले सरकारले अस्पताललाई संस्थागत लाइसेन्स उपलब्ध गराएलगत्तै मुटु तथा फोक्सो प्रत्यारोपण सेवा सुरु गर्न सकिने अवस्था छ । त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले मुटु प्रत्यारोपणका लागि आवश्यक जनशक्ति तयार भइसकेको जानकारी दिनुभयो । उहाँले इटाली र सिङ्गापुरमा प्रत्यारोपणसम्बन्धी फेलोसिप गर्नुभएको छ…

कुपोषण मुक्त समाजको बाटो: विश्वका अनुभव बाट नेपालले के सिक्ने?

कुपोषण केवल खानेकुराको अभावको कथा होइन, यो देशको भविष्य माथिको लगानी हो। कुपोषित बालबालिकाको शारीरिक र बौद्धिक विकास अवरुद्ध हुन्छ, जसको असर विद्यालयको सिकाइ, भविष्यको आम्दानी र राष्ट्रको उत्पादकत्वसम्म पुग्छ। त्यसैले यो स्वास्थ्य क्षेत्रको मात्र समस्या नभएर बहुक्षत्रिय समस्याको रुपमा रहदै आएको छ | पोषण दिगो विकास लक्ष्य (SDGs) का धेरै लक्ष्यसँग जोडिएको छ। लक्ष्य २ (भोकमरी अन्त्य), लक्ष्य ३ (स्वास्थ्य), लक्ष्य ४ (शिक्षा), लक्ष्य ५ (लैङ्गिक समानता) र लक्ष्य ६ (खानेपानी तथा सरसफाइ) सँग यसको प्रत्यक्ष सम्बन्ध छ। विश्वव्यापी अवस्था युनिसेफ, विश्व स्वास्थ्य संगठन र विश्व बैंकको संयुक्त बाल…

‘डिस्क देखिँदैमा अप्रेसन होइन, स्ट्रोकमा समय नै जीवन’ : डा. राजीव भण्डारी

गुल्मीको धुर्कोट गाउँमा हुर्किएका डा. राजीव भण्डारी अहिले दिनहुँ मानिसको मस्तिष्क, मेरुदण्ड र स्नायुसँग जोडिएका जटिल समस्या समाधान गर्न व्यस्त हुन्छन्। गाउँमा हुर्किँदा उनले चिकित्सक बन्छु भनेर सायदै सोचेका थिए। तर चिकित्सा अध्ययनपछि रोजेको न्युरोसर्जरीको क्षेत्रले उनलाई लुम्बिनी प्रदेशका बिरामीसँग जोड्यो। अहिले उनी लुम्बिनी प्रादेशिक अस्पतालमा वरिष्ठ न्युरो तथा स्पाइन सर्जनका रूपमा कार्यरत छन्। त्यहाँ न्युरोसर्जरी सेवा विस्तारमा पनि उनको महत्वपूर्ण भूमिका छ। मस्तिष्क, मेरुदण्ड र स्नायुमा हुने समस्या सामान्य टाउको दुखाइदेखि जटिल शल्यक्रियासम्म फैलिएको हुन्छ। मस्तिष्कघात, मिर्गी, मस्तिष्कको ट्युमर, टाउकोमा चोट, घाँटी तथा कम्मरको डिस्क र मेरुदण्डसम्बन्धी समस्या उनको…

बजेट बढे पनि जनशक्ति, विशेषज्ञ चिकित्सक र सेवा व्यवस्थापनको चुनौती कायमै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्दै अस्पताल सेवा विस्तार, विशेषज्ञ सेवा, मातृ तथा बाल स्वास्थ्य, नसर्ने रोग नियन्त्रण र डिजिटल स्वास्थ्य प्रणालीलाई प्राथमिकतामा राखे पनि स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापन अझै चुनौतीका रूपमा रहेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रगति तथा आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रमसम्बन्धी विवरणमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन गर्न नसकिएको, दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सक परिचालन कठिन रहेको र आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न चुनौती रहेको उल्लेख छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा पाँच…

डिजिटल स्वास्थ्य देखि क्लिनिकल अडिटसम्म, लुम्बिनीका १३ बुँदे प्रतिबद्धता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशकाे स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि उक्त घोषणापत्र जारी गरिएको हो । समिक्षा कार्यक्रमकाे उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधारकाे आवश्यकता रहेकाे र साेही अनुसार कार्यसम्पादनलाई प्रभावकारी बनाउनेगरी अघि बढ्न निर्देशन दिएका थिए । घोषणापत्रमार्फत प्रदेश सरकारले सबै नागरिकका लागि स्वस्थ जीवन, गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम तथा दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि…

लुम्बिनीमा आर्थिक वर्ष २०८२-८३ का स्वास्थ्य कार्यक्रमको समीक्षा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभएको हाे । आइतबार राप्ती उपत्यका(देउखुरी)मा भएको आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । ‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौं । तर संघीय सशर्तको…

कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेशले छाला रोग स्क्रिनिङ अभियान चलाउने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभएको छ । उहाँले कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । नेपाल कानुन समाजद्वारा आयोजित ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले चालु वर्ष प्रदेशका सबै जिल्लामा छाला रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो…