सिद्धार्थ पोलिटेक्निकल कलेजद्वारा बिद्यार्थी स्वागत तथा पूर्व प्रशिक्षक सम्मान

स्वास्थ्यसमाचार/ बुटवल– ९ मा रहेको सिद्धार्थ पोलिटेक्निकल कलेज तथा जीवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा नयाँ विद्यार्थीहरुलाई स्वागत तथा पूर्व प्रशिक्षक सम्मान गरिएको छ ।

सिटिईभिटीबाट मान्यताप्राप्त कलेज र केन्द्रले शनिबार एक समारोहका बिच प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।कार्यक्रममा बोल्दै सिटिभिटी लुम्बिनी प्रदेश निर्देशक गोपाल आचार्यले प्राविधिक धारतर्फ नेपालमा ठूलो सम्भावना रहेको बताए । उनले प्राविधिक विषय रोजेर पढेन विद्यार्थीहरुलाई कोही पनि बेरोजगार भएर बस्नु नपर्ने दावी गरे ।

संस्थाका अध्यक्ष अरबिन्द आचार्य कलेज धेरै विद्यार्थीको रोजाइमा परेको बताए । उनले प्राविधिक शिक्षालाई राज्यबाट समय समयमा विभिन्न अफ्टराहरु सृजना हुँदै आएको बताउँदै त्यसको अन्त्य हुनुपर्ने भनाइ राखे ।कार्यक्रममा बोल्दै नीजि प्राविधिक शिक्षालयका केन्द्रीय डिपी खनालले राज्यले दिएको नीति पुरा गर्न प्राविधिक शिक्षा अपरिहार्य रहेको उल्लेख गरे ।

तुराङ बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल प्रदीप राज पाण्डेले प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।कलेजमा सिद्धार्थ पोलिटेक्निकल कलेजमा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियो थेरापी र सिभिल सव ओभरसियर कार्यक्रम चलिरहेको छन ।
यस्तै जीवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा सिभिल ईन्जिनियरिङ, हाइड्रोपावर ईन्जिनियरिङ , जियोमेट्रीक ईन्जिनियरिङ, बायोमेट्रिक ईन्जिनियरिङ र फार्मेसी कार्यक्रमहरु डिप्लोमा तहमा सञ्चालन रहेको छ ।

क्याम्पस प्रमुख अञ्जना पन्थी स्वागत गरेको कार्यक्रममा कार्यक्रममा कलाकारयोगराज पोख्रेल लगायतले विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित शिर्षक :