प्रदेश ५ सरकारका १२ निर्णय, प्रदेश मातहतका अस्पतालमा करार नियुक्ति र म्याद थप गर्ने

स्वास्थ्यसमाचार /मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रदेश नम्बर ५ को मंगलबार बसेको बैठकले बिभिन्न १२ बटा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश मातहतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार नियुक्ति तथा म्याद थप गर्न सरकारले स्वीकृत दिएको  लगायतका निर्णय गरेको जानकारी गराए । प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकारले प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत गरेको जानकारी दिए ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता चौधरीले लोक सेवा आयोगको संगठन र सोही अनुसारको दरबन्दी समेत स्वीकृत…

नीतिगत अस्पष्टताका कारण स्वास्थ्यको समायोजन फेरी रोकियो

स्वास्थ्य समाचार/ स्वास्थ्यको समायोजन फेरी रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयबीचको नीतिगत अस्पष्टताका कारण समायोजन रोकिएको हो । गुनासो सम्वोधन लगायत केही नमिलेका विषय मिलाउनुपर्ने क्रममा सामान्य र स्वास्थ्य बीच प्रक्रिया नमिलेपछि थप छलफल गरी अघि बढ्ने भनेर समायोजनको कार्य स्थगित भएको हो ।‘स्वास्थ्यको समायोजन सुरु देखि नै अलि अलमलमा परे जस्तो भयो । तर पछिल्लो समय सामान्यले सबै जिम्मा स्वास्थ्यलाई दिएपछि केही गति लिएको थियो । तर यहि बेला दुई मन्त्रालयबीच केही कुरामा थप छलफल गर्नुपर्ने अवस्था आयो । यसैले अहिले…

कपिलबस्तुको सोनापुरमा नि :शुल्क स्वास्थ्य शिविर : एक हजार लाभान्वित

स्वास्थ्यसमाचार /कपिलवस्तुको पटना स्वास्थ्य चौकी वाणगंगाको आयोजना तथा सिद्धवाबाबा सुपरस्पेसलिष्ट हस्पीटल बुटवलको प्राविधिक र चिकित्सकिय सहयोग एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिबिरमा एक हजार भन्दा बढीले निशुल्क सेवा लिएका छन ।विभिन्न कारणले स्वास्थ्य संस्था गएर स्वास्थ्य जाच गराउन नपाएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको थियो । स्वास्थ्य जाच गराएका मध्ये सबैभन्दा बढी स्थानीयमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ भने अन्यमा फोक्सो, मुटु, उच्च रक्तचाप, सुगर, मिर्गौला, पिसाबमा संक्रमण, रुघाखोकी, उच्च ज्वरो, टाउको दुख्ने नसा सम्बन्धी लगाएतका समस्या देखिएको…

युवा चिकित्सक संघ नेपाल प्रदेश न ५को अध्यक्षमा डा पोखरेल

स्वास्थ्यसमाचार /युवा चिकित्सक संघ नेपाल प्रदेश न ५ को समिती गठन भएको छ । युवा चिकित्सकहरुको भेलाले डा दीपेन्द्र पोखरेलको नेतृत्वमा प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा डा बसन्त राज न्यौपाने , महासचिबमा डा अशोक धिताल ,सहसचिबमा डा शुशील पोखरेल , कोषाध्यक्षमा डा दुर्गा खत्री र सदस्यहरुमा डा सन्दीप पौडेल , डा एलिसा सिंह , डा बिनु पाण्डे , डा कमला थापा ,डा प्रविना राना सर्वसम्मत चयन भएका छन। संघले चिकित्सकको हक अधिकार ,गुणस्तरीय स्वास्थ्य सेवा , स्वास्थ्य सम्बन्धी जनचेतना लगायतका कार्यमा निरन्तर लागिरहने अध्यक्ष्य डा पोखरेलले वताए…

प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रस्तावित प्रदेश स्तरीय बुटवल मेडिकल कलेज निर्माणका लागि माटो परीक्षणको काम सुरु भएको छ । मेडिकल कलेजको भौतिक पूर्वाधारका लागि तिलोत्तमा नगरपालिकाको वडा नं १ र ८ को ९ शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको २ सय बिगाहा जमिन सरकारले कलेजलाई हस्तान्तरण गरेको छ । कलेजलाई प्राप्त त्यो जग्गाको माटो कस्तो छ र त्यहा भएको जग्गामा के कस्ता संरचना बनाउन सकिन्छ भन्ने सम्वन्धमा अहिले प्राबिधिकको टोलीले माटो परिक्षण सुरु गरेको हो ।माटो परिक्षणको जिम्मा नोभा कन्सलटेन्सी पाएको छ । नोभा कन्सल्टेन्सीका प्राबिधिकहरुले ५ दिनदेखि…

प्रदेश ५ का सरकारी अस्पतालको दुरावस्था , सुधारका लागी प्रयन्त जारी :मन्त्री बराल

स्वास्थ्यसमाचार/मानिसको जीवन रक्षा गर्ने थलो हो अस्पताल। मानिस आफ्नो जीवनको अन्तिम अवस्थामा समेत पुनः जीवन पाउने आशाले अस्पतालमा जाने गर्दछन्। ती अस्पताल नै अस्पतालजस्ता नभएपछि बिरामीको हतास मानसिकता कस्तो होला ? प्रदेश ५ अन्तर्गतका प्रादेशिक अस्पतालहरूको अवस्था अस्तव्यस्त रहेको पाइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङमा अस्पतालको अवस्था दयनीय छ। अस्पतालका सबै फाँटहरू अस्तब्यस्त नै देखिन्छन्। इमर्जेन्सी बिरामी ल्याउनेहरूको पीडा, ‘यहाँ त यस्तो जञ्जाल छ कि अस्पतालको काइदा कानून बुझ्दा बुझ्दै बिरामीको ज्यान जान्छ। पहिलो पटक बिरामीको अवस्था बताउन र अघिको कसो गर्ने भन्ने निर्णय खोज्न जाने…

स्वास्थ्यकर्मी संघ, रुपन्देहीद्धारा स्वास्थ्य प्रमुख डा गिरिलाई स्वागत

स्वास्थ्य समाचार नेपाल स्वास्थ्यकर्मी संघ, रुपन्देहीले स्वास्थ्य कार्यालय रुपन्देहीमा आएका स्वास्थ्य प्रमुख डा. राजेन्द्र कुमार गिरिलाई स्वागत गरेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. गिरिलाई सम्मान गर्दै आगामी दिनमा स्वास्थ्य कार्यालयका हरेक सकारात्मक कामकारबाहीमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ। कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षता, स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र कुमार गिरिको प्रमुख आथित्यता र स्वास्थ्यकर्मी संघका सचिव घनलाल अर्यालको संचालनमा भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी संघका युवा संयोजक मदन पोखरेल सुमनले स्वागत तथा शुभकामना मन्तव्य…

पश्चिम नेपाल बस प्रालीद्धारा रक्तदान ८५ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्नो स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रालीको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम अध्यक्ष दधिराम खरेलले शुभारम्भ गरेका थिए। प्रालीले यसअघि पश्चिम नेपाल बस व्यवसायी संघको स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएको थियो । हालैमात्र पश्चिम नेपाल बस व्यवसायी संघलाई रहेकोमा गरि पश्चिम नेपाल बस व्यवसायी प्रँलि नामाकरण गरिएको हो । संघले आफ्नो स्थापनाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेजस्तै यसवर्ष पनि ति कार्यक्रमलाई निरन्तरता दिईएको प्रँलिका अध्यक्ष्ँ दधिराम खरेलले जानकारी दिए । रक्तदान कार्यक्रममा यातायात व्यवसायी, मजदुर तथा…

लुम्बिनी प्रादेशीक अस्पतालका सटर भत्काएर पर्खाल लगाउन निर्देशन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउनको लागी सामाजिक विकास मन्त्रालयले निर्देशन गरेको छ । अस्पतालको जग्गामा रहेका ७२ वटा सटरहरु टेण्डर मार्फत भाडामा लगाएको दुई महिनापनि नबित्दै मन्त्रालयले भत्काउन निर्देशन दिएको हो । मन्त्रालयबाट निर्देशन आएकाले छिट्टै औपचारीक बैठक बसेर व्यवसायीहरुलाई सुचना दिने अस्पतालका मेडिकल सुपरिटेण्ड डा. कृष्ण खनालले वताए । सटरहरु भत्काएर बाहिरबाट अस्पतालको संरचना प्रष्ट देखीने गरी होंचो पर्खाल लगाइने पर्खाल भित्र बँगैचा बनाएर आकर्षक बनाउने योजना रहेको खनालले बताए । गत फागुन २८ गते टेण्डर आवहान भएर जेठ २९ गतेदेखी लागु हुने गरी व्यवसायहीहरुसँग सम्झौता…

आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा धिताल,र सचिवमा भुसाल

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको पहिलो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले दिपक कुमार धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण के.सी, सचिवमा शालिकराम भुसाल र कोषाध्यक्षमा रामुलाल कंडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा श्याम शर्मा, केशवराज पोखरेल, बन्दना अर्याल रहेका छन् ।नबनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयाजक डा. बुद्धिप्रकाश रेग्मीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । त्यस अघि भएको अधिबेशन कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष उद्धव गौतमले स–साना झोले व्यापारीका कारण आयुर्वेद व्यवसायीहरु मर्कामा परेको बताए । खुल्ला…