एप मार्फत कोरोना संक्रमित खोज्दै प्रदेश ५ सरकार

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि एप निर्माण गरेको छ । विशेषगरी कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्नका लागि एप निर्माण गरिएको मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानकारी गराएका छन् । एपको प्रयोगबाट कोभिड(१९ भाइरसबाट संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिहरूको विवरण पत्ता लगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ब्लूतुथमा आधारित प्रविधिको प्रयोग गरिएकोले नियमित इन्टरनेट वा मोवाइल डाटाको प्रयोग गरिरहनु नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने र अफलाइन अवस्थामा चलाउँदा संकलन भएको विवरण अनलाइनमा हुँदा स्वत अपडेट…

लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने

स्वास्थ्यसमाचार/ लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने भएको छ ।स्वास्थ्य सेवा विभागले पत्र पठाएर ७ वटै प्रदेश स्वास्थ्य निर्देशनलाय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई मार्गदर्शनमा व्यवस्था भएअनुसार नियमित खोप सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ । विभागले खोप सेवा सञ्चालन मार्गदर्शनअनुसार नियमित खोप सुचारु गर्न व्यवस्था गर्न भनेको छ । मार्गदर्शनमा सामाजिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन हुने नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षाको व्यवस्था कुरा समेटिएका छन् । यस्तै, उक्त मार्गदर्शनमा लक्षितसबैबालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने, खोप सेवा…

लुम्विनी प्रादेशिक अस्पतालमा स्वचालित स्यानिटाइजर स्प्रे जडान

स्वास्थ्यसमाचार/ प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएशन (पिन)ले लुम्विनी प्रादेशिक अस्पताललाई स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण जडान गरिदिएका छन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण स्वचालित स्यानिटाइजर स्प्रे सामाजिक विकास मन्त्री सुदर्शन बराल उदघाटन गरे । मन्त्रीबरालले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै सधै लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए । सर्वसाधरणको भीडभाड हुने स्थान लुम्बिनी प्रादेशिक अस्पताल, अन्य सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बरालले बताए । उनले कोरोनाले अहिले हाम्रो दैनिकलाई मात्र असहज बनाएपनि यसले दीर्घकालीन रुपमा…

मायादेवीमा ५ जनालाई आरडिटीबाट कोरोना परीक्षण घर पठाईयो

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेवी गाउँपालिका अध्यक्षद्वारा क्वारेन्टाइनमा बसेका ५ जना व्यक्ति लाइ घर घरमा पुराईदिइका छन। मायादेवी गाउँपालिका रुपन्देहीले विदेश बाट आई मायादेवि ८ शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका ५जनालाइ आज विदा गरेको हो । मायादेवी गाउँपालिका स्वास्थ्य प्रमुख भास्कर आत्रेयका अनुसार आज ५ जनालाई आरडिटीबाट कोरोना परीक्षण उनीहरुलाई नेगेटिभ देखीएपछि घर पठाईएको बताए । आज मायादेवि गा पा वडा न १ सुरावलका राज कुमार गुप्ता वडा न. १ खड्खडिया का दिपेन्द्र लोध ,श्याम लोध , विन्द्रावति लोध, र बालक शिसम लोध रकोका थिए । उनीहरुलाई गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीले घर…

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरु

स्वास्थ्यसमाचार /प्रदेश नं ५को नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु भएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुगरिएकोे अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले बताए । डा थापाका अनुसार कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आजबाट नमूना सङ्कलन गरिएको छ । आरटिपिसिआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो । रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौबाट मगाइएको हो । बाँके…

कोरोना संक्रमितको लागी आफ्नो प्लाज्मा दिएर बचाउन चाहन्छु :प्रसिद्दि श्रेष्ठ

स्वास्थ्यसमाचार /कोरोनालाई जितेकी प्रसिद्धि श्रेष्ठले आफ्नो रगतको प्लाज्मा दिएर अरु संक्रमितलाई बचाउन चाहेको वताईन । २७ दिनको अस्पताल बसाँईपछि डिस्चार्ज भएर घर जाने क्रममा १९ वर्षकी प्रसिद्दिले आफ्नो शरीरमा एण्टी बडीको विकास भइसकेकाले आफ्नो प्लाज्मा दिएर अरु संक्रमितको जीवन बचाउने चाहाना भएको बताईन । अस्पतालबाट बिदाई हुने क्रममा उनले आफ्नो जीवन बचाउन रातदिन खटिनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्राविधिक, सहयोगी , नेपाल सरकार तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेका सबैलाई धन्यवाद दिईन । अस्पतालको बसाईको क्रममा आत्मियता प्रकट गर्दै आफुलाई एक्लोपनको आभास महसुस हुन नदिनुका साथै हौसला बढाउन प्रेरित गरेका सबैको…

नेपालगञ्ज मेडिकल कलेजको आईसोलेसनमा बिरामीको मृत्यु

स्वास्थ्यसमाचार/नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ । बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक इसरायल दुई दिन अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ । मृतक इसरायललाई कोरोनाको लक्षणसँग मिल्दोजुल्दो खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले निमोनियाका कारण बिरामीको मृत्यु भएको हुनाले स्वाब परीक्षणका लागि अस्पतालले नपठाएको बताए । यसअघि…

रगतको अभाव हुन नदिने अभियानमा ७ वटा लायन्स क्रियाशिल

स्वास्थ्यसमाचार/विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेको छ । सर्वसाधारणहरु घरमा बसेर लकडाउनको पालना गरिरहेका छन् । देशव्यापी रुपमा गरिएको लकडाउनका कारण औपचारिक सभा, समारोह, गोष्ठी लगायतका कार्यक्रमहरु हुन सकेका छैनन् । समयसमयमा विभिन्न संघ–संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम पनि प्रयाप्त हुन सकेको छैन । जसका कारण रगतको आवश्यकता भएका विरामीहरु त्यसको मारमा परेका छन् । यही समस्यालाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा क्रियाशिल ७ वटा लायन्स क्लबहरुले आकस्मिक रक्तदान अभियान नै चलाएका छन् । लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बी टु एरिया–फोर अन्तर्गत रहेका लायन्स…

लाश उठाउनु भन्दा लठ्ठी उठाएको राम्रो :अध्यक्ष यादब

स्वास्थ्यसमाचार/ कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको लकडाउन उल्लंघन बढ्दै गए पछि सुरक्षाकर्मि संगै स्थानिय तह पनि यसलाई लागु गर्न लागी परेका छन् । लकडाउनको उल्लंघन बढ्दै गए पछि २६ औं दिन रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव आफै बाटोमा लकडाउनको पालन गर्न निस्किएका छन् । बिशेष गरि ग्रामीण क्षेत्रमा अहिले गँहु काट्ने काम भई रहेको हुदा कृषि बहाना देखाउदै लकडाउन उल्लंघन बढ्दै गएको छ । कृषिकै बहानामा अन्य सर्वसाधारण पनि घुमफिर गर्न निस्किने गरेको कारण यसले जोखिम बढाएको यादवको भनाई छ । पहिलो दिन भएकोले अनावश्यक रुपमा बाहिर…

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउनु: मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामका विषमा दाङस्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवाहरुसँंग एकीकृत भिडियो संवाद गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्री पोखरेलले गरेको यो सातौैं भिडियो संवाद हो । मुख्यमन्त्री पोखरेलले सर्वपक्षीय भिडियो संवादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खडका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी…