रुपन्देहीमा क्रिटिकल केयर सम्बन्धी चारदिने नर्सिङ तालिम सुरु

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघ रुपन्देही शाखाको आयोजना तथा एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुरको सहयोगमा क्रिटिकल केयर सम्वन्धी चार दिने तालिम युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल रानिगाँउ भैरहवामा सुरु भएको छ । चार दिन सम्म चल्ने यो तालिममा रुपन्देही, नवलपरासी र पाल्पामा रहेका सरकारी तथा निजि अस्पतालमा कार्यरत १ सय २० जना नर्सिङ स्टाफहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । नर्सिङ कलेजमा प्रध्यापन गराउने लेक्चरलहरुको समेत तालिममा सहभागिता जनाउने छन् । एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुर बाट प्रध्यापक लिम सुई हियाको नेतृत्वमा…

समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गरौ डा खनाल

स्वास्थ्यसमाचार/ समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म समाजमा एचआईभी संक्रमित खुलेर बाहिर आउन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५, र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा बुटवलमा आयोजित एचआईभी र एड्स सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन राजेन्द्र खनालले एचआईभी रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने वताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुरयाउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने वताए…

एचआईभी न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धि :-नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकामा पनि ३२ औं विश्व एड्स दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ ।डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा एचआइभी÷एड्स, कारण, न्यूनीकरणका उपाय तथा उपचार पद्धतिको बारेमा जानकारी गराइएको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले दिए । दिवसकैं अवसरमा ४० जनाको एचआईभी परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले एचआईभी संक्रमण न्यूनीकरणको प्रमुख उपाय सचेतना अभिवृद्धि भएको बताउँदै…

स्वास्थ्यको लगानी बढाउन तिनै तहको सरकार लागीपरेको छ :-मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वाथ्य क्षेत्रमा सरकारको लगानी न्युन रहेको बताएका छन् । लगानी बढाउन तीनै तहका सरकार लागिपरेको बरालको भनाई छ । बुटवलमा कपाल प्रत्यारोपणको सेवा सहित ईम्युन हेल्थ केयर प्रालिको शुभारम्भ गर्दै उनले विशेषज्ञ सहितको विशिष्टीकृत स्वाथ्य सेवाको परिकल्पना सरकारको गरेको भन्दै सबै नागरिक स्वाथ्यको पहुँचबाट टाढा हुन नपरोस भन्न्ने हेतुले सोही अनुसारको दिर्घकालिन योजना निर्माण गरी प्रदेश सरकार अगाडी बढिरहेको बताए । मन्त्री बरालले स्वाथ्यको पहुंचबाट कोही पनि टाढा हुनुपर्ने अवस्था नरहेको भन्दै नीजि , सामुदायिक तथा अन्य संघ संस्थाहरुको स्वास्थ्य क्षेत्रमा…

प्रदेश ५को रुपन्देही एचआईभीको उच्च जोखीममा, एक बर्षमा १४को मृत्यु

स्वास्थ्यसमाचार/ प्रदेश नं ५को अस्थायी राजधानी बुटबल एचआईभीको उच्च जोखीममा रहेको छ। प्रदेशका १२ जिल्लामा ३३सय ९२ रहेकोपनि रुपन्देहीमा १३सय जना रहेका छन। जुन आर्थिक बर्ष ७५/७६ को असार सम्म स्पन्देहीमा एचआईभी एडस बाट १४ जनाको मृत्यु भएको छ । भने १३ सय एचआईभी संक्रमितले एआरटी औषधी सेबन गरि गरेका छन। एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्राईका अनुसार रुपन्देहीमा १३सय एचआई भी एडसका बिरामी रहेको र लुम्बिनी प्रादेशीक अस्पतालमा औषधी सेबन गर्ने ११ सय ९६ र भैरहवा भिम अस्पतालमा १ सय ३८ जनाले एआरटी औषधी सेबन गर्ने गरेको…

रणअम्बिका शाह आँखा अस्पताल यस क्षेत्रको नमूना:- मन्त्री गिरी

स्वाथ्यसमाचार /आँखाको संवेदनशीलतालाई बुझी हेलचेक्र्याइ गर्न नहुनेमा चिकित्सकले बताएका छन् । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, रण अम्बिका आँखा अस्पताल र नेपाल नेत्रज्याति संघ रुपन्देहीको ३८ औं स्थापना दिवसमा बोल्ने वक्ताहरुले जीवनको महत्वपूर्ण अंग आँखामा हेलचेक्र्याइ गर्न नहुने बताएका हुन। कार्यक्रममा प्रदेश ५ का उद्योग वन तथा वातावरण र पर्यटनमन्त्री लीला गिरीले आँखा अस्पतालको विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए । उनले रण अम्बिका शाह आँखा अस्पताल यस क्षेत्रको नमूनाका रुपमा रहेको भन्दै यसको गरिमालाई अझ उचो बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय…

युसिएमएस कलेजलाई पैसा अपुग भएको भन्दैै बिद्यार्थीले चन्दा उठाए

स्वास्थ्यसमाचार /सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएकोमा आन्दोलन गरिरहेका मेडिकल कलेजका  बिद्यार्थीहरुले कलेजलाई पैसा नपुगेको भन्दै दान पेटीमा चन्दा उठाएका छन । युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाका बिद्यार्थीहरुले आज अतिरिक्त शुल्कको निम्ति सहयोग भन्दै सडकमा चन्दा उठाएका हुन । साथै उनिहरुले सरकार र मेडिकल कलेज संचालकहरुबिच भएको सहमतिको बिरोध गर्दै हाते साङ्लो बनाएर बिरोध गरेका छन । सो कलेजका विध्यार्थीहरुले विरोध स्वरुप आज उन्तीसौ दिन र रिले अनसन सुरु गरेको १५ औ दिन सम्म चलेको छ ।

भैरहवा मेडिकल कलेजका बिद्यार्थी थप आन्दोलित, सहमति पत्र जलाए(भिडियो हेर्नुहोस)

स्वास्थ्यसमाचार । बिगत एक महिनादेखी आन्दोलनरत युनिर्भसल मेडिकल कलेज भैरहवाका बिद्यार्थीहरुले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् । सरकारले मेडिकल माफियाहरुसंग मिलेर बिद्यार्थीहरुको माग सम्बोधन नहुने गरि गरेको सहमति आफुहरुलाई मान्य नहुने भन्दै सम्झौता पत्र जलाएका छन् । बिद्यार्थीहरुले सरकारले एमविविएस अध्ययनको लागी तोकेको भन्दा बढी १५ लाख शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका छन् । बिभिन्न बहानामा सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ता माग गर्दै बिगत एकमहिना देखी आन्दोलनरत युनिर्भसल मेडिकल कलेज भैरहवाका बिद्यार्थी भुपेश चन्दले बताए । सरकारले मेडिकल कलेज संचालकसंग बढी लिएको शुल्क समायोजन गर्ने सहमति…

स्वास्थ्यको पदस्थापनमा ‘भएको गडबडी’ छानविन हुने

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्रालयले पदस्थापनमा भएको गडबडी छानविन गर्ने भएको छ । मन्त्रालयले केही दिनका लागि पदस्थापनको चिठी ‘डिस्प्याच’ गर्न समेत रोकेको छ । समायोजन पछिको पदस्थापनमा गडबडी भएको भन्दै नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको टोलीले मन्त्रालयमा पुगेर सहसचिव शिवराम न्यौपानेसंग छलफल गरेको थियो । टोलीले समायोजनमा स्थानीय तहमा पुगेकाहरुलाई संघमा ल्याइएको, सघंमा भएकाहरुलाई प्रदेशमा पठाइएको, स्थानीय तहमा पठाइएको भन्दै उजुरी सहित सहसचिवसंग छलफलमा बसेका थिए । ‘हामीले २० वटा भन्दा बढी केश प्रस्तुत गरयौँ त्यसपछि वहाँहरु सहसचिवको टीम छानविन गर्ने र चिठी पठाउने क्रम रोक्ने आश्वासन दिनु भएको छ । हेरौँ…

बंगालदेशको मेडिकल विश्वविद्यालयमा राजदुत मिश्रलाई स्वागत

स्वास्थ्यसमाचार । ११ मङ्सिर । बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रयासमा नेपाल सरकारले चाँसो देखाउँदै पहल शुरु गरेको छ । विश्वविद्यालयले दिनुपर्ने परिश्रमिक (स्टाईपेन्ड) आवास र अन्य समस्याको बारेमा गुनासो आईरहेको बेला सरकारले बंगलादेशका लागि नेपालका राजदूत डा बंशिधर मिश्र मार्फत समस्या समाधानको प्रयास थालेको हो । मंगलबार राजदूत मिश्र र बंगबंधु शेख मुजिब मेडिकल विश्वविद्यालयका उपकुलपति प्राडा कनक कान्ति बारुवाबीच भेटबार्ता भएको हो । उक्त भेटमा नेपाली आवासीय चिकित्सकका समस्याहरु बारे उपकुलपति बारुवासंग छलफल भएको र छलफलमा उपकुलपति बारुवा गम्भीर बनेको पनि राजदुत मिश्रले बताएका छन्। त्यस्तै…