दधिराम खनाल गुल्मी १६ चैत्र /गुल्मी जिल्लाको धुर्काेट गाउँपालिकाले १सय वेडको क्वारेन्टाइन तयार गरेको छ ।गाउँपालिकाका ७ वटै वडामा १सय वेडको क्वारेन्टाइन तयार गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार वडा नं. १ को नयाँगाउँ माविमा १०, वडा नं. २ को ज्ञानोदय र गणेश माविमा २० वडा नं. ३ को निन्युखर्क र सोमरभोमरमा २०, वडा नं. ४ को पञ्चायन माविमा १०, वडा नं. ५ को धुर्काेट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा १०, वडा नं. ६ को धुर र इन्दिरा माविमा २० र वडा नं. ७ को वाग्ला माविमा १० गरि…
समाचार
पिपिई नहुुँदा चिकित्सक त्यसको सट्टामा रेनकोट प्रयोग गरेर काम गरेका छौ :डा सुुदर्शन थापा
स्वास्थ्यसमाचार/ अहिले डा. सुुदर्शन थापालाई एक छिन पनि फुुर्सद छैन । वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. थापाको पेशा उही तर, जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ । बिहान पाँचबजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थुुचुुक्क बस्ने अवस्था छैन । कारण हो, हालै विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र त्यसको उपचारका लागि लुुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्सन तथा मेडिकल विभाग प्रमुुखको जिम्मेवारी उनलाई छ । डा. थापाले यो जिम्मेवारीलाई चुुनौतीसँगै अवसरको रुपमा पनि लिएका छन् । उनीलाई अहिले आफूू सहित आफ्नो नेतृत्वमा रहेको चिकित्सकीय टिमलाई आत्मबल बढाएर काम गनुुपर्ने…
तिलोत्तमाका विभिन्न स्थानमा डिस-इन्फेक्सन स्प्रे छर्कियो
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरका स्वास्थ्य संस्था, नगरपालिका कार्यालय र क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे गरेको छ । हाल मानिसको चहलपहल बढी हुने स्वास्थ्य संस्थामा पहिलो चरणमा किटनाशक औषधि छरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । लकडाउनका कारण हाल वडा कार्यालयहरुमा सेवाग्राहीको उल्लेख्य उपस्थित छैन । कोरोना संक्रमण जोखिम पूर्वतयारीका लागि नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीको दिनहुँ उपस्थिति हुने गरेको छ । यस्तै शंकरनगर दुर्गादत्त माविमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल २७ जना छन् । पहिलो चरणमा यिनै क्षेत्रलाई लक्षित गरी डिसइन्फेक्सन स्प्रे गरिएको नगर प्रमुखका स्वकीय सचिव विष्णु अर्यालले जानकारी दिए । शनिबार शंकरनगर…
पाँचौ कोरोना संक्रमित १९ वर्षीया किशोरी बागलुङकी
स्वास्थ्यसमाचार / काठमाडौं उपत्यका बाहिर फेरि एक जनामा कोभिड–१९ पोजेटिभ भेटिएको छ । गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुंग की १९ वर्षीया किशोरीमा कोरोना पोजेटिभ भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित्र प्रेस बिफ्रिङ गर्दै शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा ती किशोरीमा कोरोना पोजेटिभ पाइएको बताए । उनी कतारबाट क्यू ६५२ फ्लाइटबाट नेपाल आएकी र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा। देवकोटाले जानकारी गराए । योसँगै नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । कोरोना…
कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानको २ लाखसहयोग
स्वास्थ्यसमाचार /जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कोरोना कोषमा २ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष ज्ञानु पौडेल सहकारीले तिलोत्तमा, सिद्धार्थनगर, सियारी र ओसतिया गाउँपालिकालाई ५० हजारका दरले सहयोग वताईन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सक्रमणबाट बच्न र बचाउनका लागि ति स्थानीय तहले संचालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थान साकोषको तर्फबाट सहयोग गरेको सहकारीका अध्यक्ष ज्ञानु पौडेल बताएन ।
प्रदेश ५ : ५२ मध्ये ३६ जनाको स्वाब परीक्षण २३ जनामा नेगेटिभ
स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना भाईरसको आशंका गरिएका ५२ बिरामीमध्ये ३६ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा नेगेटिभ देखिएको छ । अन्य १३ जनाको नतिजा आउन बाँकी छ । आशंका गरिएकामध्ये २९ जनालाई आइसोलेसन अस्पतालमा राखिएको छ । हवाई सेवा बन्द भएकाले अस्पतालहरूले एम्बुलेन्स मार्फत स्वाबको नमुना काठमाडौं पठाइरहेका छन् । जसले गर्दा परीक्षणको नतिजा आउन ढिला भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार बुटवल धागो कारखानामा आठ, बाँकेको अर्वुद रोग अस्पतालमा १०, दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा पाँच,…
औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको विमान दुर्घटना
स्वास्थ्यसमाचार/काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालकदलका तीन सदस्य र दुई चिकित्सक ९यात्रु रहेका थिए । उनीहरू सबै सकुशल रहेका छन ।
स्वास्थ्यकर्मिहरुलाई पीपीईको व्यवस्था गर्न सिएमए संघको माग
स्वास्थ्यसमाचार/नेपाल सिएमए संघले व्यक्तिगत सुरक्षा सामग्री ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पी पी ई को व्यवस्था गर्न माग गरेको छ । हाल विश्वमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणले देश नै लकडाउनको अवस्थामा रहेको र सि।एम।ए। स्वास्थ्यकर्मीहरुले अति नै जोखिममा काम गरिरहेको हुँदा पीपीईको व्यवस्था गर्न संघले तीनै तहका सरकारसंग माग गरेको छ । संघका केन्द्रीय महासचिव लाल बहादुर खड्काले एक विज्ञप्ती जारी गर्दै नीजि स्वास्थ्य क्लिनिक सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न माग गरेका हुन् । “गाउँमा पहिलो उपचार गर्ने वा सल्लाह माग्ने स्थान नै पारोमेडिक्स सिएमए…
कोभिड–१९ : तिलोत्तमाले बनायो एक करोडको प्रकोप व्यवस्थापन कोष
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले एक करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष बनाएको छ । कोभिड–१९ को सँभावित जोखिमलाई मध्यनजर गरी यस अघि ८० लाख रुपैयाँ रहेको प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा २० लाख थपेर एक करोड पु¥याइएको हो । उक्त कोषमा नगरप्रमुख बासुदेव घिमिरेले व्यक्तिगत ५० हजार रुपैंयाँ दिएका छन् । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार रुपैंयाँ र नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ । कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको…
सैनामैनामा अस्थायी आइसुलेसन अस्पताल संञ्चालन
स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकामा कोरोना भाइरस कोभिड– १९ विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ । सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले वताए । अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने वताए। विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै…